Skip to main content

Babai News

Breaking News 1

खुकुरी प्रहार गरेर सापकोटा भारततिर भाग्दै गर्दा पक्राउ।

खुकुरी प्रहार गरेर सापकोटा भारततिर भाग्दै गर्दा पक्राउ।

बाँके। विराटनगर महानगरपालिका वडा नम्बर २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी हानेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रमा भाग्दै गर्दा पक्राउ परेका छन्। सापकोटा, जो विराटनगर वडा नम्बर २ का २८ वर्षीय युवा हुन्। उनले आफ्नो घरमा काम गर्दै आएका ५७ वर्षीय रमेश गुप्तालाई खुकुरीले प्रहार गरेर फरार भएका थिए। घटना बिहीबार राति करिब ८:३० बजेको हो। सापकोटाले गुप्तालाई खुकुरी हानेको र घाइतेलाई घाँटीमा गम्भीर चोट लागेको जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, गुप्ता लामो समयदेखि सापकोटाको घरमा काम गर्दै आएका थिए। गुप्तालाई उपचारका लागि सुरुमा कोशी अस्पताल लगिएको थियो, तर अवस्था गम्भीर भएपछि उनलाई नोबेल शिक्षण…
Read More
दलित परिवारको उठिबासको कडा विरोध , सांसदहरुले गरे कार्वाहीको माग ।

दलित परिवारको उठिबासको कडा विरोध , सांसदहरुले गरे कार्वाहीको माग ।

जनकपुर । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको नाममा दलित परिवारलाई उठीबास लगाउने घटना प्रति मधेश प्रदेशसभाका सांसदहरुले कडा आपत्ति जनाएका छन्। उनीहरुले यस्ता अमानवीय कृत्यमा संलग्न जनप्रतिनिधिलाई कारबाहीको माग समेत गरेका छन्। प्रदेशसभा बैठकमा सांसदहरुले विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारलाई स्थानान्तरण गरिएको घटनालाई निन्दनीय भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। सांसद निलमकुमारी रजकले दलितको घर भत्काउने र अन्याय गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दवाब दिँदै यसलाई मानवता विरुद्धको कृत्य मानिन्। उनले भनेकी छन् , "यज्ञका नाममा दलित परिवारमाथि अन्याय गरिएको छ।" एमाले सांसद लखन दास तत्माले पनि मधेश प्रदेशमा दलितमाथि भएका बारम्बारका ज्यादतीमाथि सरकारले…
Read More
चिनियाँ सरकारले चार क्यानिडोयन नागरिकलाई मृत्युदण्ड दिएकोमा क्यानाडाको कडा विरोध।

चिनियाँ सरकारले चार क्यानिडोयन नागरिकलाई मृत्युदण्ड दिएकोमा क्यानाडाको कडा विरोध।

बाँके। क्यानाडा की विदेशमन्त्री मेलानी जोलीले बुधबार चीनको कडा निन्दा गरेकी छन् । उनले भनेकि छन् , क्यानाडा सरकारले माफीको अपिल गरेको बावजूद चीनले हालका हप्तामा चार क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ। जोलीले ओटावामा मिडियासँग कुरा गर्दै भनिन्, "हामी चीनमा क्यानाडाली नागरिकहरूको मृत्युदण्डको कडा शब्दमा निन्दा गर्दछौं।" उनले भनिन् कि उनले र पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि चीनसँग ती व्यक्तिहरूलाई माफी दिने अपिल गरेका थिए। ग्लोब एन्ड मेल समाचार पत्रमा प्रकाशित आधिकारिक बयानमा भनिएको छ कि चार क्यानाडाली नागरिकलाई मादक पदार्थसम्बन्धी अपराधको दोषी ठहरिएको थियो। बयानमा भनिएको छ, "मादक पदार्थसँग सम्बन्धित अपराध एक गम्भीर अपराध हो जसलाई संसारभरि समाजका लागि…
Read More

मधेस प्रदेशमा सिँचाइ संकट र चुरेक्षेत्रको विनाशका कारण समस्या: सरकारी नीतिमा दोहोरो रवैया

  जनकपुर,  मधेस प्रदेशमा सिँचाइ समस्या बढ्नका पछाडि सरकारको दोहोरो नीतिका कारण चुरेक्षेत्रको विनाशको आरोप लागेको छ। यसबारे जानकारी दिन आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषयको गोष्ठीमा सरोकारवालाले कुरा राखेका थिए। मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले सङ्घीय सरकारको नीति र योजनामा चुरेक्षेत्रको संरक्षण र भूमिगत जल विकासको दृष्टिकोणमा अनियमतता देखिएको बताउनुभयो। मन्त्री यादवले भूमिगत जल संकटको प्रमुख कारण चुरे वनजङ्गलको विनाश, गिट्टी र बालुवा उत्खनन र भूमिगत जलको अत्यधिक दोहन रहेको आरोप लगाउनुभयो। "संघीय सरकारले एकातिर चुरेको वनजङ्गल विनाशको नियन्त्रणका लागि करोडौँ खर्च गर्दैछ भने अर्को तिर सडक र…
Read More
ओलीले प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी कार्य अघि बढाउने ।

ओलीले प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी कार्य अघि बढाउने ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि शान्ति प्रक्रियाको प्रगति हुने आशा व्यक्त गरेका छन्। विहीबार प्रतिनिधि सभामा आयोजित संसदीय प्रश्नोत्तर कार्यक्रममा बोल्दै ओलीले शान्ति प्रक्रियाका अधुरो पक्षलाई निष्कर्षमा पुर्याउन प्रचण्डसँग संवाद आवश्यक रहेको बताए। उनले भने, “मैले स्वास्थ्यका कारण बारम्बार प्रचण्डसँग सम्पर्क गर्न सकेको छैन, तर सम्पर्क स्थापनासँगै शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू अघि बढाउने विश्वास लिएको छु।” ओलीले शान्ति प्रक्रियामा बैकदिशा गर्दै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया चाँडो पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
Read More
नेपाल र भुटान बीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र अनुभव आदान-प्रदान

नेपाल र भुटान बीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र अनुभव आदान-प्रदान

बर्दिया,   नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा क्षेत्रको विकास र आपसी सहयोग सुदृढ गर्ने उद्देश्यले छलफल भएको छ। भेटमा, अध्यक्ष ओझाले नेपाल र भुटानको बीमा क्षेत्रमा विद्यमान अवस्था, नेपालले लागू गरेको जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणका विषयमा जानकारी दिए। उनले पुनर्बीमा सम्बन्धी नेपालका अनुभवहरू र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नेपाल तयार रहेको बताए। उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले हासिल गरेका ज्ञान र अनुभव भुटानको बीमा क्षेत्रमा पनि लाभकारी हुने विश्वास व्यक्त गरे। साथै, उनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ गर्न प्रतिवद्धता जनाए। यस…
Read More
`स्ववियुको नतिजा, युवा पुस्ता माओवादीतिर आक्रषित।´ प्रचण्ड

`स्ववियुको नतिजा, युवा पुस्ता माओवादीतिर आक्रषित।´ प्रचण्ड

बाँके। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नतिजालाई उत्साहजनक र सकारात्मक रूपमा मूल्यांकन गरेका छन्। उनले यो परिणामले माओवादी केन्द्रको पक्षमा सचेत र बौद्धिक युवा वर्गको समर्थन रहेको पुष्टि गरेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्, "भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहजनक छ।" उनले थप जानकारी दिँदै भने, "कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्गसँगको सशक्त एकता र समर्थनलाई प्रमाणित गरेको छ।"…
Read More
सिमेन्ट उद्योगलाई २४ घण्टा बिजुली आपूर्ति गर्न संघको माग।

सिमेन्ट उद्योगलाई २४ घण्टा बिजुली आपूर्ति गर्न संघको माग।

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगलाई चौबीसै घण्टा निरन्तर बिजुली आपूर्ति गर्न सरकारसँग माग गरेको छ। बुधबार संघले जारी गरेको विज्ञप्तिमा, नेपाल विद्युत प्राधिकरण, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहित विभिन्न संसदीय समितिहरूसँग २४ घण्टा बिजुली उपलब्ध गराउने माग गरिएको छ । संघको अनुसार, लोडसेडिङका कारण वैकल्पिक उर्जा स्रोतको प्रयोग गर्दा सिमेन्ट उत्पादनको लागत अत्यधिक बढेको छ र त्यसका कारण हालको बिक्री मूल्यमा सिमेन्ट उत्पादन गर्न कठिनाइ भइरहेको छ। संघले उत्पादन लागत खर्चअनुसार सिमेन्टको बिक्री मूल्य निर्धारण गर्नुपर्ने आवश्यकताको उल्लेख गरेको छ। अर्बौंको लगानीमा स्थापित सिमेन्ट उद्योगले मुलुकको आत्मनिर्भरता र निर्यातमा महत्वपूर्ण भूमिका खेल्दै…
Read More
नागढंगा सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर निर्माण ।

नागढंगा सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर निर्माण ।

बाँके। संघीय राजधानी काठमाडौंमा सार्वजनिक सवारी साधनहरूको आवागमनलाई सहज बनाउने उद्देश्यले नागढंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। यो सुरुङमार्गको निर्माणले नागढुंगा–थानकोट सडकखण्डमा हुने जामको समस्या समाधान गर्ने लक्ष्य राखेको छ। हालसम्म सुरुङमार्गको आपतकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसकेको छ, तर स्थानिय बासिन्दाहरूले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेको अवस्थामा छन्। यो परियोजनामा तीन ओटा अन्डरपास, चार ओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर निर्माणाधीन छन्। बलम्बु क्षेत्रको फ्लाइओभर निर्माणको काम तीव्र गतिमा भइरहेको छ। साथै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान र अक्सिजन पाइप जडानका कामहरू पनि जारी छन्। नागढंगा सिस्नेखोला सुरुङमार्गको निर्माणका लागि…
Read More
पद्मकन्या क्याम्पसमा प्रजिना नेतृत्व अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त प्यानल ।

पद्मकन्या क्याम्पसमा प्रजिना नेतृत्व अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त प्यानल ।

काठमाडौ । काठमाडौँको पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचनमा विप्लव नेतृत्त्वकाे नेकपा निकट अखिल समाजवादी र नेकपा एकीकृत निकट अनेरास्ववियूले संयुक्त रुपमा प्रतिस्पर्धा गर्ने भएका छन्। यो गठबन्धनबाट सभापतिमा प्रजिना दर्नाल उम्मेदवार बनेकी छन्। चैत ७ गते हुने निर्वाचनमा अखिल समाजवादी र अनेरास्ववियूको संयुक्त टोलिले ‘नयाँ सोच नयाँ गति-भोट फर अनेरास्ववियू र समाजवादी’ भन्ने नारासहित चुनावी प्रचार प्रसार गरिरहेका छन्। दर्नालले क्याम्पसको वर्तमान स्थिति सुधार गर्नका लागि नेविसंघ र अन्य विद्यार्थी संगठनका कारण पिके क्याम्पसको स्थिति दिनानुदिन ओरालो लागिरहेको आरोप लगाइन्। उनले भनिन्, "परिवर्तनको निम्ति पीके क्याम्पसमा सही नेतृत्व र विचार जरुरी भएकोले हाम्रो टिमलाई विद्यार्थीले जिताउनेछन्।" उनको प्यानलमा सचिवमा अरुणा गौतम,…
Read More