होमेन्द्र थापा, बर्दिया
चैत ११ गते
गेरुवा गाउँपालिकाका सयौं किसानहरु मुहानमै पुगि पानी खोल्न सुरु गरेका छन् । खेती गर्न पानी अभाव भएपछि बुधवार किसानहरु कर्णाली चिसापानी नजिक पुगेर पानीको मुहान खोल्न सुरु गरेको हो ।
बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाको क्षेत्र खेतीयोग्य मानिन्छ । कर्णाली नदीबाट आउने बुढी कुलो, मनाउ कुलो, टपरा कुलो र खैरी चन्दनपुर कुलोबाट यस क्षेत्रको १६ हजार हेक्टर क्षेत्रफलमा सिंचित हुन्छ । सिचाईको सुविधा भएकोले यहाँ सबै किसीमका खेतीपाती राम्रै हुन्छ । पछिल्लो समय कर्णाली नदीले धार परिबर्तन गरेपछि यी कुलोहरुमा प्रसस्त मात्रमा पानी नहुँदा खेती गर्न पानीको अभाव भएपछि किसानहरु श्रमदान गरी पानी खोल्न पानीको मुहानमा पुगेका हुन ।
गेरुवा गाउँपालिका वडा न.१ का पुर्व वडाध्यक्ष दयाराम वैध्यको अनुसार हामी किसानहरुले खेती गर्न पानी चाहिन्छ । तर किसानहरुको समस्या बुझिदिने कोही नभएको भन्दै गुनासो गर्नु भयो । वहाँले राजनितिक दल, स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी, सिचाई डिभिजन कार्यालय लगायतका कार्यालयहरुले पहल गर्नु पर्ने तर सम्बन्धित निकायहरुले वास्तै नगरेको वहाँको आरोप छ । सरकारबाट बजेट नआएको हैन । तर बजेट कार्यान्वयन गर्ने प्रक्रिया के हो ? बजेट समयमा कार्यान्वयन किन भएन प्रश्न गर्नु भएको छ । यो बिषयमा यहाँको स्थानीय सरकार सरोकारवाला निकायहरु गम्भिर नभएमा खबरदारी गरीरहने वैध्यको भनाई छ ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पानीको सुविधा हुँदा बर्षमा तिन खेती गर्ने गर्दछन । हाल चैते धान, मकै खेतीलाई तत्काल पानी चहीएको छ । चैते धान रोप्न छ । बैशाखमा रोपेर चैते धान हुदैन । पानीको समस्यालाई कसैले वास्ता नगरे पछि हामी किसानहरुले आफै आफ्नै बलबुताले पनि पानी लान सक्छौं भन्ने हिम्मतका साथ महिला पुरुष गरी सयौंको संख्यामा बेगारी (श्रमदान) गरी पानी खोल्न आएको सहभागी महिला अगुवा रेखा चौधरीले बताउनु भयो ।
यसै गरी गोला जन उपभोक्ता संस्थाका अध्यक्ष धन बहादुर शाहीले कुलोमा पानी अभाव भएपछि मुहानमा पानी खोल्न सम्बन्धित निकायहरुमा पटकपटक पहल गरिएको बताउनु भयो । वहाँले प्रदेश सरकारबाट २ करोड रुपैया मुहान खोल्न आएको र बजेट कार्यान्वयनमा ढिलाई भएको हुँदा किसानहरु फरुवा, बेल्चा, गैती बोकेर परम्परागत रुपमा आफै मुहान खोल्न बाध्य भएको बताउनु भयो ।
गत बर्षदेखी कुलोमा पानीको अभाव भएपछि सम्बन्धित निकायमा पहल गर्दा पनि बजेटको कार्यान्वयनमा ढिलाई भएको भन्दै गेरुवा गाउँपालिकाको जनक नगर, शान्तिपुर, वगहीपुर, सरखोल, भठेरा, बनखेत, गोला लगाएतका गाउँबाट अनुमानित ८ सय बढी किसानहरु कर्णाली चिसापानी नजिक मुहानको पानी खोल्न पुगेका हुन ।

Facebook Comments Box