काठमाडौँ । अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भएको छ । स्वीजरल्याण्डको जेनेभामा भएको उच्चस्तरीय वार्तामा अमेरिका र चीन ९० दिनका लागि नयाँ भन्सार दर स्थगित गर्न सहमत भएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौता अन्तर्गत ११५ प्रतिशत भन्सार दर ९० दिनका लागि स्थगित गर्न सहमत भएको जानकारी दिएका हुन् । त्यस्तै चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकाविरुद्ध गत अप्रिल २ देखि लगाइएको भन्सार दर ९० दिनका लागि स्थगित गरिएको जानकारी गराएको छ । नयाँ सहमति अनुसार अमेरिकाले चीनलाई हाल लगाएको १४५ प्रतिशत भन्सार दर घटाएर ३० प्रतिशत गर्ने भएको छ भने चीनले अमेरिकालाई लगाएको १२५…
काठमाडौँ । हलिवुड अभिनेत्री एम्बर हर्ड जुम्ल्याह सन्तानकी आमा बनेकी छन् । अभिएन्त्री हर्डले आफु जुम्ल्याह सन्तानको आमा बनेको जानकारी दिएकी हुन् । योसँगै हर्ड अब तीन सन्तानकी आमा बनेकी छन् । अभिनेत्रीले इन्स्टाग्राममा लेखेकी छिन्- उनले परिवारमा जुम्ल्याहा बच्चाहरूलाई स्वागत गरेकी छिन्, जसको नाम छोराको ओशन हो र छोरीको एग्नेस हो ।' उनले उनीहरूको सानो खुट्टाको तस्बिरसँगै यो खबर साझा गरेकी छन् । ३९ बर्षिय हर्डले लेखेकी छन्- 'मेरो आफ्नै प्रजनन चुनौतीहरूको बावजुद आफैं र आफ्नै शर्तमा आमा बन्नु मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ । म यो जिम्मेवारीपूर्वक र सोचविचारपूर्वक छनौट गर्न सक्षम भएकोमा सधैं आभारी छु…
काठमाडौँ । भारत-पाकिस्तान युद्धविराम पछि भारतमा बन्द गरिएका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत-पाकिस्तान तनावको बीचमा, यी विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको थियो । भारतीय विमानस्थल प्राधिकरणका अनुसार नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल प्रभावबाट नागरिक विमान सञ्चालनका लागि उपलब्ध भएका छन् । विज्ञप्तिमा, यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ । एयरलाइन्स कम्पनीहरुले सेवा सामान्य हुन केही समय लाग्न सक्ने बताएका छन् ।
काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिए । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइन कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैंभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट…
काठमाडौँ । ५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको सोभियत संघको कोस्मोस ४८२ नामक अन्तरिक्ष यान अन्ततः पूर्ण रूपमा पृथ्वीमा खसेको छ । रूसी अन्तरिक्ष एजेन्सी र युरोपेली संघ अन्तरिक्ष अनुगमन र ट्र्याकिङले यस घटनाको पुष्टि गरेको छ । रुसले यो इण्डियन ओसनको अन्डमान आइल्याण्डको ५६० किमी पश्चिममा खसेको जानकारी दिएको छ । तर केही विज्ञहरू अझै पनि यो कहाँ खसेको हो भन्ने कुरा निश्चित नभएको बताएका छन् । अग्निपरीक्षाबाट बच्यो भन्ने कुरा पनि तुरुन्तै थाहा नभएको बताइएको छ । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह शुक्रमा अवतरण गर्न डिजाइन गरिएको हुनाले यसको केही भाग तल खस्न सक्ने विज्ञहरूले पहिले नै बताएका थिए ।…
काठमाडौँ । न्यूक्यासल युनाइटेडले चेल्सीविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा न्यूक्यासलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । न्युक्यासलको जितमा सान्ड्रो टोनाली र ब्रुनो गुइमाराएसले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ३५औ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समिति भएको हो । न्यूक्यासल यो जितपछि प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । न्यूक्यासलको ३६ खेलमा ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ र आफुलाई अर्को सिजनमा च्याम्पियन्स लिगमा छनौट गराउने दौडमा कायम रहेको छ । त्यस्तै चेल्सीलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेल्सी हाल ३६ खेलमा ६३…
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन् । उनले यो कुराकानी मे १५ बाट सुरु हुने बताएका छन् । शनिबार अबेर राति टेलिभिजन सम्बोधनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने- 'हामी चाहन्छौं कि वार्ता गम्भीर होस् ताकि हामी यस युद्धको जरासम्म पुग्न सकौं र बलियो र दिगो शान्ति स्थापना गर्न सकौं ।' शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गरेपछि उनको भनाइ आएको हो । यस भ्रमणको क्रममा दुवै नेताले रुससँग ३० दिनको निःशर्त युद्धविरामको माग गरेका थिए । रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने…
काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै यो पाकिस्तानको लागि ऐतिहासिक विजय भएको बताएका छन् । शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, 'यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने, हामी आफ्नो रक्षाको लागि जे पनि गर्नेछौं ।' उनले सम्बोधनमा आफ्नो देशविरुद्ध लगाइएका आरोपहरू आधारहीन भएको दाबी गरेका थिए । भारतले शाहबाज शरीफको सम्बोधनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसको केही समय अगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा पाकिस्तानले सम्झौताको…
काठमाडौं । भारतसँग युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला गरिएको छ । यसअघि दुवै देशबीच तनाव बढ्दै गएपछि पाकिस्तानको हवाई क्षेत्र केहि दिनदेखि पूर्ण रुपमा बन्द रहेको थियो ।पाकिस्तान एयरपोर्ट अथोरिटीले पाकिस्तानको हवाई क्षेत्र पूर्ण रुपमा खुला गरिएको र सबै प्रकारका हवाई उडान सुचारु गरिएको जानकारी दिएको हो । यस अघि आज अपराहन्न भारत पाकिस्तानका सैन्य अप्रेशन महानिर्देशकहरुबीच भएको कुराकानीपछि हाल जारी रहेका सबै प्रकारका आक्रमण रोक्ने सहमति भएको थियो । यसका लागि अमेरिकाले मध्यस्त गरेको दाबि गरेको छ ।
काठमाडौँ । भारत पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत र पाकिस्तानका सैन्य अप्रेशनका महानिर्देशकबीच आज अपराहन्न कुरा भएपछि दुवै देश सबै प्रकारका जमिन, हवाई र समुद्रबाट गर्न आक्रमण रोक्न सहमत भएको बताएका छन् । उनले भने- 'पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले आज दिउँसो १५: ३५ बजे भारतीय सैन्य अपरेशन महानिर्देशकलाई फोन गरे । उनीहरूबीच दुवै पक्षले भारतीय समय अनुसार ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको छ । आज, यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ । सैन्य अपरेशन महानिर्देशकहरूले मे १२ मा…