काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् । ‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्म परिवर्तनको विरुद्धमा छौँ, देशको समृद्धि र प्रगति चाहन्छौँ ।’ संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको…
काठमाडौँ । भारतसँगको लडाईमा पाकिस्तानी सेनाका ११ सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाले भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ जनाको मृत्यु भएको जानकारी दिएको छ । मंगलबार जारी गरिएको विज्ञप्तिमा भारतसँगको लडाईंमा एक स्क्वाड्रन लिडर सहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएको उल्लेख छ । विज्ञप्ति अनुसार, मे १० मा भएको भारतीय आक्रमणमा सबै कर्मचारी मारिएका थिए । त्यस्तै मे ६-७ को राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घाइतेहरूमा १० महिला र २७ बालबालिका छन्…
काठमाडौँ । जनमत पार्टीबाट लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्- ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।' जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।
काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अलपत्र परेको छ । गत वैशाख १७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा एकताको घोषणा गर्ने कर्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको थियो । चौधरी सोहि दिन हिरासतबाट छुटेपनि अहिलेसम्म एकताको प्रक्रिया अगाडी बढ्न नसकेपछि अब एकता नहुने अड्कलबाजी हुन थालेको छ । यसैबीच रेशम चौधरीले सोमबार सामाजिक सञ्जालमा सबै कुरा थाती राखेर संगठन निर्माणमा जुट्नुपर्ने लेखेपछि अब जनमतसँगको एकता नहुने संकेत गरेका छन् । उनले भनेका छन्- 'मौसम जस्तै बदलिरहँदैन आस्था । बिचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुन्छ । सबैकुरा थाति राखेर आफ्नो संगठन…
काठमाडौँ । गत बर्षको चैत्र १५ गते तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब राप्रपाले आफ्नै खर्चमा नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी लिने भएको हो । अध्यक्ष राजेन्द्र लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपासम्बद्ध कानून व्यवसायी सङ्गठन र अधिवक्ताहरूलाई आग्रहसमेत गरेका छन् । अहिले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरू थुनामा छन् ।
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे । उनले भने- 'हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं। चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् । ‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ । तीनले विश्व मानव समूदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ।…
काठमाडौँ । भारत-पाकिस्तान युद्धविराम पछि भारतमा बन्द गरिएका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत-पाकिस्तान तनावको बीचमा, यी विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको थियो । भारतीय विमानस्थल प्राधिकरणका अनुसार नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल प्रभावबाट नागरिक विमान सञ्चालनका लागि उपलब्ध भएका छन् । विज्ञप्तिमा, यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ । एयरलाइन्स कम्पनीहरुले सेवा सामान्य हुन केही समय लाग्न सक्ने बताएका छन् ।
काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिए । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइन कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैंभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट…
आजको राशिफल बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५…