Babai News

राजनीति

प्रधानमन्त्री ओलीको प्रचण्डलाई ऐना हेरेर आफ्नै अनुहार हेरेर गाली नगर्न सुझाव

प्रधानमन्त्री ओलीको प्रचण्डलाई ऐना हेरेर आफ्नै अनुहार हेरेर गाली नगर्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न प्रचण्डलाई सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र विपक्षी दलका माननीयज्यूहरूले टिप्पणी भन्दा पनि गाली गलौचको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिन । ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली…
Read More
पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छ- प्रधानमन्त्री ओली

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए । 'त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो…
Read More
चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावन रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । उनले भने,‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ । यसभन्दा पहिले पनि मैंले कुरा उठाएको थिए । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डगीको करिडोरको बाटो समेत भासिने सम्भावना छ । त्यसलै कडाइपूर्वक सरकारले…
Read More
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाह विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दीगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना रहेकाले यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने-   पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पुर्‍याइरहेको कुरा सर्वबिदीत छ। यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत हामीले वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण…
Read More
नेकपा (एकीकृत समाजवादी), लुम्बिनीको अध्यक्षमा अब्दुल हुसेन

नेकपा (एकीकृत समाजवादी), लुम्बिनीको अध्यक्षमा अब्दुल हुसेन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अब्दुल हुसने खाँ सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अब्दुल हुसेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव मेटमणि चौधरी, सचिव सोम पाण्डेलगायतका पार्टीका शीर्ष नेताहरुले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो। उपाध्यक्षमा रामप्रसाद चौधरी र कमल भण्डारी, सचिवमा नारायण शर्मा, उपसचिवमा सुदन खनाल, माया बिक र दुर्गा प्रसाद अधिकारीलाई चयन गरेको अधिवेशनले एक सय ३५ सदस्सीय प्रदेश कमिटी घोषणा गरेको छ।
Read More
ज्ञानेन्द्र शाहीको प्रश्न- विदेशमा नेपाली बन्धक हुदापनि परराष्ट्र र श्रम मन्त्रालय किन मौन छन् ?

ज्ञानेन्द्र शाहीको प्रश्न- विदेशमा नेपाली बन्धक हुदापनि परराष्ट्र र श्रम मन्त्रालय किन मौन छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् । ‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरु बन्धक हुदाँ पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने । उनले विदेशी भूमिको युद्धहरु नेपालीहरु पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए । उनले भने,…
Read More
सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखियो- महासचिव पोखरेल

सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखियो- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सरकारको स्थायित्व बढेपछि पीडा र छटपटी बढेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखिएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्-    प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छः तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति वढेको छ । सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ । निर्माण व्यावसायिलाई काम वापतको तपाईको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ । निर्माण…
Read More
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि दुवै सदनमा जवाफ दिदै

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि दुवै सदनमा जवाफ दिदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदको दुवै सदनमा आज जवाफ दिदै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्ने तालिका छ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बैशाख २२ गतेदेखि लगातार छलफल भएको थियो ।
Read More
आतंकवाद,अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

आतंकवाद,अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

न (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भनेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए। “लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उनले भने । मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी…
Read More
प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी र भ्रम छरिरहेका छन्- प्रचण्ड

प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी र भ्रम छरिरहेका छन्- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि बढाउने बताएका छन् । निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए । उनले भने- ‘जब हामी हाम्रो वर्गतिर फर्कने संकल्प गर्छौं, क्रान्तिलाई अगाडि बढाउने, हाम्रो विचार र मुद्दाहरुतिर फर्किने, इतिहासका राम्रा कुराहरुबाट सिक्ने र फेरि त्यहाँबाट प्रेरणा लिएर अगाडि जाने संकल्प गर्छौं, त्यो पार्टी र लिडरसीपमाथि प्रतिक्रियावादी र अवसरवादीहरुले अनेक किसिमका हमला गर्छन् । हामी सबै त्यसमा सचेत हुनुपर्छ ।'  
Read More