Babai News

ताजा खबर

जिल्ला-जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र, देशभर तोकिए २१ सय बढी परीक्षा केन्द्र

जिल्ला-जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र, देशभर तोकिए २१ सय बढी परीक्षा केन्द्र

काठमडौं। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् । परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।
Read More
दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी, छ जनाको मृत्यु…..

दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी, छ जनाको मृत्यु…..

काठमाडौं। फागुन २।। दक्षिण कोरियाको बुसान शहर स्थित एक निर्माणाधीन होटलमा आगलागीमा परी ६ जनाको ज्यान गएको छ ।आगलागी ‘बनयान ट्रि होटल’ मा बिहान भएको हो।घटनामा सात जना घाइते भएका छन् । आगलागी हुँदा झन्डै एक सय जना कामदार होटलमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरु भएको हुन सक्ने कामदारले बताएको अग्नि नियन्त्रण विभागले जनाएको छ । यसैगरी दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले खोजी र उद्धार कार्यमा तिब्रता दिन र क्षति हुन नदिन सुरक्षाको हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । आगो झन्डै…
Read More
प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…
Read More
सार्वजनिक शौचालय निर्माणका लागी जग्गा पहिचान गर्न  समिति गठन

सार्वजनिक शौचालय निर्माणका लागी जग्गा पहिचान गर्न समिति गठन

बिर्तामोड, साउन १५ : बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यले लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो । वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरीएको हो। आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरीएको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।बिर्तामोडमा अहिलेसम्म…
Read More
सौर्य जहाज दुर्घटना,  क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

सौर्य जहाज दुर्घटना, क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

  काठमाडौँ —सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् । विहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले 'रिजनेबल' क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् । मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । शुक्रबार…
Read More
चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना, पाँच घाइते

चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना, पाँच घाइते

बिर्तामोड साउन १०।। झापाको मेचीनगर–१३ स्थीत चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ ट ८५४३ ओटो दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बुद्धशान्ति ३ का २३ बर्षका अनुराग राई र पछाडि सवार सोहि स्थानका मनोज मगर रहेको प्रहरीले बताएको छ । त्यस्तै अटो चालक बुद्धशान्ति २ का ४२ बर्षका केशव भण्डारी, बुद्धशान्ति २ कै ४२ बर्षका इन्द्रप्र्रसाद रिजाल र ४३ बर्षका यमबहादुर रिजाल, भद्रपुरका ३४ बर्षका सन्तोष पराजुली र उनको श्रीमती लक्ष्मी पराजुली घाइते…
Read More
शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौँ ।साउन ५।।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको छ । नवनियुक्त मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यसअघिको शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको निर्देशिका खारेज गर्न माग गरेको हो । महासंघले उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग गरेको हो। निवर्तमान शिक्षामन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गर्दै शिक्षकको सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याएकी थिइन् । महासंघले सुरुदेखि नै उक्त प्रावधानको विरोध गर्दै आएको थियो । तर, श्रेष्ठले शिक्षकको…
Read More
पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

काठमाडौं। साउन ४।।आज शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँ स्थित सडकमा खसेको पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगिएको छ । उक्त बस संघीय राजधानी काठमाडौंतर्फ गइरहेको समय अचानक खसेको पहिरोबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगिएको हो। यात्राका क्रममा जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । बाटोमा लामबद्ध भएर सवारी साधन गुडिरहेका बेला सबैभन्दा पछाडि रहेको बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन । पहिरोले बसको पछाडीको भागलाई छोएर भिरतर्फ धकेले पनी ठूलो आकारको बस भएकाले दुर्घटना हुन पाएन। अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस…
Read More
पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार  विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
Read More
दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ का ५५ वर्षीय धङ्के भनिने धनसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । भरुवा बन्दुक लिएर सेला वनमा शिकार खेल्न गएका सोही ठाउँका ५३ वर्षीय जयसिंह डडालले बोकेको बन्दुक पड्केर झाडीमा पासो थापेर बसेका धनसिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घटनामा संग्लन रहेका जयसिंहले शुक्रबार बेलुकी प्रहरी चौकी दल्लेखमा आत्मर्पण गरेका छन् । घटनाबारे थप अनुसन्धान गर्न सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ ।
Read More