काठमाडौं बैशाख ७ । भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय चुनावमा २५ सय भन्दा धेरै राजनीतिक दल सहभागी हुँदैछन् ।
भारतीय जनता पार्टी ९भाजपा०, भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, द्रविड मुनेत्र कझगम ९डीएमके०, अखिल भारतीय तृणमूल कांग्रेस ९टीएमसी० लगायत मुख्य दलहरुबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । पहिलो चरणमा २१ राज्यका एक सय २ सिटमा मतदान हुन लागेको हो ।
पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रदेशको ६, राजस्थानको १२, उत्तराखण्डको सबै ५ सिटका लागि मतदान हुनेछ ।
त्यस्तै, पश्चिम बङ्गालको ३, असामको ४, मेघालयको २, अरुणाचलको २, छत्तीसगढको १, महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागाल्याण्डको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा मतदान हुँदैछ । चुनावको तयारी पूरा भएको भारतको निर्वाचन आयोगले जनाएको छ ।
मतदान बिहान ७ बजेदेखि शुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ । यद्यपि, केही राज्यहरूमा मतदान समाप्त हुने समय फरक पनि छ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिलो चरणमा १६ सयभन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा नौ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल पनि रहेका छन् ।

Facebook Comments Box