काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले नाचिरहेको क्रममा पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएकाे छ । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुन् । डा. यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् ।
एजेन्सी : अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा जोर्डी अल्बाले खेलको सुरुवाती समयमा गोल गर्दै खेलमा इन्टर मायमीलाई फर्काएका थिए । तर मिडफिल्डर सबास्टियन बेर्हाल्टरले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र २ असिस्ट दिएपछि भान्कुभर जित दर्ता गर्न सफल रह्यो ।
बाँके। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन्। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य सहनुपरेको चर्चा गर्दै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको पनि उल्लेख गरेका छन् ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन सिर्जना गर्न सफल बन्दै गएको पनि बताएका छन्।
काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो। सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने बुझिएको छ । वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताएका छन् । मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गर्दै उहाँले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गर्नुभयो । “रातीमा चारवटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ ।”
काठमाडौँ । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचक घटेका छन् ।
फाइल तस्वीर काठमाण्डाै : आज दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा जनमत पार्टीसँगको एकीकरण घोषणाको तयारी भइरहँदा पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेमश चौधरी रिहा हुनुभएको छ । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्याइएका उनलाई बुवा लालवीर र पत्नी रञ्जिताको जिम्मामा भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो । सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट जारी भएको पत्र प्रकरणमा नयाँ मोड आएको छ। उक्त पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई सर्वोच्च अदालतको सुरक्षा इकाइले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो। उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो। सर्वोच्च अदालतले उक्त पत्र सच्याएर प्रहरीलाई पठाउँदै छ। यसबारे आधिकारिक विज्ञप्ति केहीबेरमा जारी गरिने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।