बर्दिया, बैशाख ७ गते
प्राम्भिक बालविकास सम्वन्धि प्रारिम्भक बालबिकास केन्द्रका शिक्षकहरुका लागि १० दिने क्षमता विकास तालिम शुरु भएको छ । बर्दिया जिल्लाको बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिका गरी ४ वटा पालिकाका २० जना बाल विकास शिक्षकहरुलाई बारबर्दियाको रम्ममापुर होमस्टेमा क्षमता विकास तालिम प्रदान गर्न थालिएको हो ।
यहि बैशाख ६ गते देखि १५ गते सम्म संचालन हुने तालिममा प्रारम्भिक वालविकास पाठ्यक्रमले निर्धारण गरेका बिषयबस्तुलाई तालिममा समाबेश गरिएको छ । बालबालिकाका ज्ञान, सिप र व्यवहारलाई बालबालिकाहरूको विकासात्मक अवस्था, क्षमता र अभिरुचि अनुसार प्रभावकारी शिक्षणका लागि विषयवस्तुगत ज्ञान तथा शिक्षण सिप विकास मा जोड दिईनेछ । बालबालिकाको विकास तथा सिकाइ उपलब्धि मूल्याङ्कन, प्रगति, विश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिकाको बारेमा छलफल गराईने छ । बालबालिकाको विकास तथा सिकाइमा प्रयोग योग्य विविध शैक्षणिक सामग्री निर्माण गर्ने तत्परता तथा सिप अभिवृद्धि गर्न सहयोग पुर्याउने उदेश्यका लागि तालिमको संचालन गरिएको छ ।
बालवालिकाको विकास तथा सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन गर्नका लागि बालविकास केन्द्रमा आएका बालबालिकाको विविधता व्यवस्थापन गर्ने र अपाङ्गता पहिचान गरी सिकाइ सहजीकरणको सीप विकास गर्ने र आपत्कालीन अवस्थाको व्यवस्थापन सम्वन्धी वुझाई प्रष्ट पार्न सक्ने गरी प्रशिक्षित गर्ने कार्यक्रम रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रकी परियोजना अधिकृत सीमा वलीले जानकारी गराउनु भएको छ ।
तालिमको प्रशिक्षण तथा सहजीकरण सेतो गुराँस बाल विकास सेवाकी प्रशिक्षक तथा प्रारम्भिक बाल विकास बिज्ञ झलकुमारी कार्कीले गरिरहनु भएको छ । प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित शसक्त बालिका परियाेजना अन्तरगत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको रम्मापुर सामुदायिक होमस्टेमा तालिम संचालनमा रहेको परियोजनाकी कार्यक्रम अधिकृत वलीले जानकारी दिनु भयो ।

Facebook Comments Box