काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुरका न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ। त्यसविरुद्ध परेका निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले रवि र छवि दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो। यसअघि रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते न्यायाधीश प्रह्लादकुमार योगीको इजलासबाट रविलाई एक करोड धरौटीमा रिहा गर्ने…
काठमाडौं। नेकपा (एमाले) का सांसद रघुजी पन्तले काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको बारेमा न्यायिक छानबिन आयोग गठन नगर्नुपर्ने बताएका छन्। आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, "आपराधिक घटनामा सरकारले न्यायिक आयोग गठन गर्न हुँदैन? शान्तिपूर्ण आन्दोलनमा क्षति भए मात्र आयोग गठन गरिनुपर्छ।" सांसद पन्तले प्रदर्शनको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत बयान लिनुपर्ने सवाल उठाएका छन् । उनले भनेका छन् , "श्री ५ भनेर सूचना जारी गर्न लगाउने र त्यसमा संलग्न व्यक्तिलाई किन कारबाही नगरेको?" उनले प्रश्न गरे। पन्तले राजावादी प्रदर्शनको योजनामा दुर्गा प्रसाईंको संलग्नता रहेको आरोप पनि लगाए र उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग…
बाँके। गृह मन्त्रालयले ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ। कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सीडीओहरूको नयाँ नियुक्ति गरिएको हो। कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल र दार्चुलामा अनिल पौडेललाई सीडीओका रूपमा नियुक्त गरिएको छ। यस्तै, कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ। यस सरुवाद्वारा प्रशासनिक कार्यक्षमता सुधार गर्ने उद्देश्य रहेको बताइएको छ।
बाँके। नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड जारी गरेको छ। जसको उद्देश्य सहकारी संस्थाहरूलाई पनि बैंकिङ क्षेत्रका नियमहरूको पालनामा ल्याउनु हो। यस अनुसार, सहकारीहरूले अब बैंकहरूको जस्तै वित्तीय मापदण्ड र सञ्चालनका आधारमा काम गर्नुपर्नेछ। नयाँ निर्देशनका अनुसार, सहकारी संस्थाले जोखिम भारित सम्पत्तिको न्यूनतम प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्नेछ। २५ करोडभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरूले न्यूनतम ८ प्रतिशत पुँजी कोष अनुपात कायम गर्नुपर्नेछ। यदि निर्देशन लागू भएको तीन महिनामा पुँजी अनुपात पूरा गर्न सकिएन भने, २०८३ असार मसान्तसम्म सहकारीहरूले कार्ययोजना पेस गर्नुपर्नेछ। सहकारी संस्थाले अब कुल निक्षेपको ९० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउनेछन् र कर्जा…
बाँके। थाइल्यान्डमा बङ्गालको खाडीका लागि बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यको लागि स्थापित बिमस्टेकको छैटौं शिखर सम्मेलन सुरु भएको छ। बैङ्ककको साड्ग्रिल होटलमा सम्मेलनको आरम्भ सदस्य राष्ट्रका सरकार प्रमुखहरूको सामूहिक फोटो सेसन र कार्यसूची तय गर्ने कार्यक्रमसँगै भएको हो। यस अवसरमा आयोजक देश थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले सबै प्रतिनिधिमण्डलका नेताहरुलाई स्वागत गरे। सम्मेलनमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै सदस्य राष्ट्रका प्रमुखहरू सम्बोधन गर्नेछन्। शिखर सम्मेलनको पहिलो दिन 'बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन' सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पछि थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रतिनिधिमण्डलका नेता सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बाँके। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। शुक्रवार, संवैधानिक अदालतले सैनिक शासन लागू गर्ने प्रयास गरेको कारण महाभियोगलाई समर्थन गर्दै योललाई पदबाट हटाउने निर्णय लिएको हो। महाभियोगका पक्षमा अदालतका आठै सदस्य एकमत थिए। यस निर्णयपछि, अब दक्षिण कोरियामा ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ। राष्ट्रपति योलले २०२५ को डिसेम्बर महिनामा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर, संसद्मा व्यापक विरोधका कारण दुई घण्टामा उक्त घोषणा फिर्ता लिन बाध्य भएका थिए। त्यसपछि, योलविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढाइएको थियो। महाभियोग प्रक्रिया संवैधानिक अदालतद्वारा सदर भएपछि मात्र योल पदबाट हट्नुपर्ने प्रावधानअनुसार उनलाई…
बाँके। बाँकेको नेपालगञ्जमा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्तर्गत आयोजित नागरिक संवाद कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने भनेका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनें, " प्रतिगमनले फेरि टाउको उठाउन खोजेको छ, तर नेपाली जनताले यसलाई कुनै हालतमा स्वीकार्ने छैनन्।" उनले जनतामा उत्पन्न भएको निराशा र राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति राजनीतिक दलहरुको कमजोर कार्यशैलीले गर्दा पैदा भएको स्वीकार गरेका हुन् । माओवादी केन्द्रले आफ्ना गल्तीहरू आत्मसमीक्षा गर्दै जनता समस्या बुझ्न र नयाँ तरिकाले समाधानका जुक्तिहरु खोज्न तराई मधेश जागरण अभियान सुरू गरेको बताएका…
बाँके। प्रधानमन्त्री केपि शर्मा ओलिले बैंककमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनको अवसरमा म्यान्मारका प्रधानमन्त्री मिन हलिङसंग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । बैठकमा दुई देशको आपसी, क्षेत्रीय, र बहुपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको हो। म्यान्मारका स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री हलिङ र प्रधानमन्त्री ओलीका बीचको भेटमा नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसमेत सहभागी भएका थिए। यस भेटको उद्देश्य दुवै राष्ट्रको सम्बन्धलाई अझ सुदृढ गर्दै समग्र क्षेत्रीय स्थायित्व र समृद्धिका लागि सहयोगका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको बताइएको…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निरन्तरता नदिन भन्दै पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । त्यस्तै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमासमेत इजलासले अन्तरिम आदेश दिएन । कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। हितेन्द्रले पनि कुलमानको नियुक्ति नै गलत भएको दाबीसहित ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेर रिट दिएका थिए ।
काठमाडौँ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ चारवटै वायुसेवा कम्पनीले उडान स्थगन गरेका छन्। लोड नभएको (यात्रु उपलब्धता कम भएको) भन्दै जजिरा एयरवेज, थाइ एयर एसिया, कतार एयरवेज र फ्लाई दुबईले मंगलबार (अप्रिल १) देखि उडान स्थगन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यहाँका व्यवसायीलाई अहिले उडान गर्दै आएका विमान कम्पनीहरूले समेत उडान स्थगित गरेपछि अर्को चिन्ता थपेको हो । कात्तिकदेखि कतार, थाई एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका थिए।