Babai News

विद्युत आपूर्तिमा अवरोधपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

विद्युत आपूर्तिमा अवरोधपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

विद्युत आपूर्तिमा अवरोधपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ । बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । जसले दुवै देशहरूलाई आपतकालीन अवस्थाको घोषणा गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर समस्याको जानकारीसमेत लिनुभएको छ । त्यस्तै पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध हुँदा प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।
Read More
विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित

विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणले आज गर्ने भनिएको श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले एक सूचना जारी गर्दै प्राविधिक कारणवश कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो। सरकारद्वारा बर्खास्त गरिएका कुलमान घिसिङको कार्यकालमा भएका आर्थिक तथा प्राविधिक लगायतका विवरणहरू समेटिएको श्वेतपत्र आज दिउँसो सार्वजनिक गर्ने तयारी प्राधिकरणको थियो। सचिवालयले अर्को जानकारी नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ।
Read More
जनकपुरमा जानकी जन्मोत्सव सुरु

जनकपुरमा जानकी जन्मोत्सव सुरु

धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते…
Read More
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक साँझ ६:३० बजेका लागि निर्धारित भए पनि डेढ घण्टा ढिलो सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव, शिक्षकका माग र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत विषयमा छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।
Read More
प्रहरीका ६३ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरीका ६३ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार ६३ जना एसपीको सरुवा भएको हो । वैशाख महिनाको तलब सरुवा भएकै दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Read More
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैनः सांसद कोईराला

राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैनः सांसद कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताउनुभएको छ । विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद कोईरालाले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताउनु भयो । उहाँले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताउनु भयो । उहाँले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताउनु भयो…
Read More
राजेन्द्र लिङ्देनले भटे प्रहरी हिरासतमा रहेका मिश्रलाई

राजेन्द्र लिङ्देनले भटे प्रहरी हिरासतमा रहेका मिश्रलाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपाका एक नेताले बताए । लिङ्देनसँगै राप्रपा सांसद दीपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो । त्यसअघि मिश्र र दुर्गा प्रसाईँको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो ।
Read More
भोलिदेखि सबै विद्यालय खोल्न ललितपुर महानगरको परिपत्र

भोलिदेखि सबै विद्यालय खोल्न ललितपुर महानगरको परिपत्र

ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो। ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
Read More
आगामी बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ : सभापति देउवा

आगामी बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याएको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । स्वदेशमा उत्पादित वस्तु बजार प्रबर्द्धन गर्न उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने र स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो। रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको भन्दै डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको  र आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने…
Read More
माइतीघरमा सहकारी पीडित अर्धनग्न प्रदर्शनमा

माइतीघरमा सहकारी पीडित अर्धनग्न प्रदर्शनमा

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् । प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।  
Read More