काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक साँझ ६:३० बजेका लागि निर्धारित भए पनि डेढ घण्टा ढिलो सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव, शिक्षकका माग र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत विषयमा छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताउनुभएको छ । विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद कोईरालाले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताउनु भयो । उहाँले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताउनु भयो । उहाँले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताउनु भयो…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपाका एक नेताले बताए । लिङ्देनसँगै राप्रपा सांसद दीपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो । त्यसअघि मिश्र र दुर्गा प्रसाईँको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो ।
ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो। ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । स्वदेशमा उत्पादित वस्तु बजार प्रबर्द्धन गर्न उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने र स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो। रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको भन्दै डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको र आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने…
काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् । प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।
गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो । आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी…
एजेन्सी । पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्त्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि हस्तक्षेपको दृढ प्रतिरोधका साथ सामना गर्ने बताए। सिन्धु नदीको बहाव परिवर्तन गर्ने भारतीय प्रयासको रूपमा वर्णन गरिएको कुरामा इस्लामाबादको चिन्ताको बिचमा यो चेतावनी आएको हो…
काठमाडौं । काठमाडौंका सडकमा जारी शिक्षक आन्दोलनमा समर्थन गर्न पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नै नाराबाजी भएको छ । माइतीघरबाट नयाँ बानेश्वर आइरहेका शिक्षक आन्दोलनमा मिसिन पुगेका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीविरुद्ध शिक्षकहले नै नाराबाजी गरेका हुन् । भाषण गर्ने योजनासहित गरेका नेताहरु नाराबाजीपछि त्यत्तिकै फर्किएको बताइएको छ ।