चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ०८४ मा नेपाली जनताले पुराना पार्टी र नेताहरुलाई ठूलो गाह्रो हुने चेतावनी दिएका छन्। शनिबार चितवनमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले भने, "५४ हजार मतका साथ रविजीले जित्नुभएको छ। सरकार उहाँलाई लखेटे रहेको छ । पुराना दल र नेताहरू डराउन थालेका छन्। मलाई लाग्छ, आगामी चुनावमा नेपाली जनताले उनीहरूलाई ठूलो सजाय दिनेछन्।" डा. वाग्लेले सरकारको काम गर्ने प्रवृत्तिका बारेमा पनि विचार राख्दै भने, "सरकारले राम्रो काम गर्नेलाई सधैं छान्ने र लखेट्ने काम गरिरहेको छ। जीबी राईलाई आठ महिना बितिसक्दा पनि नाम मात्र लिइएको छैन। यसरी, सरकार राम्रो काम गर्नेहरूलाई…
बाँके। लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट)चिकित्सकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरूले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सकहरूले निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकको मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) भुलानी गरिनुपर्ने, एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरू तत्काल सम्बोधन गरिने विश्वास दिलाए । उनले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाई आग्रह गरिसकेको बताए ।
बारा । जिल्ला प्रहरी बाराले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थित मोटरसाइकल चेक जाँच गर्दा ११.६८ किलो चरेस बरामद भएको हो। इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले विशेष सूचनाको आधारमा हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको थियो। उक्त मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका वडा ६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी बाराले जनाएको छ। बरामद भएको चरेसको तौल प्लास्टिक सहित ११.६८ किलो रहेको पुष्टि गरिएको छ।
बाँके। बागमती गाउँपालिका वडा नम्बर ३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोलसहित लागुऔषध बरामद गरेको छ। मकवानपुरबाट काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाएर ल्याएको भट्टेडाँडामा नियमित जाँचका क्रममा खुलासा भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी र प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, एम्बुलेन्स चालकसहित केही व्यक्तिहरूलाई पक्राउ गरी सोधपुछ सुरु गरिएको छ। प्रहरीका अनुसार, एम्बुलेन्समा बिरामी, आठ वर्षको बच्चा, १६ वर्षको युवा र एक महिलालाई प्रयोग गरेर लागुऔषध ओसारपसार गरिने योजना बनाइएको देखिन्छ। घटनामा संलग्न तीन मोबाइल सेट पनि बरामद गरिएको जानकारी प्राप्त भएको छ। प्रहरीले उक्त एम्बुलेन्सको…
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ५ स्थित आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा ६१ वर्षीया महिला पक्राउ परेकी छन्। प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर १७ धोवीचौरकी मिठु तिवारी गर्तौलालाई मन्दिरको मूर्तिमा पिसाब छर्केको आरोपमा पक्राउ गरेको हो। प्रहरी वृत्त स्वयम्भूका अनुसार, गत पुस २६ गते एक महिला मन्दिरमा कोही नभएको मौका पारी बोतलमा पिसाब भरेर मन्दिरका मूर्तिमा छर्केर फरार भएको सूचना प्राप्त भएको थियो। अनुसन्धानपछि, फागुन २१ गते पनि गर्तौलाले सोही मन्दिरमा पिसाब छर्केको खुलासा भएको थियो। अधिकारीका अनुसार, गर्तौलाले चुण्डेश्वर मन्दिर, गणेश मन्दिर र हरिसिद्धी मन्दिरमा पनि यस्ता आपत्ति जनक कार्य गरेका थिए। सिसिटिभी फुटेजको आधारमा गरिएका खोजी…
बुटवल । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ। सूचना अधिकारी शिव खनालका अनुसार, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित नवलपुरमा रहेका २९ पुलहरूको निर्माण कार्य पूरा भएको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको उक्त पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा पाँच वटा मात्र निर्माण गर्न बाँकी रहेको छ। छोटा २२ वटा पुलको निर्माण काम सकिएको छ भने, लामा पुलहरूको ढलानको काम बाँकी रहेको छ, जसलाई केही दिनमा सम्पन्न गरिने खनालले जानकारी दिए। यस खण्डमा निर्माण भइरहेको अन्य पुलहरूको पनि कार्य तीव्र गतिमा अघि बढिरहेको छ, विशेष गरी २०० मिटरभन्दा लामा पुलहरू जस्तै गिरुवारी खोला, अरुणखोला…
बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिने निर्णय गरेको छ। केन्द्रीय सचिवालयको बैठकले यो निर्णय गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेपछि सो पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउने निर्देशन पनि बैठकले दिएको छ।
बाँके। हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहिरहनेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो । आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।