मुरली गोडिया, चैत्र ११ गते

बर्दियाको गेरुवा गाउँपालिका वडा न. ५ बिन्द्रा गाउँका शान्ता थारुलाई पढाई कुना भनेकै थाहै थिएन । एक दिन आफ्नै गाउँमा आमाहरु सहभागी रहेको तालिममा पुगे पश्चात पढाई कुना र पढाई कुनाका फाईदाको बारेमा शान्ताले बुझिन । उनि भन्छिन “पढाई कुना बनाउन मन त थियो तर सानो घर भएकोले अली सोच्नु पर्ने बाध्यता थियो ।” सानै घर भए पनि आफ्ना १३ बर्षको छोरा सुशन र ७ बर्षकी छोरी सुजाताको लागि नियमित र व्यवस्थित अध्ययन गर्नका निम्ती पढाई कुना बनाइदिने रहरले शान्ताको मनमा योजना बारे कुरा खेली रहन्थ्यो । छोराछोरीको भविष्यको लागि पनि पढाई कुना बनाउन मन लाग्यो । अनी यो कुरा आफ्ना श्रीमान किशोरलाई शान्ताले भनिन् ।

शान्ताका श्रीमान किशोर थारुले पनि शान्ताले भनेको कुरा सुनिसके पछि ठिकै हो, हाम्रै बाल बच्चाको लागि त रहेछ भन्ने कुरा बुझन बेर लागेन । छोराछोरीको शैक्षिक प्रगतिका लागि पढाई कुनाको महत्व बुझेको केही दिन पछि किशोरले बजारबाट पलाईउड किनेर ल्याएर व्यवस्थापनमा जुटे । छोराछारीकै लागि गत माघ महिनामै घरको एउटा कोठामा दराज जस्तो (¥याक) बनाई दिए । एउटा कोठामा व्यवस्थित पढाई कुना बनाए पछि शान्ताले आफ्ना नानी बाबु दुबैलाई बुझउदै किताव, कापी, झोला, र अन्य पढाईका सामाग्रीहरु कहाँ कहाँ कसरी राख्ने, अबदेखी पढदा यही पढाई कुनामा आएर पढने गर्नु पर्छ जस्ता कुरा शान्ताले राम्ररी सिकाई दिइन् ।

यो कुराले छोरा सुशन र छोरी सुजाता पनि अति खुशी भए । कोठामा छुट्टै पढाई कुना भएको र आफ्ना पढाईका सामाग्रीहरु मिलाएर खाना–खानामा राख्न पाउदा दुबै रमाएको र निरन्तर अध्ययन गर्ने गरेको शान्ता खुशि हुँदै बताइन् । शान्ताको घर सानै भएपनि एउटा कोठामा छोराछोरीको लागि पढाई कुना व्यवस्थित बनाएकी छिन । पढाई कुना बनाएर शान्ताको घरपरिवारलाई पनि सहज भएको छ । किनकी पढाई कुना नहुँदा छोराछोरीको पढने सामाग्रीहरु जथाभावी अस्तव्यस्त छरिएर रहन्थ्यो भने आजभोली त्यही पढाई कुना कोठाको ¥याकमा पढाईका सामाग्रीहरु राख्ने गरेका छन् । आफ्नो पढाई कुनालाई आफैले पालोपालो सफा गर्ने गरेका छन् । बसेर पढ्ने निश्चित स्थान नभएको शान्ताको घरमा पढाइन कुना निर्माण भएपछि सुशन र सुजाता कतै नगई पढाई कुनामै आएर पढने गरेका छन् । छोराछोरीले पहिला भन्दा राम्रो गरेको र राम्रो बानीको विकास भएको, पढाईमा पनि ध्यान दिएको देखेर घरका अन्य परिवार पनि खुशी रहेको शान्ताले सुनाइन ।

गाउँघरमै भएको अभिभावक शिक्षा कार्यक्रममा आफुहरुले पढाई कुनाको बारेमा मात्र नभएर बालबालिकालाई समय दिनु पर्ने, पोषणयुक्त खानेकुरा खुवाउनु पर्ने, नपढ्दा पिटने होईन सम्झाउनु पर्ने, बालिबालिकालाई ठुलो स्वरले पढन लगाउने, बालिबालिकाहरुलाई पाठयपुस्तक भन्दा अतिरिक्त किताव ल्याएर पढन सिकाउने, बालबालिकाहरुलाई दन्ते कथाहरु पनि सुनाउने, विद्यालय वा समुदायमा भएका विभिन्न कार्यक्रममा सहभागी गराउने लगाएतका कुराहरु सिक्न र बुझन पाएको हुँदा आफ्ना बालबालिकाहरुमा मात्र नभएर आफुहरुमा पनि चेतना फैलिएको शान्ताले प्रष्ट पारिन । जसले गर्दा आजभोली घर परिवारमा पनि नानी बाबुले पनि समय दिने गरेका छन् । खाद्यन्न वा खानपानमा ध्यान दिने गरेको र बालबालिकालाई अभिभावकले स्कूल सम्म छोडन जाने र लिन जाने गरेको शान्ताको भनाई छ ।

आजभोली शान्ताको घरपरिवारमा नानीबाबुले अभिभावकहरुबाट स्याहार, सुसार र माया पाएका छन् । भने नानीबाबुमा पनि राम्रो बानीको विकास हुदै गईरहेको छ । शान्ताको गाउँ बिन्द्रामा १५/१६ घरधुरीले शान्ताको जस्तै पढाई कुना बनाएका छन् । शान्ताका परिवार सबैले अन्य आफन्ता र छिमेकीहरुलाई पनि पढाई कुनाको बारेमा बुझाउदै गईरहेका छन् । गाउँमा पनि पढाई कुनाको महत्व बुझदै र बनाउदै जाने घरधुरीको संख्याहरु बढने क्रम जारी छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियो विभिन्न पालिकामा शैक्षिक सुधारका निम्ती कार्यक्रमहरु संचालन गरेको छ । गाँउ गाँउमा असल अभिभावकमा हुनुपर्ने गुण, प्रारम्भिक बाल विकासमा निम्ती परिवारजनले गर्नुपर्ने सुधार लगाइतको विषयमा सचेतिकरणका कार्यक्रम केन्द्रले गर्दै आएको छ । शसक्त बालिका परियोजना अन्तर्गतका कार्यक्रमले ग्रामिण भेगका अभिभावक, शिक्षक तथा विद्यार्थीमा समेत जागरण ल्याउने कार्य भएको देखिन्छ । अभिभावक शिक्षा कार्यक्रम मार्फत “एक घर, एक पढाई कुना” को कार्यक्रमले समुदायका अभिभावकमा समेत सचेतना ल्याएको छ जसमा धेरै गाँउका महिला आमाहरु समेत जागरुक देखिन्छ । बालिका शसक्त परियोजनाले बालबालिकाको सर्वाङ्गीण विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा ग्रामिण क्षेत्रमा सहजीकरण गर्दै आएको बालिका शसक्त परियोजनाका संयोजक मनोज पौडेलले प्रष्ट्याए । शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाईबाट बालबालिकाको प्रारम्भिक अवस्था देखी उनिहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्यगर्दै आइरहेको छ । परियोजना जुन २०२५ सम्म संचालनमा रहने जनाइएको छ ।

Facebook Comments Box