Babai News

ट्रक पल्टिएपछि मुग्लिङ-नारायणगढ सडक अबरुद्व

ट्रक पल्टिएपछि मुग्लिङ-नारायणगढ सडक अबरुद्व

ट्रक पल्टिएपछि मुग्लिङ-नारायणगढ सडक अबरुद्व

काठमाडौँ । मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । मुग्लिङ-नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टिएपछि यातायात अबरुद्व भएको हो । प्रहरीले ट्रक हटाउने प्रयास गरेपनि अहिलेसम्म हटाउन सकेको छैन । ट्रक हटाउन नसक्दा यातायात ठप्प रहेको छ
Read More
२०८२ वैशाख २८ गते आईतबार: आजको राशिफल

२०८२ वैशाख २८ गते आईतबार: आजको राशिफल

आजको राशिफल बि.सं २०८२ वैशाख २८ गते आईतबार ई.सं २०२५ मे ११ नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १७ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३८ मिनेट…
Read More
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट…
Read More
युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला

युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला

काठमाडौं । भारतसँग युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला गरिएको छ । यसअघि दुवै देशबीच तनाव बढ्दै गएपछि पाकिस्तानको हवाई क्षेत्र केहि दिनदेखि पूर्ण रुपमा बन्द रहेको थियो ।पाकिस्तान एयरपोर्ट अथोरिटीले पाकिस्तानको हवाई क्षेत्र पूर्ण रुपमा खुला गरिएको र सबै प्रकारका हवाई उडान सुचारु गरिएको जानकारी दिएको हो । यस अघि आज अपराहन्न भारत पाकिस्तानका सैन्य अप्रेशन महानिर्देशकहरुबीच भएको कुराकानीपछि हाल जारी रहेका सबै प्रकारका आक्रमण रोक्ने सहमति भएको थियो । यसका लागि अमेरिकाले मध्यस्त गरेको दाबि गरेको छ ।
Read More
भारत पाकिस्तान युद्धविरामका लागि सहमत, सबै आक्रमण तत्कालदेखि रोकिने

भारत पाकिस्तान युद्धविरामका लागि सहमत, सबै आक्रमण तत्कालदेखि रोकिने

काठमाडौँ । भारत पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत र पाकिस्तानका सैन्य अप्रेशनका महानिर्देशकबीच आज अपराहन्न कुरा भएपछि दुवै देश सबै प्रकारका जमिन, हवाई र समुद्रबाट गर्न आक्रमण रोक्न सहमत भएको बताएका छन् । उनले भने- 'पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले आज दिउँसो १५: ३५ बजे भारतीय सैन्य अपरेशन महानिर्देशकलाई फोन गरे । उनीहरूबीच दुवै पक्षले भारतीय समय अनुसार ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको छ । आज, यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ । सैन्य अपरेशन महानिर्देशकहरूले मे १२ मा…
Read More
भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामको लागि सहमत भएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत भारत र पाकिस्तान लामो वार्तापछि पूर्ण र तत्कालदेखि युद्ध विराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 'संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद !' यस बारेमा भारत र पाकिस्तानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।…
Read More
पाकिस्तानले थप आक्रमण गरे भारतले युद्धको रूपमा लिदै जवाफ दिने

पाकिस्तानले थप आक्रमण गरे भारतले युद्धको रूपमा लिदै जवाफ दिने

काठमाडौँ । पाकिस्तानसँग बढ्दो तनावका बीच भारत सरकारले ठूलो निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भविष्यमा हुने कुनै पनि आतंकवादी कार्यलाई भारतविरुद्धको युद्धको रूपमा व्यवहार गरिने निर्णय गरेको हो । भारत सरकारले भविष्यमा हुने कुनै पनि आतंकवादी आक्रमणलाई युद्ध छेड्ने प्रयासको रूपमा लिने र तदनुसार जवाफ दिने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी घटनापछि आतंकवादी लुक्ने ठाउँहरू नष्ट गर्न भारतीय सेनाले मे ७ मा पाकिस्तान अधिनस्थ जम्मू कश्मीरर पाकिस्तानमा रहेका नौ आतंकवादी लुक्ने ठाउँहरूमा…
Read More
खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ- मन्त्री यादव

खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ- मन्त्री यादव

वीरगञ्ज  । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए । उनले भने- 'नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो । खानेपानीका क्षेत्रमा प्रयाप्त वजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी बितरण गछौँ ।' आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने…
Read More
उपसभामुख राना ६ दिने बंगालादेश भ्रमणमा

उपसभामुख राना ६ दिने बंगालादेश भ्रमणमा

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छन् । बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् । इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उनले प्रमुख बक्ताको रूपमा सम्बोधन गर्नेछिन् ।
Read More
भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धको अवस्था शुरु भएपछि साउदी अरबले यसलाई रोक्न कुटनीतिक फल शुरु गरेको छ । साउदी अरेबियाले शनिबार बिहान भारत र पाकिस्तानबीचको तनाव कम गर्ने प्रयास गरिरहेको बताएको हो । साउदी अरेबियाले कूटनीतिक माध्यम र वार्ता मार्फत दुई देशबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्न आह्वान समेत गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले शनिबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै मन्त्री अल-जुबैरले साउदी नेतृत्वको निर्देशनमा मे ८ र ९ मा भारत र पाकिस्तानको भ्रमण गरेको र यो भ्रमण भारत र पाकिस्तान बीचको तनाव कम गर्न र दुई देशलाई वार्तामा संलग्न हुन प्रोत्साहित गर्न साउदी अरेबियाको प्रयासको एक…
Read More