Babai News

सीमा क्षेत्रमा सशस्त्रको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्रको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्रको उच्च सतर्कता

काठमाडौँ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिईएको छ, भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्…
Read More
पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन : गृहमन्त्री लेखक

पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने भन्दै १० महिनामै परिवर्तन नहुने बताएका छन्। बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहेको भए पनि अहिले त्यस्तो नहुने दाबी गरे। ‘म मन्त्री बनेको १० महिना भइसक्यो, फेरि १० महिना धेरै पनि होइन,’ लेखकले भने, ‘धेरै यसकारण होइन की पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो।
Read More
आइपिएलमा आज पञ्जाव र दिल्ली भिड्दै

आइपिएलमा आज पञ्जाव र दिल्ली भिड्दै

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ ।आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । पञ्जावको घरेलु मैदान धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।प्लेअफको दौडमा रहेका दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।जारी आइपिएलमा पञ्जाव ११ खेलमा १५ अंकसहित तेस्रो स्थानमा रहेको छ र प्लेअफको दाबेदारी पेश गरिरहेको छ । त्यस्तै ११ खेलमा १३ अंक रहेको दिल्ली तुलनात्मक रुपमा अप्ठ्यारो अवस्थामा रहेको छ । दुवै टिमले यो खेल जितेर प्लेअफको यात्रालाई सहज बनाउने उद्धेश्यले मैदानमा उत्रिने छन् । यस सिजनमा दुवैको यो पहिलो खेल हो ।
Read More
कसरी हुन्छ नयाँ पोपको चयन ?

कसरी हुन्छ नयाँ पोपको चयन ?

काठमाडौँ । मे ७, २०२५ मा भ्याटिकनमा सुरु भएको पोप सम्मेलनको पहिलो दिन नयाँ पोप निर्वाचित हुन सकेनन् । पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरे, तर कुनै पनि उम्मेदवारले आवश्यक दुई तिहाइ बहुमत (८९ मत) प्राप्त गर्न सकेनन्।रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट कालो धुवाँ निस्किरहेको थियो, जसले नयाँ पोप अझै छनोट नभएको संकेत गरेको थियो । सम्मेलन अब मे ८, २०२५ मा सरेको छ । आज चार चरणको मतदान हुनेछ, बिहान दुई र दिउँसो दुई । यो प्रक्रिया नयाँ पोप निर्वाचित नभएसम्म जारी रहनेछ ।सिस्टिन चैपलमा औपचारिक जुलुस र प्रत्येक कार्डिनलले गोपनीयताको शपथ ग्रहण गरेपछि, पहिलो चरणको मतदान राति…
Read More
२५ वर्षपछि ‘जार’मा गरेको काम चित्त बुझेको छ- झुमा लिम्बू

२५ वर्षपछि ‘जार’मा गरेको काम चित्त बुझेको छ- झुमा लिम्बू

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र हो जार,” झुमा भन्छिन्, “मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसै जारमा काम गरेँ ।” आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । “२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ…
Read More
धितोपत्र बोर्डमा अख्तियारको छापा

धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ । अख्तियारको एक टोलीले बुधबार बिहान साढे ११ बजे ललितपुर, खुमलटारस्थित बोर्डको कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारबाट खटिएको तीन सदस्यीय टोली दिनभर विभिन्न फाइलहरू अध्ययन गरेको र साँझ ४ बजे मात्र कार्यालयबाट बाहिरिएको बोर्डका एक कर्मचारीले जानकारी दिएका छन् ।बोर्डले आईपीओ अनुमति दिएका, अनुमतिका लागि प्रक्रियामा रहेका कम्पनिसँग कमिसन मागिएको विषय संसदमा उठेपछि तत्काल अख्तियारले एक्सन लिएको बुझिएको छ । २२ महिनायता करिब ८९ कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत् प्रवर्द्धकहरूले माग गरेपछि यो विषय बाहिर…
Read More
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ ।हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री-यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टर सेवाबाट पुगिरहेका छन् ।
Read More
प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
Read More
आजको राशिफल: २०८२ वैशाख २५ गते बिहिबार

आजको राशिफल: २०८२ वैशाख २५ गते बिहिबार

राशिफल आजको राशिफल बि. सं २०८२ वैशाख २५ गते बिहिबार ई. सं २०२५ मे ८ नेपाल सम्बत ११४५ बछलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, हर्षण योग, विष्टि÷भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर…
Read More
तीनकुनेमा तीनवटा गाडी ठोक्किदा एक जनाको मृत्यु

तीनकुनेमा तीनवटा गाडी ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकमा आज बिहान तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् ।उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज बिहान साढे बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन् ।…
Read More