Babai News

हाम्रा जनप्रतिनिधि

बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारको आरोप।

बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारको आरोप।

काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहमाथि ३५ वटा एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ। उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। सी–०४०५६९ दर्ता नम्बर भएको उजुरीपत्रमा भनिएको छ कि बालेन साहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गर्ने योजना अघि सारिएको थियो। उजुरीमा भनिएको छ, "यस योजनामा ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ।" उजुरीमा बालेन साहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूमाथि पनि कडा कारबाही गर्न माग गरिएको छ।
Read More
काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

फाइल तस्वीर । काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् । पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले  आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष कमजोर पार्ने निर्णय लिँदै आएकाले पनि उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको दाबी छ । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,” बजगाईंको मागमा लेखिकएको छ, “मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्।” पाण्डले अदालती फैसलालाई चुनौती दिनेगरी…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ । सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हो । नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । एउटा अन्तरवार्तामा उहाँले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो । अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उहाँले पद त्याग्नुपर्ने अवस्था आएको हो । राष्ट्रपति पौडेलले नेपालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोधपुछ गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।
Read More