बाँके। कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ। यस प्रविधिले कर्णाली प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको नम्बर प्लेट पहिचान गर्दै आवश्यक विवरण कम्प्युटरमा लिपिबद्ध गर्ने कार्य गर्नेछ। क्यामेरा जडानसँगै सवारी साधनहरूको रोकथाम र मैन्युअल नम्बर दर्ता गर्ने प्रक्रिया हटेको छ, जसले गर्दा अब गाडीहरू बबई नाकामा बिना रोक टोक आवागमन गर्न सक्नेछन्। मुख्यमन्त्री यामलाल कँडेलले यस प्रविधिको उद्घाटन गर्दै यसले कर्णाली प्रदेशमा सुरक्षित यात्रा र प्रविधिमैत्री प्रहरी सेवाको सुनिश्चितता हुने बताएका छन् । क्यामरा जडानका लागि ९ लाख ७५ हजार बजेट तोकिएको थियो, र क्यामरा कन्ट्रोल गर्नको लागि आवश्यक भवन…
काठमाडौं। सरकारको स्वीकृतिमा स्पेनको बार्सिलोनामा भएको ‘मोबाइल वर्ल्ड कंग्रेस’ कार्यक्रममा नेपाली प्रतिनिधिमण्डल सहभागी हुन गएका सञ्चार सचीव सपिङमा व्यस्त भएका छन् । उनीहरूले कार्यक्रममा सहभागी नभएर र निजी भ्रमणमा व्यस्त रहेर नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा दाग लगाएका छन्। सञ्चार सचिव राधिका अर्याल र उनका टोलीका सदस्यहरूले सरकारी स्वीकृति लिएर उक्त कार्यक्रममा सहभागी भए पनि प्रमुख मिटिङमा अनुपस्थित रहेर घुमघाम र सपिङमा समय बिताएका हुन् । कार्यक्रम आयोजकले नेपाली टोलीलाई प्यानलिष्टको रूपमा आमन्त्रित गरेको थियो, तर उनीहरूले सरकारी प्रतिनिधिका रूपमा कार्यक्रममा भाग लिन नपाएका कारण नेपाल सरकारको छवि माथी प्रश्न उठेको छ। नेपाली टोलीको अनुपस्थितिका कारण मोबाइल वर्ल्ड कंग्रेसमा जीएसएम र नेपालको…
इटहरी । मङ्सिर २ गते इटहरी १२ स्थित खनार चौकमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मे १ ख ४५७४ नम्बरको बसको ठक्करबाट स्थानीय १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो। इटहरीको जनता माविमा अध्ययनरत यादव घर फर्किने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो। मृतकको निधन पछि आक्रोशित समूहले बसमा आगजनी गरेका थिए, जसले गर्दा बस पूर्ण रुपमा जलेको थियो। आगजनी पछि १२ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको थियो। फरार रहेका १२ जनामध्ये शिवकुमार भुजेल, प्रदीप शर्मा लोहार र रामबाबु शर्मालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। उनीहरू सबैको ठेगाना…
मोहम्मद शाहिन जमाली, वीरगन्ज। जसरी दशैं, तिहार, छठ, ल्होसार, क्रिसमस लगायत चाडपर्वमा परीक्षा राखिंदैन, त्यसैगरी ईदमा पनि परीक्षा तोकिनु हुँदैन। २०८० माघ २९ मा प्रकाशित नेपाल राजपत्रमा २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा ईद उल-फित्रको बिदा पनि समावेश छ। सरकारले हरेक वर्ष ईद उल-फित्रमा सार्वजनिक बिदा दिंदै आएको छ। सरकारले नेपालका विविध धर्म, संस्कृति, परम्परालाई ध्यानमा राख्दै सबै समुदायका चाडपर्वको सम्मानस्वरूप बिदा दिने नीति अवलम्बन गरेको हो। तर शैक्षिक संस्थाहरूले सरकारी नीतिको बेवास्ता गरिरहेका छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मले ईदकै दिन परीक्षा राख्ने गरेका छन्। यो वर्ष पनि त्यही परिपाटी दोहोरिएको छ। रमजान एक महीना लामो हुन्छ। रमजान महीनाको अन्त्यमा ईद उल-फित्र मनाइन्छ। रमजान…
बाँके। विराटनगर महानगरपालिका वडा नम्बर २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी हानेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रमा भाग्दै गर्दा पक्राउ परेका छन्। सापकोटा, जो विराटनगर वडा नम्बर २ का २८ वर्षीय युवा हुन्। उनले आफ्नो घरमा काम गर्दै आएका ५७ वर्षीय रमेश गुप्तालाई खुकुरीले प्रहार गरेर फरार भएका थिए। घटना बिहीबार राति करिब ८:३० बजेको हो। सापकोटाले गुप्तालाई खुकुरी हानेको र घाइतेलाई घाँटीमा गम्भीर चोट लागेको जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, गुप्ता लामो समयदेखि सापकोटाको घरमा काम गर्दै आएका थिए। गुप्तालाई उपचारका लागि सुरुमा कोशी अस्पताल लगिएको थियो, तर अवस्था गम्भीर भएपछि उनलाई नोबेल शिक्षण…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारबाट राष्ट्रपति एर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति एर्दोगानले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जनकपुर । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको नाममा दलित परिवारलाई उठीबास लगाउने घटना प्रति मधेश प्रदेशसभाका सांसदहरुले कडा आपत्ति जनाएका छन्। उनीहरुले यस्ता अमानवीय कृत्यमा संलग्न जनप्रतिनिधिलाई कारबाहीको माग समेत गरेका छन्। प्रदेशसभा बैठकमा सांसदहरुले विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारलाई स्थानान्तरण गरिएको घटनालाई निन्दनीय भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। सांसद निलमकुमारी रजकले दलितको घर भत्काउने र अन्याय गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दवाब दिँदै यसलाई मानवता विरुद्धको कृत्य मानिन्। उनले भनेकी छन् , "यज्ञका नाममा दलित परिवारमाथि अन्याय गरिएको छ।" एमाले सांसद लखन दास तत्माले पनि मधेश प्रदेशमा दलितमाथि भएका बारम्बारका ज्यादतीमाथि सरकारले…
बाँके। क्यानाडा की विदेशमन्त्री मेलानी जोलीले बुधबार चीनको कडा निन्दा गरेकी छन् । उनले भनेकि छन् , क्यानाडा सरकारले माफीको अपिल गरेको बावजूद चीनले हालका हप्तामा चार क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ। जोलीले ओटावामा मिडियासँग कुरा गर्दै भनिन्, "हामी चीनमा क्यानाडाली नागरिकहरूको मृत्युदण्डको कडा शब्दमा निन्दा गर्दछौं।" उनले भनिन् कि उनले र पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि चीनसँग ती व्यक्तिहरूलाई माफी दिने अपिल गरेका थिए। ग्लोब एन्ड मेल समाचार पत्रमा प्रकाशित आधिकारिक बयानमा भनिएको छ कि चार क्यानाडाली नागरिकलाई मादक पदार्थसम्बन्धी अपराधको दोषी ठहरिएको थियो। बयानमा भनिएको छ, "मादक पदार्थसँग सम्बन्धित अपराध एक गम्भीर अपराध हो जसलाई संसारभरि समाजका लागि…
जनकपुर, मधेस प्रदेशमा सिँचाइ समस्या बढ्नका पछाडि सरकारको दोहोरो नीतिका कारण चुरेक्षेत्रको विनाशको आरोप लागेको छ। यसबारे जानकारी दिन आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषयको गोष्ठीमा सरोकारवालाले कुरा राखेका थिए। मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले सङ्घीय सरकारको नीति र योजनामा चुरेक्षेत्रको संरक्षण र भूमिगत जल विकासको दृष्टिकोणमा अनियमतता देखिएको बताउनुभयो। मन्त्री यादवले भूमिगत जल संकटको प्रमुख कारण चुरे वनजङ्गलको विनाश, गिट्टी र बालुवा उत्खनन र भूमिगत जलको अत्यधिक दोहन रहेको आरोप लगाउनुभयो। "संघीय सरकारले एकातिर चुरेको वनजङ्गल विनाशको नियन्त्रणका लागि करोडौँ खर्च गर्दैछ भने अर्को तिर सडक र…
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा अन्तिम समयमा हुने गरेको चलखेल रोक्न नयाँ व्यवस्था लागू गरेको छ। अब, कारोबारको अन्तिम मूल्य निर्धारण गर्ननेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबारको आधारमा निर्णय गर्नेछ। चैत ५ गतेको बैठकमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लागू भएपछि यो प्रक्रिया सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार, अब नियमित कारोबार सत्रको अन्तिम समयमा अपरान्ह २:४५ देखि ३ बजेसम्म कायम भएको मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्यको रूपमा लिइनेछ। यदि उक्त अवधिमा कुनै कारोबार हुँदैन भने, पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने नेप्सेले जनाएको छ।