काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभामा मंगलबार बोल्दै डा. वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् । उनले आफुले १२ वर्षदेखि चासो लिएर सुन्दै आएको नीति तथा कायर्क्रम कर्मकाण्डमै सीमित रहेको बताए ।उनले यो सरकारलाई के कुराले सम्झिने भन्दै रवि लामिछानेलाई थुनेको, रविन्द्र मिश्रलाई थुनेको भनेर सम्झिने भन्दै प्रश्न गरे ।सांसद डा. वाग्लेले निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने बताउदै नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको उल्लेख गरे ।डा. वाग्लेले अहिले…
आजको राशिफल बि.सं २०८२ वैशाख २३ गते मङ्गलबार ई.सं २०२५ मे ६ नेपाल सम्बत ११४५ बछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, ध्रुव योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २३ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर…
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका हुन् । गुरुङले राजसंस्थालाई २०६२-०६३ को जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताउदै अहिले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने टिप्पणी गरे ।उनले भने- ‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई…
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा मुटुमा नै गोली लागेजस्तो गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् । उनले भने- 'अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले…
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वरीयता अपडेट गरेको छ । यसमा, भारतले ह्वाइट बल क्रिकेटमा आफ्नो प्रभुत्व कायम राखेको छ भने अष्ट्रेलियाले टेस्ट वरीयतामा शीर्ष स्थान कायम राखेको छ ।च्याम्पियन्स ट्रफीमा भारतलाई जितको फाइदा पछिल्लो वरीयतामा मे २०२४ देखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र त्यसभन्दा अघिका दुई वर्षहरूमा ५० प्रतिशत रहेको छ । २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको भारतले एकदिवसीय वरीयतामा च्याम्पियन्स ट्रफी जित्ने फाइदा पाएको छ । यसले उनको रेटिङ अङ्क १२२ बाट बढेर १२४ पुगेको छ । यसैबीच, च्याम्पियन्स ट्रफीको उपविजेता न्युजिल्यान्डले अष्ट्रेलियालाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ भने अस्ट्रेलिया कंगारुहरू तेस्रो स्थानमा झरेको…
काठमाडौं । नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालियो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।उनले भने,‘रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन पक्राउ गरियो ? गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ? विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ? स्वास्थ्य बिमा किन भुक्तानी हुँदैन ? मध्यपहाडी लोकमार्गअन्गर्ततका पूल निर्माण कहिले पूरा हुन्छन् ? प्रश्न र जिज्ञासा हामीले सदनमा दैनिक राखिरहेका छौं
काठमाडौँ । युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको छ ।मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नु अघि नै नष्ट गरिएको उल्लेख गरेका छन् ।उनले नष्ट गरिएको ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको र कुनै हताहत नभएको बताएका छन् ।युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। तर युक्रेनी शहर खार्किभका मेयरले रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन्…
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग गरेकी छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आफुहरु सत्ता पक्षमै रहेको र सरकारप्रति विश्वास व्यक्त गर्दै चौधरीलाई कार्यक्रम स्थलबाट पक्राउ गरेको विषयको उचित छानबिन गारी घटनाको जानकारी गराउन माग गरेकी हुन् ।साथै उनले सरकारलाई एक जननेता कार्यक्रमस्थलबाट किन पक्राउ पर्छन भन्ने प्रश्न गरेकी छन् ।
काठमाडौं । धनकुटाको गोठगाउँमा सोमबार भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । दिउँसोको समयमा भएको यस दुर्घटनामा घटनास्थलमै एक जनाको मृत्यु भएको हो भने दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया…
काठमाडौँ । संघीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२: १५ बजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल…