बिर्तामोड, २ माघ : बिर्तामोड नगरअस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात…
झापा माघ ०१ ।। माघे संक्रान्ति पर्व ठाउँ अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ माघे संक्रान्तिको अवसरमा कतै धार्मिक मेलालग्ने गर्छन भने कतै खोला तथा तलाउमा गएर नुहाएर तरुल खाएर मनाउने गरिन्छ तर नुवाकोटको तारुका र बेत्रावती लगायतका ठाउँमा गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउने गरिन्छ यो वर्ष नुवाकोटको तारुकामा १३ हल र बेत्रावतीमा ११ हल सहित जिल्लाका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको हो। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइ प्रदर्शनीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेससभा सदस्य रमेशकुमार महत सहितले अवलोकन गरे। गोरु जुधाइको अवलोकनपछि मुख्यमन्त्री तामाङले गोरु जुधाइलाई पशु अधिकारको…
झापा माघ ०१ ।। माघे संक्रान्तीको दिन आज लिम्बु समुदायले धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन । किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन । किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन…
चर्चित फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे। उनका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत भएका शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
झापा । राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाईएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले बिर्तामोडको डोमालाल राजव्रंशी रंगशालामा कार्यक्रम गर्दै आठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो । राजवंशी समुदायले आफ्नो जातीय परिकार भाक्कालाई प्रवर्द्धन गर्न हरेक वर्ष पुष २९ गते दिवसको रुपमा मनाउँदै आएका छन् । आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले भाक्का दिवस मनाउँदै आइरहेको छ । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आफ्नो जातीय संस्कृति र परम्पराको जगेर्नाका लागि समुदाय आफैं सचेत हुनुपर्ने बताउँदै…
बिर्तामोड । बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ । पुल उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटन पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको…
बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।
झापा पौष २० ।। विगतका बर्सहरू झैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय भाक्का दिवस २०८१ु मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले भव्य रुपमा भाक्का दिवस मनाउने गरेका छन् । वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाई ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरूको संवर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र त्यति बेला देखि नै झापा, मोरङ, सुनसरी…
बिर्तामोड, १५ पुस : बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्दको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ । यस रोगबाट कृषकलाइ कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनु भयो । वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ…