Babai News

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ ।हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री-यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टर सेवाबाट पुगिरहेका छन् ।
Read More
प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
Read More
आजको राशिफल: २०८२ वैशाख २५ गते बिहिबार

आजको राशिफल: २०८२ वैशाख २५ गते बिहिबार

राशिफल आजको राशिफल बि. सं २०८२ वैशाख २५ गते बिहिबार ई. सं २०२५ मे ८ नेपाल सम्बत ११४५ बछलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, हर्षण योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर…
Read More
तीनकुनेमा तीनवटा गाडी ठोक्किदा एक जनाको मृत्यु

तीनकुनेमा तीनवटा गाडी ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकमा आज बिहान तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् ।उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज बिहान साढे बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन् ।…
Read More
पाकिस्तानसँगको तनावले आइपिएललाई असर नगर्ने

पाकिस्तानसँगको तनावले आइपिएललाई असर नगर्ने

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछि जारी इन्डियन प्रिमियर लिग (आईपीएल) प्रभावित नहुने भएको छ ।समाचार एजेन्सी एएनआईले बोर्डलाई उदृत गर्दै जारी आइपिएल यसअघि तोकिएको समयअनुसार नै जारी रहने जनाएको छ ।गत मार्च २२ देखि जारी आइपिएल अब अन्तिम चरणमा प्रवेश गरेको छ । यस सिजनमा ७४ खेल खेलाइनेछ । जसमध्ये मंगलबारसम्म ५६ खेल खेलिएका छन् । अब फाइनलसहित १८ खेल बाँकी छन् । फाइनल खेल मे २५ मा कोलकातामा हुने तालिका छ ।
Read More
टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

काठमाडौँ । भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हाल मुम्बई इण्डियन्सबाट आइपिएल खेलिरहेका रोहितले तुरुन्तैदेखि लागु हुनेगरी टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।भारतले आगामी जुनमा इङल्याण्डमा टेस्ट सिरिज खेल्दैछ । सो सिरिजका लागि टिम छनौटको तयारी भइरहेका बेला रोहितले सन्यासको घोषणा गरेका हुन् । उनले एकदिवसीय क्रिकेट भने खेल्ने बताएका छन् । उनले गत बर्ष टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट पनि सन्यास लिइसकेका छन् ।सन्यासको घोषणा गर्दै रोहितले भनेका छन्- 'म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु । मेरो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि पूर्ण सम्मानको कुरा हो । वर्षौंदेखिको सबै माया र समर्थनको लागि…
Read More
भारतसँग उचित समयमा बदला लिन्छौं- प्रधानमन्त्री शरीफ

भारतसँग उचित समयमा बदला लिन्छौं- प्रधानमन्त्री शरीफ

काठमाडौँ । प्रधानमन्त्री शाहबाज शरीफले भारतसँग बदला लिने दाबी गरेको छन् । बुधबार पाकिस्तानको संसदमा बोल्दै प्रधानमन्त्री शरीफले भारतले कायरतापूर्ण आक्रमण गरेको बताउदै यसको उचित समयमा बदला लिने बताएका हुन् । उनले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत दाबि गरेका छन् ।संसदमा प्रधानमन्त्री शरीफले ५ वटा भारतीय लडाकु विमान खसालेको, जसमा ३ वटा राफेल लडाकु विमान रहेको बताएका छन् । उनले भारतको कारबाहीका कारण पाकिस्तानले जित हासिल गरेको बताए । उनले पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भएको संसदमा बताए ।यसअघि, शाहबाज शरीफ राष्ट्रिय सुरक्षा परिषद्…
Read More
ओलीको चारबर्ष अघि भर्चुअल र सिके राउतको अहिले असली शिलान्यास !

ओलीको चारबर्ष अघि भर्चुअल र सिके राउतको अहिले असली शिलान्यास !

राजविराज । चारवर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको अस्पताललाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोस्रो पटक फेरी शिलान्यास गरेका छन् । सप्तरीको राजविराज १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास केपी ओली र राउत मिलेर बुधबार दोस्रो पटक गरेका हुन् । २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अगाडि बढ्न नसकिरहेको बेला सप्तरी २ का प्रतिनिधिसभा सदस्य डा. राउतले काम अगाडि बढाउनुको साटो दोश्रो पटक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको योजनालाई पुनः डा. राउततले सिलान्यास गर्न लागेको…
Read More
म्यानमारबाट १२ नेपालीको उद्धार

म्यानमारबाट १२ नेपालीको उद्धार

काठमाडौँ । म्यानमारबाट १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याई एक जना महिला र ११ जना पुरुषहरुलाई नेपाल फर्काएको हो ।नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध समेत गरेको छ ।
Read More
भारत र पाकिस्तानबीच सैन्य टकराव बढेको भन्दै रुस, फ्रान्स र बेलायत चिन्तित

भारत र पाकिस्तानबीच सैन्य टकराव बढेको भन्दै रुस, फ्रान्स र बेलायत चिन्तित

काठमाडौँ । भारत र पाकिस्तानबीच सैन्य टकराव बढ्ने भन्दै रुस, फ्रान्स र बेलायतले चिन्ता व्यक्त गरेका छन् ।रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै 'गहिरो हुँदै गएको सैन्य टकरावको बारेमा गहिरोरुपमा चिन्तित छ' भनेको छ ।विज्ञप्तिमा दुवै देशलाई संयम अपनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ- 'रूसले सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र यस दुष्टतासँग प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ ।' विज्ञप्तिमा थप भनिएको छ- 'आशा छ, भारत र पाकिस्तानबीचका विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिन्छ ।'रुस दशकौंदेखि भारतको सबैभन्दा नजिकको सहयोगी रहँदै आएको छ, तर रुसले पाकिस्तानसँग पनि राम्रो सम्बन्ध…
Read More