Babai News

विचार

जित्नेहरू देख्यौं, भोग्यौं अब “हार्न तयार” पनि रोज्ने कि ?

जित्नेहरू देख्यौं, भोग्यौं अब “हार्न तयार” पनि रोज्ने कि ?

दिपक कुमार भट्टराई आजसम्मको अनुभवले देखायो— "दबंग" शैलीका नेता, जो बोल्न जान्दछन, चिच्याउन सक्छन्, र "देश बनाउने" भाषण दिन्छन्, त्यस्तैलाई हिरो ठानिन्छ। तर उनीहरू नै सत्तामा पुगेपछि, न त लोकतन्त्रको सम्मान गर्छन्, न त दीगो विकासमा ध्यान दिन्छन्। सत्ता टिकाउने खेल, विरोधीलाई धम्क्याउने शैली, अनि हार्न नमान्ने अहंकार । तर लोकतन्त्र जहाँ: हार्न सक्ने साहस हुन्छ, आलोचना सुन्न सक्ने कान हुन्छ, सानो सफलतामा खुसी हुने मन हुन्छ, अनि गल्ती स्वीकार गर्न सक्ने इमान हुन्छ।   अब, सायद हार्न जान्ने, तर विकास जित्ने नेताहरू खोज्ने बेला आयो । जसले ठूलाठूला सपना होइन, थप एक अस्पताल, थप एक सरकारी विद्यालय सुधार, थप…
Read More
बुद्धका ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ- देउवा

बुद्धका ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् । ‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ । तीनले विश्व मानव समूदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ।…
Read More
ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार।

ईदकै दिन परीक्षा : मौलिक हकमाथि प्रहार।

मोहम्मद शाहिन जमाली, वीरगन्ज। जसरी दशैं, तिहार, छठ, ल्होसार, क्रिसमस लगायत चाडपर्वमा परीक्षा राखिंदैन, त्यसैगरी ईदमा पनि परीक्षा तोकिनु हुँदैन। २०८० माघ २९ मा प्रकाशित नेपाल राजपत्रमा २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा ईद उल-फित्रको बिदा पनि समावेश छ। सरकारले हरेक वर्ष ईद उल-फित्रमा सार्वजनिक बिदा दिंदै आएको छ। सरकारले नेपालका विविध धर्म, संस्कृति, परम्परालाई ध्यानमा राख्दै सबै समुदायका चाडपर्वको सम्मानस्वरूप बिदा दिने नीति अवलम्बन गरेको हो। तर शैक्षिक संस्थाहरूले सरकारी नीतिको बेवास्ता गरिरहेका छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मले ईदकै दिन परीक्षा राख्ने गरेका छन्। यो वर्ष पनि त्यही परिपाटी दोहोरिएको छ। रमजान एक महीना लामो हुन्छ। रमजान महीनाको अन्त्यमा ईद उल-फित्र मनाइन्छ। रमजान…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
“स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन

“स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन

– नारायण गिरी स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा स्पष्ट गरिदिने यो पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा नै अति धेरै रूचाइएको देखिन्छ। यो पुस्तक ४० भन्दा बढी भाषाहरूमा अनुवाद भएर संसारका सबै ठाउँमा पुगेको पाइन्छ। स्यापियन्समा मानव इतिहासको विस्तृत विवरण उल्लेख गरिएको छ। यसलाई ग्रन्थ भन्दा पनि प्रामाणिक दस्तावेजको रूपमा समेत लिने गरेको देखिन्छ। यसमा लेखिएका तथ्यहरूलाई अस्वीकार गर्न सकिंदैन। हामीले अहिलेसम्म पढेका मानव…
Read More
माक्र्सवादी दर्शनलाई कसरी बुझ्ने ?

माक्र्सवादी दर्शनलाई कसरी बुझ्ने ?

राजनीति र अर्थशास्त्रसरह नै दर्शनका क्षेत्रमा पनि मार्क्सको देन महान् छ। वास्तवमा यी तिनैवटा अंगको योग नै मार्क्सवाद हो। मार्क्सवादी दर्शन अथवा विश्व दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवाद भन्छन्। मार्क्सवादी दर्शनको अध्ययन गर्नुभन्दा पहिले दर्शनको महत्व र आवश्यकताबारे थाहा पाउनु जरुरी हुन्छ। मानिस एउटा चेतनशील, सांसारिक प्राणी हो। मानिसको जीवनमा दुख–दुःखमा आफ्ना वरिपरिका देखिने र नदेखिने थुप्रै चीज र घटनाले प्रभाव पारेको हुन्छ। अतः ती सम्पूर्ण चीजको विषयमा चिन्तन गर्नु र सही बाटो पत्ता लगाउनु मानिसका निम्ति नभई नहुने कुरा हुन्। उदाहरणका निम्ति सुख के हो, संसारभरिका मानिस कसरी सुखी हुन सक्छन् ? यो हरेक मानिसका मनमा सधैंभरि आइरहने प्रश्न हो। तर…
Read More
एमसीसीको नालीबेली : नेपालमा यसरी भित्रियो ? नेपालले गर्न खोजेको के हो ?

एमसीसीको नालीबेली : नेपालमा यसरी भित्रियो ? नेपालले गर्न खोजेको के हो ?

चिरञ्जीवी ज्ञवाली एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरु योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशिबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दुःखको सामना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई बाडीचुडी खाने खतरा नेपालमा देखिन्छ । एमसीसीको ५० करोड डलर अनुदान र सरकारको सम कारक कोषको १३ करोड डलर गरी…
Read More
साहित्यमा विचारको महत्त्व

साहित्यमा विचारको महत्त्व

–मोहनविक्रम सिंह –मोहनविक्रम सिंह विचार र साहित्य अन्तर्सबन्धित विषय हुन् । साहित्यको शक्ति कति छ भन्ने कुरा उक्त साहित्यको विचारबाट थाहा  हुन्छ । साहित्यमा आउने विचारले समाजको संस्कृति निर्माण गर्दछ । संस्कृतिमा समाज अग्रगमनकारी हो   प्रतिगमनकारी ? त्यसको उत्तर प्राप्त गर्न सकिन्छ । विचारको विषयमा ठुला ठुला बहस हुने गर्दछन् । विचारमा सामाजिक विकासका उद्देश्य, लक्ष्य र मानव आकाङ्क्षा अन्तर्निहित हुन्छन् । त्यसरी विचार राजनीतिक र सामाजिक विषयको केन्द्र मात्र नभएर सांस्कृतिक विषयको पनि केन्द्र हुन्छ । विचारलाई केन्द्रमा राखेर नै कुनै पनि साहित्यको जन्म भएको हुन्छ ।  विचार मुख्यतः दुई प्रकारका हुन्छन्, क्रान्तिकारी विचार र यथास्थितिवादी विचार । अन्तमा…
Read More