काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् ।श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए ।उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर पोर्चुगलको यु-१५ राष्ट्रिय टिममा छानिएका छन् ।मिडिया रिपोर्टका अनुसार क्रिस्टियानो जुनियरलाई क्रोसियामा यहि मे १३ देखि १८ सम्म क्रोसियामा हुने भल्टको मार्कोभिक प्रतियोगिताका लागि पोर्चुगलको यू-१५ टिममा सामेल गरिएको हो ।१३ बर्षिय क्रिस्टियानो जुनियर हाल अल नासरको एकेडेमीमा खेलिरहेका छन् ।पोर्चुगलले यस प्रतियोगितामा चार खेल खेल्ने बताइएको छ । क्रिस्टियानो जुनियरले पोर्चुगलको जर्सीमा खेल्न लागेको यो पहिलो पटक हुने छ ।
काठमाडौँ । भारत र बेलायत मंगलबार स्वतन्त्र व्यापार सम्झौतामा सहमत भएका छन् ।यसपछि, दुवै देशले एक व्यापक व्यापार सम्झौताको घोषणा गरेका छन्, जसले धेरैजसो वस्तु र सेवाहरूमा लगाइएको भन्सार हटाउने व्यवस्था गरेको छ ।यो कदमले भारत र अमेरिका लगायत अन्य देशहरू बीच पनि यस्तै सम्झौताहरूको लागि मार्ग प्रशस्त गर्न सक्ने बताइएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो सम्झौतालाई ऐतिहासिक उपलब्धि भनेका छन् । प्रधानमन्त्री मोदीले यसले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने बताए ।उनले लेखेका छन्- 'मेरो साथी प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गर्न पाउँदा खुशी लाग्यो । भारत र बेलायतले एक ऐतिहासिक कदममा बलियो र लाभदायक…
काठमाडौं । बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ ।नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको आरोप छ ।उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यस प्रकरणमा यसअघि दुई तहको सरकारी वकिलको कार्यालयबाट…
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको उमेरमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए । २०१० सालमा जन्मिएका नेपाल विसं २०५१ मा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका थिए ।
काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापनको निर्णय समेत भएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयबाटै दर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो। मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ।
काठमाडौँ । इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको भयानक कार दुर्घटनामा परेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पवनदीपको स्वास्थ्य बारे नयाँ अपडेट आएको छ ।मंगलबार बिहान, उनको टोलीले उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको, जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख छ । उनकी बहिनीले पनि फ्यानहरूलाई पवनदीपको फोटो वा भिडियो सेयर नगर्न र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्न भावनात्मक अपील गरेकी छिन् ।पवनदीपको टोलीले एक विज्ञप्तिमा भनेको छ, 'पवनदीपलाई धेरै गम्भीर फ्र्याक्चर र केही सामान्य चोटपटक…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभामा मंगलबार बोल्दै डा. वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् । उनले आफुले १२ वर्षदेखि चासो लिएर सुन्दै आएको नीति तथा कायर्क्रम कर्मकाण्डमै सीमित रहेको बताए ।उनले यो सरकारलाई के कुराले सम्झिने भन्दै रवि लामिछानेलाई थुनेको, रविन्द्र मिश्रलाई थुनेको भनेर सम्झिने भन्दै प्रश्न गरे ।सांसद डा. वाग्लेले निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने बताउदै नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको उल्लेख गरे ।डा. वाग्लेले अहिले…
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका हुन् । गुरुङले राजसंस्थालाई २०६२-०६३ को जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताउदै अहिले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने टिप्पणी गरे ।उनले भने- ‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई…
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा मुटुमा नै गोली लागेजस्तो गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् । उनले भने- 'अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले…