काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन्। मंगलबार बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरे। ‘एक-दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्,’ ओलीको भनाइ छ, ‘अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे। एक-एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने? दिँदैन त्यो पनि।’ पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु…
आजको राशिफल बि।सं २०८२ वैशाख ३० गते मंगलबार ई. सं २०२५ मे १३ नेपाल सम्बत ११४५ बछलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १०…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे । “बुद्धका शिक्षाहरु सरल…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । 'अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध', प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।' उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।
आजको राशिफल बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५…
काठमाडौँ । आज २५६९ औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उनको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो । शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज…
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका…
रौतहट । मधेश प्रदेशका सांसद तथा पूर्व मन्त्री केशव राय चौधरीको पहलमा गृहजिल्ला रौतहटको गुजरा नगरपालिका अन्तर्गत ७० लाखको लागतमा दुर्इवटा योजनाको काम सुरु भएको छ।पूर्व मन्त्री चौधरीको पहलमा क्षेत्र ३(क) अन्तर्गत गुजरा १ मनर्हवा सडक स्तरउन्ती तथा आरसिसि ढलान निर्माण कार्य बिहीवार देखी सुरु भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश मार्फत विनियोजीत ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने सडक ढलानको बिहीवार प्रमुख अतिथि प्रदेश सांसद चौधरीले शिलान्यास गरेसंगै काम सुरु भएको छ। त्यस्तै प्रदेश सांसद चौधरीको बिशेष पहलमा मधेश प्रदेशको युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा गुजरा ८ स्थित कब्रीस्तान घेरावेरा…
काठमाडौँ । म्यानमारबाट १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याई एक जना महिला र ११ जना पुरुषहरुलाई नेपाल फर्काएको हो ।नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध समेत गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदिप नेपालको निधनले आफुलाई पीडाबोध भएको बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाएका नेपालको निधनले पीडाबोध भएको उल्लेख गरेका हुन् । उनले विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेको उल्लेख गर्दै नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।उनले भनेका छन् नेकपा (एमाले)को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको…