Babai News

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका राष्ट्रपति अल-सिसीबीच टेलिफोन संवाद।

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका राष्ट्रपति अल-सिसीबीच टेलिफोन संवाद।

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका राष्ट्रपति अल-सिसीबीच टेलिफोन संवाद।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग टेलिफोनमार्फत कुरा गर्दै इजरायल-हमास युद्धको बीचमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्न आग्रह गर्नुभयो। राष्ट्रपति अल-सिसीले यो विषयमा प्रयास जारी रहेको जानकारी दिएर, इजरायल-हमास बन्दी आदानप्रदान प्रक्रियामा नेपाललाई सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले इजरायल-हमास युद्धविराममा इजिप्टको महत्वपूर्ण भूमिका को सराहना गर्दै, आगामी सगरमाथा संवाद कार्यक्रम २०२५ मा राष्ट्रपति अल-सिसीलाई निमन्त्रणा गर्नुभएको छ। दुवै नेताबीच संयुक्त राष्ट्रसंघमा सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान, र द्विपक्षीय सम्बन्धको विस्तारको विभिन्न पक्षमा पनि छलफल भएको थियो। यो संवादले नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने र…
Read More
जिल्ला-जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र, देशभर तोकिए २१ सय बढी परीक्षा केन्द्र

जिल्ला-जिल्लामा पुग्यो एसईईको प्रश्नपत्र, देशभर तोकिए २१ सय बढी परीक्षा केन्द्र

काठमडौं। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ । एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् । परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।
Read More
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ।

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ।

बाँके। बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बलातीमा घर भएको ६० वर्षीय बलिराम थारुको बुधबार राती हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले बस्तीको करीब थारुलाई आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । राती करीब ११ बजेर ४५ मिनेटको समयमा घर नजिकको बारीमा आएको जङ्गली हात्तीलाई धपाउन गएको बेला थारुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी गराएका हुन् । डिएसपी ऋषिरामका भने,  ‘ बलिराम थारुले बारीमा आएको हात्ती धपाउने क्रममा हात्तीले टाउको कुल्चिँदा घटना स्थलमै थारुको मृत्यु भएको हो,’ क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।’ एसपी सापसहितको टोली घटना स्थलतर्फ गएको डिएसपी मगरले जानकारी दिए ।
Read More
लागुऔषध कारोबारमा संलग्न एक महिला सहि एक पुरुष पक्राउ ।

लागुऔषध कारोबारमा संलग्न एक महिला सहि एक पुरुष पक्राउ ।

सिरहा।  सिरहाको गोलबजारबाट लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका वडा नम्बर  २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार वडा नम्बर ७, चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। खातुनले गोलबजार नगरपालिका वडा नम्बर ४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले बताएका छन् । प्रहरीले शंका लागेर होटलमा  खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ । होटलमा छापा मार्दा बेसिनमा लुकाएर राखिएको अवस्थामा…
Read More
होली पहाडी जिल्लामा मनाइँदै, सार्वजनिक बिदा

होली पहाडी जिल्लामा मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा खुसीका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र…
Read More
न्यून भिजिबिलिटीका कारण विमान आकाशमै ‘होल्ड

न्यून भिजिबिलिटीका कारण विमान आकाशमै ‘होल्ड

file image काठमाडौँ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ । कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, भैरहवाबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।
Read More
बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताउनुभएको छ। छैटौं मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताउनुभयो।   अहिलेको राजनीति परिवर्तन विशेषत संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उहाले स्पष्ट गर्नुभयो। त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौमा लाखौं जनता सडकमा उत्रने बताउनुभयो। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताउनुभयो ।   जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी  ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’  अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– उहाँलेले भन्नुभयो– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं । त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जाने छौं ।’  हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उहाँले मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका महान सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायत मगर समुदायका हजारौं छोराछोरीले देशको परिवर्तनका लागि रगत बगाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ज्यूँदै आँखा निकाएर जलाउँदा पनि आत्मसमर्पण नगरेका मगर यौद्वाहरुको ऐतिहासिक बलिदान रहेको बताउनुभयो। यही बलिदान र बलिदानको बलमा स्थापित गणतन्त्रले महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायबाट राष्ट्रपति र सभामुख जस्ता उच्च पद प्राप्त गर्ने अवसर आएको उल्लेख गर्दै उहाँले अब परिवर्तनको रक्षाका लागि पनि उत्पीडित वर्ग नै अगाडि आउनुपर्ने बताउनुभयो।

बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया बजारबाट बिहीबार आयोजित मोटरसाइकल र्‍यालीमा करिब ५ सय मोटरसाइकल र हजारौं नागरिकहरूको सहभहगिता रहेको छन् । र्‍यालीले गुलरिया नगरक्षेत्रको ७ किलोमिटर दूरीमा परिक्रमा गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि नारा समेत लगाइएको हो। प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणाको विशेष उपस्थितिमा सम्पन्न यस र्‍यालीमा हजारौंको संख्यामा जनसहभागिता रहेको थियो । नागरिक अभियन्ता कमलराज पौडेल देवकमलका अनुसार, यो र्‍याली राजसंस्था र हिन्दू राष्ट्रप्रति जनताको चासो र समर्थन बढ्दै गएको संकेत हो। र्‍यालीपश्चात आयोजित कोणसभामा वक्ताहरूले राष्ट्रिय एकता र धार्मिक पहिचान जोगाउन राजसंस्था आवश्यक रहेको धारणा राखेका थिए।
Read More
बंगलादेशको अदालतले शेख हसिना र उनको परिवारको सम्पत्ति जफत गर्ने दिइयो आदेश ।

बंगलादेशको अदालतले शेख हसिना र उनको परिवारको सम्पत्ति जफत गर्ने दिइयो आदेश ।

बाँके। बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूको सम्पत्ति जफत गर्न र उनीहरूको १ सय २४ वटा बैंक खाता फ्रीज गर्ने आदेश दिइएको छ। यो आदेश भ्रष्टाचार निवारण आयोग (एसीसी) द्वारा दायर गरिएको याचिकामा अदालतले मंगलबार जारी गरेको हो। अदालतले शेख हसिना र उनको परिवारका सदस्यहरूले अवैध रूपले सम्पत्ति अर्जित गरेको आरोपमा यो आदेश दिएको छ। आदेश अनुसार, शेख हसिनाको ढाकास्थित 'सुदासदन' नामक आवास पनि जफत गरिएको छ, जुन उनका दिवंगत पतिले, परमाणु वैज्ञानिक एमए वाजेद मियाले बनाएको थियो। अदालतले शेख हसिनाका छोरा साजिब वाजेद जॉय, उनकी छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका…
Read More
सेयर बजारमा दोब्बर अंकले सुधार।

सेयर बजारमा दोब्बर अंकले सुधार।

सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.२८ अंकले बढेर परिसूूचक २ हजार ७ सय ३६.४८ बिन्दु कायम भएको छ । ३ सय २३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । कारोबारमा १ सय ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।
Read More
पाठेघरको मुखको क्यान्सर  स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
Read More