काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’ ‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने,’ उनले भने, ‘निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद् भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौँ ।’
बेइजिङ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो । “अप्रिल २९ को दिउँसो १२ः२५ बजे एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।” राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरू ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको सिसिटिभीले जनाएको छ । उहाँले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था…
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घ (इयु) बिच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो। “इयु नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ।” स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली सङ्घ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उहाँले कर्णाली प्रदेशमा इयुको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्याएको बताउनुभयो।
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो । कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने निर्णय गरेको थियो । केही दिनअघि एक कार्यक्रममा काँग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । साथै सर्वाेच्चले अदालतमा विचाराधिन विषयमा अभिव्यक्ति नदिन पनि नेता थापालाई आदेश गरेको छ। नेता थापाले संवैधानिक नियुक्तिसम्बन्धि मुद्दामा दिएको…
काठमाडौं । पहलगाम आक्रमणपछि तनाव बढिरहेको बेलामा पाकिस्तानी सेनाले मङ्गलबार जम्मू-कश्मीर (एजेके)मा नियन्त्रण रेखा (एलओसी) नजिकै एक भारतीय क्वाडकोप्टर ड्रोन खसालेको दाबी गरेको छ । अप्रिल २२ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढिरहेको छ । “पाकिस्तानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घनलाई विफल पार्दै नियन्त्रण रेखामा एक भारतीय क्वाडकोप्टरलाई सफलतापूर्वक खसालेको छ,” सरकारी रेडियो पाकिस्तान र पीटीभी न्यूजले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । पाकिस्तानी सेनाले समयमै कारबाही गरेर शत्रुको यो प्रयासलाई विफल पारेको छ,” रिपोर्टमा भनिएको छ । सुरक्षा स्रोतहरूले यो घटनालाई ‘पाकिस्तानी सेनाको सतर्कता, व्यावसायिक सीप र रक्षात्मक तयारीको स्पष्ट प्रमाण’ भनेका छन् ।…
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता दिनुको अर्थ नभएको बताएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान नसकिने बताए। ‘अहिले २० प्रतिशत विपन्न वर्ग छ। त्यसलाई शून्यमा झार्नुपर्छ। अहिले एकदमै धनी मानिसलाई पनि उही, गरिबलाई पनि उही सेवा दिइन्छ। अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ। धनी र गरिब सबैको बा आमाले उही पाइराखेको अवस्था छ’ उनले भने, ‘काठमाडौंमा तीन तले घरमा बस्छन् ४ हजार सामाजिक सुरक्षा भत्ता लिन पुगिरहेका हुन्छन्, ७०…
काठमाडौं । गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीप्रति सत्तारूढ सांसदले नै विरोध गरेका छन् । प्रतिनिधि सभामा बोल्दै काङ्ग्रेस सांसद रामहरी खतिवडाले गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्ती जायज नभएको बताए । उनले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न माग गरेका छन् । ‘बजेट ल्याउने बेलामा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन गर्नुपर्ने बेलामा गभर्नर नहुँदाको अवस्थामा राम्रो व्याख्या गर्न नसक्ने स्थिति सृजना भयो,’उनले भने
भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गएको छ । मध्य प्रदेशको रतलाम जिल्लामा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका त्यहाँको प्रहरीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इनारमा खस्नुअघि गाडी मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएका र नजिकैको इनारमा खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक, गाडीमा सवार र उनीहरूलाई जोगाउन इनारमा हाम फालेका एक व्यक्तिको ज्यान गएको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई नैतिक रूपमा कुर्सीमा बस्ने अधिकार नभएको बताए। देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको टिप्पणी गरे।सरकारले आफ्ना असक्षमताहरू लुकाउन सबै कुराहरू प्रतिपक्षीमाथि दोष थुपारेर नहुने बताए।
काठमाडौँ । नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै मङ्गलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।