Babai News

महायज्ञमा २ करोड ७६ लाख संकलन ।

महायज्ञमा २ करोड ७६ लाख संकलन ।

महायज्ञमा २ करोड ७६ लाख संकलन ।

बाँके। सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञको लागि २ करोड ७६ लाख सङ्कलन भएको लागी भएको छ । हरिवन नगरपालिका वडा नम्बर ९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार मात्र रु ४२ लाख सहयोग सङ्कलन भएको हो । रकम अभावका कारण दनुुवारीमा भवन अधुरै भएकोले भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यकता छ । संयोजक थापाका अनुसार रकम  जुटाउन आश्रमले  हरिवनले ११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट २ करोड ७६ लाख सङ्कलन भयो । महायज्ञमा हरिवन…
Read More
टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

टिप्परले ठक्कर दिँदा एकको मृत्यु ।

काठमाडौ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार  बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी गराएका छन् । बोहराका अनुसार बिहान ४:३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो । उक्त ठक्करले भएको  दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो।  उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको बोहराले बताए। बोहराका अनुसार ठक्कर दिएर  गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको…
Read More
नेपालको पारा एथलेटिक्स टोलीको स्वागत।

नेपालको पारा एथलेटिक्स टोलीको स्वागत।

बाँके। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ७ देखि १३ मार्चसम्म भारतको नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर स्वदेश फर्किएका नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्रतियोगितामा नेपाली एथलीट प्रभा आङदेम्बेले महिला लङजम्पमा टी–४७ क्याटगोरीमा रजत पदक जित्नु भएको थियो। सोहि अवसरमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा फर्किएको टोलिलाई राखेपका सदस्यहरुले त्रिभुवन विमानस्थलमा पुगेर खेलाडीहरुलाई स्वागत गरेका छन् । यस प्रकारको पुरस्कारले नेपाली पारा एथलेटिक्सका खेलाडीहरूको हौसला बढाउने विश्वास लिएको राखेपका सदस्य एवं सचिव टंक घिसिङले बताएका छन्।
Read More
युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा आगलागी

काठमाडौं । एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् । युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी वायुसेनाले भनेको छ, “रुसले रातारात आफूतर्फ २७ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटालाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ ।” युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमण भएको बताएको छ ।
Read More
आजदेखि बैंकमा नयाँ ब्याजदर लागु

आजदेखि बैंकमा नयाँ ब्याजदर लागु

काठमाडौँ |  वाणिज्य बैंकहरुको आजदेखि नयाँ ब्याजदर लागू भएको छ । आज अर्थात् चैत १ गतेदेखि लागू हुने गरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । चैतका लागि अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । झन्डै एक दर्जन बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । चैतमा कुमारी बैंकले मात्रै ब्याजदर बढाएको छ । बैंकले फागुनमा व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । तर, चैतमा भने क्रमशः ६.०१ प्रतिशत र ५.०१ प्रतिशत ब्याज दिने भएको छ । फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।
Read More
काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

फाइल तस्वीर । काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् । पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले  आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष कमजोर पार्ने निर्णय लिँदै आएकाले पनि उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको दाबी छ । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,” बजगाईंको मागमा लेखिकएको छ, “मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्।” पाण्डले अदालती फैसलालाई चुनौती दिनेगरी…
Read More
बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि चर्कियो विरोध

बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि चर्कियो विरोध

बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि देशभर चर्को विरोध सुरु भएको छ। बीबीसीका अनुसार बलात्कृत बालिकाको बिहीबार मृत्यु भएको हो। बालिकाकी आमाले दिएको जाहेरीअनुसार मागुरा सहरस्थित आफ्नी जेठी दिदीको घर गएकी बालिकालाई मार्च ५ राति बलात्कार गरिएको हो। प्रहरीले बालिकाकी ती दिदीका श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको ठाउँ पुगेर घरमा आगो लगाइदिएको छ। बालिकालाई मार्च ८ तारिख अस्पताल भर्ना गरिएको थियो। राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा लगिएकी उनकी बालिकाको बिहीबार मृत्यु भएको हो।
Read More
नेपालको सान्त्वना जित

नेपालको सान्त्वना जित

नेपालले हङकङविरुद्ध सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए। पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्। हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो।
Read More
१० वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

१० वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा महोत्तरीमा स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेरेका छन्। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई धर्मेन्द्रसिंह महतोले बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको स्थानीयको आरोप छ। सईले हप्काउँदै जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए। अहिले सई महतोलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। नेपाल प्रहरीले भने पीडित पक्षको जाहेरी प्राप्त भइनसकेको बताएको छ। जाहेरी आएपछि थप कारबााही अगाडि बढाइने महोत्तरी प्रहरीले जनाएको छ।
Read More
शंखरापुरका प्रचण्डलाई दिए कोसेलीमा सख्खर।

शंखरापुरका प्रचण्डलाई दिए कोसेलीमा सख्खर।

बाँके।  पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शंखरापुरका जनताले सख्खर कोसेली दिएका छन्। शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका जाने क्रममा काठमाडौं शंखरापुरका कार्यकर्ताले स्वागत गरेका थिए। माओवादीबाट तर्फबाट निर्वाचित शंखरापुर–१ का वडा अध्यक्ष बेदनारायण दंगाल (बाबुराम) सहितका जनप्रतिनिधि तथा कार्यकर्तारुले वडा कार्यालयमा स्वागत गरेका थिए। स्वागतपछि जनप्रतिनिधिले विकास निर्माणको अवस्था, कृषि, स्वास्थ्यका समस्या जानकारी गराउँदै समाधानका लागि ध्यानाकर्षण गराएको अध्यक्ष दंगालले जानकारी दिए। वडा कार्यालयमा आयोजित कार्यक्रमा पूर्वप्रधानमन्त्री दाहाललाई लगनशिल कृषि समूहका अध्यक्ष विनोद ढकालले स्थानीय उत्पादन सख्खर कोसेली दिए।
Read More