बाँके। म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, यस भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। यसै कारण, यूएसजीएसले "रातो अलर्ट" जारी गरेको छ, जसले उच्च हताहत र व्यापक क्षतिको संकेत गर्दछ। म्यानमारको सैन्य सरकारले हालसम्म १ सय ४४ जनाको मृत्यु भएको जनाएको छ। तर, थप भग्नावशेष हटाइँदै र शवहरूको उद्धार भइरहेको अवस्थामा, मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
।काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादी आन्दोलनकारीहरुले आगलागी गर्दा विमानस्थलका उडानहरु प्रभावित भएका छन्। महाप्रबन्धक जगनाथ निरौलाले बताउनुभएको छ कि विमानस्थल भित्र सुरक्षा पुरा भए पनि बाहिर विभिन्न स्थानमा आगलागीका घटनाहरु हुँदा उडान प्रभावित भएको हुन्। निरौलाले भने, "विमानस्थल बाहिर आगलागीका घटनाहरु भएका कारण विमानस्थलमा धुँवा फैलिएको थियो। अहिले धुँवा केही कम भए पनि उडान सहज रूपमा सञ्चालन हुन सकेको छैन।" हाल विमानस्थल प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको, र यात्रुहरुलाई सूचित गराउँदै आएको जानकारी दिनुभयो ।
फोटो:- नेपाल भिउज काठमाडौं। शुक्रबार काठमाडौमा राजावादीहरुले गरेको प्रदर्शनमा विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गरेका छन् ।राजावादीहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयको कुर्सी बाहिर निकालेर आगो लगाएका छन् भने सिसा पनि फुटाएका छन्। यस्तै, प्रदर्शनकारीहरूले कार्यालयको आसपास ढुंगा हान्ने कार्य पनि गरेका छन्। यसैगरी, कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी गरिएको थियो। तीनकुने क्षेत्रको प्रदर्शन पछि प्रदर्शनकारीहरूले नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए। प्रदर्शनमा प्रमुख भूमिकामा रहेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा
काठमाडौ। काठमाडौ महानगरपालिकाले एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या भएका विद्यार्थिहरूका लागि सहायता प्रदान गर्ने सूचना जारी गरेको छ। महानगरपालिकाले अभिभावकलाई सूचित गरेको छ कि यदि विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन सवारी साधनको समस्या आइपरेको छ भने, निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सकिनेछ। परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरुलाई पनि विद्यार्थीहरुलाई घर फर्काउन सहजीकरण गर्न र आवश्यक परे आफैँ सुविधा लिन अनुरोध गरिएको छ। सम्पर्क नम्बरहरु: बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, फोन नं. ९८५१०९३१७६ नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, फोन नं. ९८५१२३३६३३ टेकुतर्फका…
काठमाडौं । पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् । उनीहरूले यसले अटलान्टिकका दुवै तर्फका उपभोक्ता र कम्पनीहरूलाई समान रूपम सजाय दिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेको नयाँ २५ प्रतिशत आयात कर ‘विश्वव्यापी अटोमोबाइल निर्माताहरू र अमेरिकी उत्पादनलाई एकैसाथ चोट पुर्याउने’, युरोपेली अटोमोबाइल निर्माता संघले एक विज्ञप्तिमा बताएको छ । जर्मनीको अटो उद्योग संघ, भिडिएका प्रमुखले करहरूले कार निर्माताहरू र गहिरो अन्तरसम्बन्धित विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रत्येक कम्पनीलाई ‘उत्तर अमेरिकासहित उपभोक्ताहरूका लागि सबै भन्दा बढी नकारात्मक परिणामहरू ल्याउने’ बताए ।
काठमाडौं। काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर १५ स्थित किमडोलमा निर्माण भइरहेको धर्मकिर्त विहारको स्वामित्वमा रहेको बुद्धिष्ट उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन समितिको संयोजक टोलीले स्थलगत निरीक्षणमा निर्माण कार्यमा निकै लापरवाही पाइयो। डंगोलले सम्झौता अनुसार काम नगरेको भन्दै भवन निर्माण रोक्न आदेश दिएकी हुन्। सम्झौतामा भवन २०८२ भदौ २२ सम्ममा पूरा गर्नुपर्ने उल्लेख छ, र यसको लागत ५६ लाख ५८ हजार ३ सय ७२ रुपैयाँ (भ्याट बाहेक) तोकिएको थियो। निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्ने निर्माण कार्यका क्रममा भर्याङको निर्माणमा समस्या, ढलानको समयमा पानी हाल्ने लगायतका कार्यमा लापरवाही देखिएका कारण डंगोलले निर्माण काम रोक्न निर्देशन दिएकी हुन्। "यदि सम्झौता अनुसारका सबै काम…
काठमाडौं। माइतीघर मण्डलामा राजावादीहरुले कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शन गरिरहेको स्थानबाट अमेरिकी नागरिक जुलियन कृपाललाई पक्राउ गरिएको छ। ५८ वर्षीय जुलियन कृपाललाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरवार वृत्तमा राखिएको जानकारी गराएका छन् । उनको मुद्दामा प्रहरीले अध्यागमन कानुन अनुसार कारवाही गर्ने निर्णय गरेको छ। प्रहरीका अनुसार, जुलियनको मोबाइलमा पासपोर्टको फोटो फेला परेको छ, र उनी नेपालमा रहेका विदेशी नागरिकको स्थिती र कानूनी पक्षको जाँच जारी राखिएको छ। काठमाडौँ परिसरका प्रवक्ता एपी अपिल बोहोराले जुलियनका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। जुलियन कृपालको पक्राउ परेका घटनाले सुरक्षा र विदेशीसँग सम्बन्धित कानूनी मापदण्डको सन्देश दिनुका साथै, विदेशी नागरिकहरूले नेपालमा रहेका कानूनी प्रावधानहरूको…
बाँके। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा केही दिनका लागि नेपाल फर्कने भएकी छिन्। उनको जीवनकथामा आधारित फिल्म ‘अन्जिला’ अहिले देशभर दोस्रो सातामा प्रदर्शन भइरहेको छ, र सोही फिल्मको प्रमोसनको लागि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेकी छिन्। एन्जिला बिहीवार बिहान १०:३० बजे नेपाल फर्कने बताइएको छ। उनले ग्रीसमा व्यवसायिक फुटबल खेल्दै आएकी छन् र अर्को साता ग्रीस फर्कने योजना बनाएकी छिन्। गत महिना उनले फोर नेसन्स उमन्स च्याम्पियनसिपको लागि नेपाल भ्रमण गरकी थिइन् र त्यस समयमा प्रमोसन कार्यक्रममा पनि सहभागी भएकी थिइन्।
बाँके। बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाली बजारमा सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ पुगेको छ। बुधबारको दिनमा यो मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार २ सय अ२० रुपैयाँ पुगेको छ। यो वृद्धि बजारमा सुन र चाँदीको मागमा बढोत्तरी भएको संकेत हो। व्यवसायीहरूले भने, विश्व बजारमा सुन र चाँदीको मूल्यमा उतारचढ़ावका कारण स्थानीय बजारमा पनि प्रभाव परेको बताएका छन्। सुन र चाँदीको मूल्यमा यसरी भएको वृद्धि आम…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।