सिरहा। सिरहाको गोलबजारबाट लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका वडा नम्बर २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार वडा नम्बर ७, चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। खातुनले गोलबजार नगरपालिका वडा नम्बर ४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले बताएका छन् । प्रहरीले शंका लागेर होटलमा खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ । होटलमा छापा मार्दा बेसिनमा लुकाएर राखिएको अवस्थामा…
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा खुसीका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र…
file image काठमाडौँ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ । कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, भैरहवाबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।
बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया बजारबाट बिहीबार आयोजित मोटरसाइकल र्यालीमा करिब ५ सय मोटरसाइकल र हजारौं नागरिकहरूको सहभहगिता रहेको छन् । र्यालीले गुलरिया नगरक्षेत्रको ७ किलोमिटर दूरीमा परिक्रमा गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि नारा समेत लगाइएको हो। प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणाको विशेष उपस्थितिमा सम्पन्न यस र्यालीमा हजारौंको संख्यामा जनसहभागिता रहेको थियो । नागरिक अभियन्ता कमलराज पौडेल देवकमलका अनुसार, यो र्याली राजसंस्था र हिन्दू राष्ट्रप्रति जनताको चासो र समर्थन बढ्दै गएको संकेत हो। र्यालीपश्चात आयोजित कोणसभामा वक्ताहरूले राष्ट्रिय एकता र धार्मिक पहिचान जोगाउन राजसंस्था आवश्यक रहेको धारणा राखेका थिए।
बाँके। बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूको सम्पत्ति जफत गर्न र उनीहरूको १ सय २४ वटा बैंक खाता फ्रीज गर्ने आदेश दिइएको छ। यो आदेश भ्रष्टाचार निवारण आयोग (एसीसी) द्वारा दायर गरिएको याचिकामा अदालतले मंगलबार जारी गरेको हो। अदालतले शेख हसिना र उनको परिवारका सदस्यहरूले अवैध रूपले सम्पत्ति अर्जित गरेको आरोपमा यो आदेश दिएको छ। आदेश अनुसार, शेख हसिनाको ढाकास्थित 'सुदासदन' नामक आवास पनि जफत गरिएको छ, जुन उनका दिवंगत पतिले, परमाणु वैज्ञानिक एमए वाजेद मियाले बनाएको थियो। अदालतले शेख हसिनाका छोरा साजिब वाजेद जॉय, उनकी छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका…
सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.२८ अंकले बढेर परिसूूचक २ हजार ७ सय ३६.४८ बिन्दु कायम भएको छ । ३ सय २३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । कारोबारमा १ सय ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।
बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
मङ्गलबारे फागुन ७ ।। शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो…
बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका…
मङ्गलबारे फागुन ६ ।। डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा फाकफोकथुम गाउँपालिकाले माई नगरपालिकालाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् माई नगरपालिकाका जर्सी नम्बर ९ हरि मगरले पहिलो हाफको एघारौँ मिनेटमा गरेको प्रहार क्रस बार नजिकैबाट बाहिरियो त्यस्तै दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर ९९ का सुवास नेम्बाङको प्रहारलाई भने फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बुले बचाए।…