काठमाडौं। देशभरका विभिन्न स्थानमा राजावादी प्रदर्शनकारीहरुले तीव्र रूपमा गरेको आगजनी तथा ढुंगामुढा मुढाले अवस्था तनावग्रस्त भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूले सहभागिता जनाएका छन् । स्रोतका अनुसार, बैठकमा प्रदर्शनको प्रकृति, सम्भावित जोखिम र शान्ति-सुरक्षा कायम राख्नका लागि आवश्यक रणनीतिबारे गहन छलफल भइरहेको छ। प्रदर्शनकारीहरूको गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको परिचालन, भीड व्यवस्थापन र संवेदनशील क्षेत्रहरूमा थप सुरक्षा सतर्कता कायम गर्ने विषयमा छलफल भएको बताइएको छ। राजधानी काठमाडौँका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनावको अवस्था पनि उत्पन्न भएको खबर प्राप्त भएको…
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङको बर्खास्तगीको कारण सरकारसँग सोधेको हो। गत सोमबार मन्त्रिपरिषदले घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। यस निर्णयविरुद्ध घिसिङले सर्वोच्च अदालतमा रिट दायर गर्दै अन्तरिम आदेशको माग गरेका थिए।
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी नभएको र राजावादीसँग मिलेको भन्ने शंका व्यक्त गरेका छन्। शुक्रबार, काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै दाहालले ओलीको राजनीति र कार्यशैलीप्रति कडा टिप्पणी गरेका छन् । दाहालले भने, "उहाँ (केपी शर्मा ओली) राजावादीसँग मिलेको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ मिल्नुभएको छ भन्ने कुराहरू आइरहेका छन्। " उनले ओलीको 'बयलगाडा सिद्धान्त'को आलोचना गर्दै, "उहाँले गणतन्त्रको परिभाषा मात्र माओवादी र प्रचण्डसँग जोड्ने काम गर्नुहुन्थ्यो र त्यसलाई कसरी फसाद पार्ने भन्ने कुरा मात्र सोच्नुहुन्थ्यो।" अध्यक्ष दाहालले ओलीको…
फोटो:- नेपाल भिउज काठमाडौं। शुक्रबार काठमाडौमा राजावादीहरुले गरेको प्रदर्शनमा विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गरेका छन् ।राजावादीहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयको कुर्सी बाहिर निकालेर आगो लगाएका छन् भने सिसा पनि फुटाएका छन्। यस्तै, प्रदर्शनकारीहरूले कार्यालयको आसपास ढुंगा हान्ने कार्य पनि गरेका छन्। यसैगरी, कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी गरिएको थियो। तीनकुने क्षेत्रको प्रदर्शन पछि प्रदर्शनकारीहरूले नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए। प्रदर्शनमा प्रमुख भूमिकामा रहेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा
काठमाडौ। शुक्रबार भएको राजावादीहरुको राजतन्त्र पुनर्स्थापनाको प्रदर्शनमा प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीको रोक्न प्रयास गर्दा उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको थियो, जसबाट केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रदर्शनकारीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका थिए। आन्दोलनकारीहरूले अराजकता मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनसान बनेको छ। प्रदर्शनकारीहरू तीनकुनेबाट एयरपोर्टतर्फ र कोटेश्वरतर्फका सडकहरूमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। राजधानीको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।
बाँके। म्यानमारमा शुक्रबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पको झटका महसुस भएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, भूकम्पको केन्द्र बिन्दु सागाइङ प्रान्तबाट १६ किलोमिटर उत्तरपश्चिममा रहेको बर्मेली क्षेत्रको मन्डले शहर नजिकै पर्न जान्छ। यस भूकम्पले म्यानमारको राजधानी नेपिडावबाट लगभग १०० किलोमिटर उत्तरमा स्थित क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पका कारण ठूलो क्षति र जनधनको हानि हुने सम्भावना रहेको छ।
काठमाडौं। प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलद्वारा उठाइएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयमा संसदमा जवाफ दिने कुनै तयारी नगरेको जनाइएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रधानमन्त्रीले जवाफ दिने कुनै सूचना अहिलेसम्म प्राप्त भएको छैन। विपक्षी दलहरूले प्रधानमन्त्री ओलीबाट यस मुद्दामा स्पष्ट जवाफको माग गर्दै संसदको कार्य सञ्चालन अवरुद्ध गरेका छन्। उनीहरूको अडान छ कि जबसम्म प्रधानमन्त्रीले जवाफ नदिन्छन्, सदन चल्न नदिनेछन्। संसदको अवरोधको समाधानका लागि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका सचेतकहरूसँग छलफल गरिरहेका छन्। नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका प्रमुख सचेतक महेश…
बर्दीया। पेनप्लस क्लिनिकले बर्दिया अस्पतालको सेवाग्राही बिरामीलाई पोषण र शैक्षिक सामग्री (किड्स इन्क्लूसन अफ चिल्ड्रन) सहयोग गरेको छ। यस अवसरमा अस्पतालका सेवाग्राहीलाई शैक्षिक सामग्री तथा पोषण सामग्री वितरण गरिएको हो। सहयोग सामाग्रीमा विद्यालय जाने बालबालिकालाई झोला, २ दर्जन कपी र १ डजन पेन उपलब्ध गराइएको छ, साथै किशोर तथा वयस्क बिरामीलाई मासिक रूपमा १ केरेट अण्डा निःशुल्क वितरण गरिएको छ। वर्तमान तथ्यांक अनुसार पेनप्लस क्लिनिकमा दर्ता भएका ८५ जना सिकल सेल रोगी, २४ जना थ्यालेसिमिया रोगी, २ जना कन्गेनेटल हर्ट डिजिज अपरेटेड प्याडियाट्रिक बिरामी र १७ जना इन्सुलिन निर्भर डायबिटिज मेलिटस (टाइप १) बिरामीहरूको नियमित फलोअप सेवा प्रवाह भइरहेको छ।…
काठमाडौ। काठमाडौ महानगरपालिकाले एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या भएका विद्यार्थिहरूका लागि सहायता प्रदान गर्ने सूचना जारी गरेको छ। महानगरपालिकाले अभिभावकलाई सूचित गरेको छ कि यदि विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन सवारी साधनको समस्या आइपरेको छ भने, निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सकिनेछ। परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरुलाई पनि विद्यार्थीहरुलाई घर फर्काउन सहजीकरण गर्न र आवश्यक परे आफैँ सुविधा लिन अनुरोध गरिएको छ। सम्पर्क नम्बरहरु: बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, फोन नं. ९८५१०९३१७६ नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, फोन नं. ९८५१२३३६३३ टेकुतर्फका…
बाँके। लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आफ्नो पहिलो जित हात पारेको छ। लखनउले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो। १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लखनउको जितमा निकोलस पुरनले २६ बलमा समान ६ छक्का र चौकासहित सर्वाधिक ७० रन जोडे। दोस्रो विकेटका लागि पुरन र मिचेल मार्शले १ सय १६ रनको शतकीय साझेदारी गरे। मार्शले ३१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाएका थिए। कप्तान ऋषभ पन्त १५ बलमा १५ रनमा आउट हुँदा अब्दुल समाद ८ बलमा २ चौका र २ छक्काको सहयोगमा २२…