Babai News

अर्थ

सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले  वृद्धि

सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै मङ्गलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
Read More
आगामी बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ : सभापति देउवा

आगामी बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याएको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । स्वदेशमा उत्पादित वस्तु बजार प्रबर्द्धन गर्न उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने र स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो। रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको भन्दै डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको  र आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने…
Read More
तोलामा १ हजारले घट्यो सुनको भाउ

तोलामा १ हजारले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Read More
एमसीसी परियोजना नरोकिने

एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो । तर, सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित  सेनेगल, मङ्गोलिया र आइभरी कोष्टमा परियोजना बन्द नहुने एमसीसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार जनाएको छ । नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मङ्गोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् । “यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो । यो अमेरिकाको हितमा पनि छ,” ती कर्मचारीले…
Read More
सुनसरीको लौकही नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, सुरक्षा व्यवस्थामा लापरवाही।

सुनसरीको लौकही नाका तस्करीको ट्रान्जिट पोइन्ट बन्दै, सुरक्षा व्यवस्थामा लापरवाही।

इनरुवा । सुनसरीको लौकही नाका तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। कोशी गाउँपालिका वडा नम्बर १ स्थित लौकही नाका र अन्य सहायक नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार, यहाँ तस्करीमा प्रहरीका केही सदस्यहरूको मिलोमतो रहेको आरोप छ। सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले सुरक्षामा कडाइ गर्न नसकेपछि तस्करहरुले अवैध रुपमा भारतबाट नेपाल तर्फ सामाग्री भित्र्याउने गरेको स्थानीयको भनाइ छ। तस्करहरुले सुर्तीजन्य पदार्थ, मल, प्याज, चिनी, कपडा लगायतका खाद्य र नशाजन्य सामाग्री भन्सार छली गरि अवैधरुपमा नेपाल भित्र्याउँदै आएका छन्। अवैध रुपमा भैरहेको तस्करीले नेपाल सरकारको लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ। पृथक राष्ट्रका सीमामा सुरक्षा व्यवस्थाका नाममा…
Read More
ओलीसँग फलदायी भेटघाट भयो : नरेन्द्र मोदी

ओलीसँग फलदायी भेटघाट भयो : नरेन्द्र मोदी

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको बताएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटपछि मोदीले यस्तो प्रतिक्रिया दिएका हुन् । छैटौँ बिम्स्टेक शिखर सम्मेलनका क्रममा बैंकक पुगेका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तासँगै दुई मुलुकका संस्थापनबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो। मोदीले भने, बैङ्ककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ । हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा । बिमस्टेक सम्मेलनले विपद् व्यवस्थापन र समुद्री यातायातजस्ता क्षेत्रमा सकारात्मक नतिजा ल्याएको उल्लेख…
Read More
नेपाल राष्ट्र बैंकको सहकारी संस्थाका लागि नयाँ निर्देशन, बैंक जस्तै नोक्सानी व्यवस्थापन गर्नुपर्ने ।

नेपाल राष्ट्र बैंकको सहकारी संस्थाका लागि नयाँ निर्देशन, बैंक जस्तै नोक्सानी व्यवस्थापन गर्नुपर्ने ।

बाँके। नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड जारी गरेको छ। जसको उद्देश्य सहकारी संस्थाहरूलाई पनि बैंकिङ क्षेत्रका नियमहरूको पालनामा ल्याउनु हो। यस अनुसार, सहकारीहरूले अब बैंकहरूको जस्तै वित्तीय मापदण्ड र सञ्चालनका आधारमा काम गर्नुपर्नेछ। नयाँ निर्देशनका अनुसार, सहकारी संस्थाले जोखिम भारित सम्पत्तिको न्यूनतम प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्नेछ। २५ करोडभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरूले न्यूनतम ८ प्रतिशत पुँजी कोष अनुपात कायम गर्नुपर्नेछ। यदि निर्देशन लागू भएको तीन महिनामा पुँजी अनुपात पूरा गर्न सकिएन भने, २०८३ असार मसान्तसम्म सहकारीहरूले कार्ययोजना पेस गर्नुपर्नेछ। सहकारी संस्थाले अब कुल निक्षेपको ९० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउनेछन् र कर्जा…
Read More
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भोलि अपराह्न भेटवार्ता हुने

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भोलि अपराह्न भेटवार्ता हुने

file image काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगिसकेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको ‘साइडलाइन’ वार्ता गर्न दुई प्रधानमन्त्रीबीच भेट हुन लागेको हो। भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत थिए।
Read More
ढल्केबर सबस्टेसनमा आगलागी: नेपाली सेना र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा।

ढल्केबर सबस्टेसनमा आगलागी: नेपाली सेना र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा।

धनुषा। नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा आगलागी भएको छ। विद्युत् आपूर्ति प्रभावित भएको सबस्टेसनमा आगो बाहिरबाट सल्किएको थियो र लगभग एक घण्टा अग्नि संकट बढेको महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए। आगलागीको घटनामा नेपाली सेना र प्रहरीका दमकल टोलीहरूले त्वरित कार्यवाही गर्दै आगो नियन्त्रणमा लिएका छन्। लोहनीका अनुसार केही केबलहरूमा क्षति पुगेको हुन सक्ने सम्भावना रहेको छ र वर्तमानमा क्षतिको मूल्याङ्कन भइरहेको छ। साथै, सबस्टेसनको आपूर्ति लाइनको परीक्षण भइरहेको र अब छिट्टै सबस्टेसन पुन: सञ्चालनमा ल्याइने तयारी भइरहेको पनि उनले बताए। यस घटनासँगै बरहथहवा सबस्टेसन पनि बन्द गरिएको छ। प्राधिकरणका अनुसार, सबस्टेसनको मर्मत र पुनः सञ्चालनका लागि आवश्यक कदम चालिने…
Read More
प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच बैंककमा भेटवार्ता।

प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच बैंककमा भेटवार्ता।

बाँके। प्रधानमन्त्री केपि शर्मा ओलिले बैंककमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनको अवसरमा म्यान्मारका प्रधानमन्त्री मिन हलिङसंग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । बैठकमा दुई देशको आपसी, क्षेत्रीय, र बहुपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको हो। म्यान्मारका स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री हलिङ र प्रधानमन्त्री ओलीका बीचको भेटमा नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसमेत सहभागी भएका थिए। यस भेटको उद्देश्य दुवै राष्ट्रको सम्बन्धलाई अझ सुदृढ गर्दै समग्र क्षेत्रीय स्थायित्व र समृद्धिका लागि सहयोगका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको बताइएको…
Read More