होमेन्द्र थापा, बर्दिया
चैत्र ११ गते
बर्दियामा अन्तराष्ट्रिय सत्यको अधिकार दिवसमा मौन ¥याली गरिएको छ । विश्वभर मार्च २४ तारिखका दिनलाई आम मानव अधिकार उल्लंघनसंग सम्बन्धित सत्यको अधिकार तथा पिडितको मर्यादाका लागि अन्तराष्ट्रिय सत्यको अधिकार दिवस भनी सम्झना गरिन्छ । यसै सन्दर्भको अवसर पारेर द्धन्द्धमा वेपत्ता भएका पिडित परिवारहरुले आज मौन ¥याली गरेको हो ।
द्धन्द्ध पिडित समिति बर्दियाको आयोजनामा गुलरियाको मतङ्गी चोकमा द्धन्द्धमा वेपत्ता भएका परिवार जनहरुको भेलाभई मौन ¥याली सहित नगर परिक्रम गरीएको थियो । गुलरियाको मतङ्गी चोकबाट सुरु गरिएको ¥याली बिधुत चोक हुंदै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुदै राधाकृष्ण चोकमा आई कोणसभामा परिणत भएको हो ।
मौन ¥यालीमा सहभागी मधुवन नगरपालिका वडा न. ९ का लिला रोकाले आफ्ना ३ छोरा मध्ये जेठो छोरालाई वेपत्ता बनाएको भन्दै अझै पनि छोरा घर आउछ की भन्ने आशा रहेको बताउनु भयो । गुलरिया नगरपालिका वडा न. १२ का गहुराम थारुले आफ्ना एउटा मात्र छोरा रहेको र तै पनि २०५९ सालमा सुरक्षाकर्मीले पक्राउ गरी वेपत्ता बनाएको पिडा पोख्नु भयो । थारुले छोराको अझै सम्म न सास, न लास केही खबर नपाएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भयो ।
यसै गरी द्धन्द्ध पिडित तथा द्धन्द्ध पिडित समिति बर्दियाका कार्यक्रम संयोजक मान बहादुर चौधरीले अझै पनि मेरो मान्छे आउछन की भनेर पिडित परिवारहरुले कुरेर बसिरहेको कुरा बताउनु भयो । वहाँले सरकारले उजुरी छानविन गरेता पनि सत्यतथ्य जानकारी गराउन नसकेको गुनासो पोख्नु भयो । सरकारले चाँडोभन्दा चाँडो विधयक पास गरी आयोग गठन गरी पिडितहरुको आफन्त खोजी कार्य अगाडी बढाउन अनुरोध गर्नु भयो ।
बिहान करिव १० बजे देखी निकालिएको मौन ¥याली र नगर परिक्रम पश्चात अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति थारु,जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायत, मानव अधिकार आयोगका प्रतिनिधि द्धावारीका अधिकारी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सभापती कृष्ण गौतम, संघ संगठनका प्रमुख वा प्रतिनिधिहरु लगाएत जिल्लाका आठ वटै पालिकाका द्धन्द्धमा वेपत्ता परिवारका आफन्तहरुको सहभागीता रहेको थियो ।
विश्वभर मार्च २४ तारिखका दिनलाई आम मानव अधिकार उल्लंघनसंग सम्बन्धित सत्यको अधिकार तथा पिडितको मर्यादाका लागि अन्तराष्ट्रिय सत्यको अधिकार दिवस भनी सम्झना गरिन्छ । बर्दिया जिल्लामा सशत्रद्धन्दबाट ५२ जनाको अपहरण, ४ सय ४३ बिस्थापित, २ सय २४ बेपत्ता, ३ सय ७१ को मृत्यु, १ सय १६ जना घाईते अपांङ्ग र २८ जना टुहुरा बालबालिका रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क रहेको छ ।

Facebook Comments Box