Babai News

Breaking News 2

चेल्सीमाथि न्यूक्यासलको महत्वपूर्ण जित

चेल्सीमाथि न्यूक्यासलको महत्वपूर्ण जित

काठमाडौँ । न्यूक्यासल युनाइटेडले चेल्सीविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा न्यूक्यासलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । न्युक्यासलको जितमा सान्ड्रो टोनाली र ब्रुनो गुइमाराएसले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ३५औ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समिति भएको हो । न्यूक्यासल यो जितपछि प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । न्यूक्यासलको ३६ खेलमा ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ र आफुलाई अर्को सिजनमा च्याम्पियन्स लिगमा छनौट गराउने दौडमा कायम रहेको छ । त्यस्तै चेल्सीलाई भने यो हारले ठुलो धक्का लागेको छ ।  चेल्सी हाल ३६ खेलमा ६३…
Read More
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए । सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो । सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए । 'अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च…
Read More
फिल्म ‘वार २’ को तेलुगु संस्करणप्रति निर्माताको होडबाजी

फिल्म ‘वार २’ को तेलुगु संस्करणप्रति निर्माताको होडबाजी

काठमाडौँ । बलिवुड फिल्म 'वार २'  एक एक्सन थ्रिलर फिल्म हो, जसमा ऋतिक रोशन र जुनियर एनटीआर पहिलो पटक सँगै देखिदैछन् । धेरै टलिउड निर्माताहरूको नजर यस फिल्मको तेलुगु संस्करणको बारेमा जानकारी बाहिर आएको छ । मिडिया रिपोर्ट अनुसार, ऋतिक रोशन र एनटीआर अभिनित फिल्म 'वार २' को तेलुगु संस्करणको लागि ठूलो सम्झौता गरिएको छ । यो फिल्म २०१९ को सुपरहिट स्पाई थ्रिलर 'वार' को सिक्वेल हो । ऋतिकले 'रअ' एजेन्ट मेजर कबीर धालीवालको भूमिका पुन: निर्वाह गर्नेछन् भने एनटीआर खलनायकको भूमिकामा देखिनेछन् । पहिलो फिल्मको सफलतापछि, वार २ लाई लिएर फ्यानहरूमा ठूलो उत्साह छ। यसको तेलुगु अधिकारको मूल्य ८५…
Read More
चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

चित्रबहादुर केसीको कालीगण्डकी दोहन तत्काल रोक्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावन रहेको भन्दै तत्काल रोक लगाउन माग गरे । उनले भने,‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ । यसभन्दा पहिले पनि मैंले कुरा उठाएको थिए । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डगीको करिडोरको बाटो समेत भासिने सम्भावना छ । त्यसलै कडाइपूर्वक सरकारले…
Read More
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थ-व्यापार काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको…
Read More
ट्रक पल्टिएपछि मुग्लिङ-नारायणगढ सडक अबरुद्व

ट्रक पल्टिएपछि मुग्लिङ-नारायणगढ सडक अबरुद्व

काठमाडौँ । मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । मुग्लिङ-नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टिएपछि यातायात अबरुद्व भएको हो । प्रहरीले ट्रक हटाउने प्रयास गरेपनि अहिलेसम्म हटाउन सकेको छैन । ट्रक हटाउन नसक्दा यातायात ठप्प रहेको छ
Read More
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट…
Read More
भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामको लागि सहमत भएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत भारत र पाकिस्तान लामो वार्तापछि पूर्ण र तत्कालदेखि युद्ध विराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 'संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद !' यस बारेमा भारत र पाकिस्तानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।…
Read More
खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ- मन्त्री यादव

खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ- मन्त्री यादव

वीरगञ्ज  । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए । उनले भने- 'नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो । खानेपानीका क्षेत्रमा प्रयाप्त वजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी बितरण गछौँ ।' आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने…
Read More
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको शपथ भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन । नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए ।
Read More