काठमाण्डौ बैशाख ७ – काठमाण्डौ महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको र त्यसभन्दा धेरै लिएमा कानुनअनुसार कारबाही गर्ने महानगरले जनाएको छ ।
महानगरका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले निकालेको सूचनामा संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी त्यही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।
सूचनामा महानगरमा सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानूनले तोकेभन्दा धेरै शुल्क लिएको गुनासो प्राप्त भएको र प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिन तथा शुल्क लिएको भए सम्बन्धित अभिभावकलाई फिर्ता गर्न भनिएको छ ।

Facebook Comments Box