होमेन्द्र थापा, बर्दिया
चैत्र ४ गते
बर्दियामा वन डढेलो नियन्त्रणका लागि सचेतना सप्ताह मनाईएको छ । जनचेतना मुलक प्रभातफेरी गरिएको छ । वन डढेलो सचेतना सप्ताह २०८० को अवसरपारी आज बर्दियाको सदरमुकाम गुलरियामा प्रभातफेरी गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाको आयोजना तथा डिभिजन वन कार्यालय बर्दियाको समन्वयमा गुलरियाको राधाकृष्ण चोकमा सहभागीहरु भेलाभई व्यानर, प्लेकार्ड सहित सचेतना मुलक नाराहरु लगाउदै प्रभातफेरी गरीएको हो । गुलरियाको राधाकृष्ण चोकबाट सुरु गरिएको प्रभातफेरी हुलाक चोक हुंदै जिल्ला प्रहरी कार्यालय, राधाकृष्ण बंगलामुखी विद्यालय र जिविस रोड हु्दै पुन. राधाकृष्ण चोकमा आई कोणसभा गरिएको थियो । कोणसभामै डिभिजन वन कार्यालयका कर्मचारीहरुले वन डढेलो अथवा आगलागीबाट कसरी बच्ने र नियन्त्रण गर्ने भन्ने विषयमा छोटो डेमो देखाउनु भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बर्दियामो ६२ प्रतिशत वन क्षेत्र रहेको हुँदा वनमा आगलागी हुने सम्भावना बढी रहेकोले वन डढेलो नियन्त्रणका लागि जनचेतना फैलाउनु जरुरी रहेको कुरामा जोड दिनु भयो ।
यसै गरी डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले सबैको हातेमालोले नै वन डढेलो नियन्त्रण गर्न सकिने बताउनु भयो । वन डढेलोलाई सामुहिक रुपमा सबै सरोकारवालाहरुको बिचमा साझा बुझाई गर्न सकियो भने आंकलन गर्नै नसकिने क्षती रोक्न सकिने भन्दै सबैलाई साझा बुझाई लिन र हातेमालो गर्न अनुरोध गर्नु भयो ।
सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष गोपाल चौधरीले अमुल्य समय प्रर्दान गरेको भन्दै सहभागी सबैलाई धन्यवाद दिनु भएको छ । बिहान ८ बजे देखी निकालिएको प्रभातफेरी कार्यक्रममा सामुदायिक वनका उपभोक्ताहरु, सरक्षा निकाय जनप्रतिनिधिहरु लगाएत सरोकार राख्ने सबै माहानुभावहरुको सहभागीता रहेको थियो ।
डिभिजन वन कार्यालय अन्तर्गत वन क्षेत्र २० हजार ६ सय हेक्टर रहेको छ । बर्दिया जिल्लामा ६२ प्रतिशत क्षेत्र वन जंगलले ढाकेको छ । बर्दिया जिल्लाको हकमा झन्डै ९५ प्रतिशत वन स्थानीय समुदायलाई हस्तान्तरण गरेको अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय, शसस्त्र प्रहरी वल, नेपाल प्रहरी र संचारमाध्यमहरुसंग सहकार्य गरिरहेको छ । संचारमाध्यमहरुसंग सचेतना सम्बन्धि सन्देश प्रवहा गर्ने, स्कूल शिक्षा कार्यक्रमहरु र सामुदायिक भित्र अग्नी रेखाहरु बनाउने, झाडी सुधार गर्ने कार्यहरु गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Facebook Comments Box