काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई लिएर अर्थमन्त्री विष्णु पौडेल सक्रिय परामर्शमा जुटेका छन् । मंगलबार बिहान उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन् । बजेटले समेट्ने प्राथमिकता, समावेशी विकास, राजस्व संरचना, सामाजिक सुरक्षा, कृषि, रोजगारी र संघीयताको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
बाँके । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए।‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन’ शाहीले भने, ‘कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।’ रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए…
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेकी छन् । आज आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन् । उनले भनिन्, “एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति गर्न सक्नुहुन्छ, संस्थाको पवित्र उद्देश्य पूरा गर्न नि:स्वार्थ भावनाका एकताका लागि जुट्न म तपाईँहरूलाई आग्रह गर्दछु ।” उनले भनिन् एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रममको ढुक्कले प्रचार गर्न सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षीले गरेको विरोधको जवाफ दिन कुनै आवश्यक नरहेको भन्दै नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे। नीति तथा कार्यक्रममा स्पस्ट धारणा राख्न उनले सांसदलाई निर्देशन दिए । ‘लर्याङतर्याङ कुरा गरेर हुँदैन । त्यसको कुनै महत्व छैन । नीति तथा…
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । नेपाली कांग्रेसले शुक्रबार संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दलको बैठक बोलाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसद्मा छलफल हुनेछ।
" समयले नेटो काट्यो , अब कति बाँचुला र खै ? जहान पनि खसेर गई । " गनगनाए पण्डित पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु ।" म मरेपछि के हाल होला, केही गर्न खोज्दैनन् ? " फेरि फत्फताए । जेठो छोरो अल्छी छ , सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?" विरक्तिए पण्डित घरको यत्रो जिम्मेवारी छ । लिनै खोज्दैनन् , " यी तीनजना मध्ये कसले गर्छ ? त्यो पनि मलाई थाहा छैन । " एकदिन तीनैजना छोराहरूलाई बोलाएर खाली कोठा देखाउँदै भने, "तिमीहरुको स्व: विवेकले त्यो कोठामा…
काठमाडौँ । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दु मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौँ मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताएका छन् ।
हेटौंडा। हेटौंडामा सुरु भएको मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ। शुक्रबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चितवनले प्रतियोगितामा सेमिफाइनल स्थान सुरक्षित गरेको हो। निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट तय गरिएको थियो। चितवनको तर्फबाट अनिता गुरुङले खेलको दोस्रो हाफको १० औं मिनेटमा गोल गरेकी थिइन् भने मकवानपुरका लागि सजिना स्याङ्तनले अतिरिक्त समयको ६३ औं मिनेटमा बराबरी गोल फर्काइन्। टाइब्रेकरमा चितवनका भावना क्षेत्री, अस्मिता चौधरी, सुशिला भुजेल, चण्डिका राना र सिर्जना अधिकारीले गोल गरे। मकवानपुरका लागि सजिना कोइराला, सजिना स्याङ्तन र सुनिता भुलनले…
काठमाडौं। नेपालमा पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइले दिएको विवरण अनुसार २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मका घटनामा १ सय ५१ जना पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणको शिकार भएका हुन्। महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको छ। यस्तै, पेशागत असुरक्षासम्बन्धी १६ वटा घटनासमेत अभिलेख भएका छन्। महासङ्घले शनिबार, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै पत्रकारहरूमाथि धम्की, धरपकड, दुव्र्यवहार र हिंसात्मक घटनाहरू लोकतन्त्रमाथिकै गम्भीर प्रहार भएको जनाएको छ। विशेषगरी गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक…