काठमाडौं। नेपालमा पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइले दिएको विवरण अनुसार २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मका घटनामा १ सय ५१ जना पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणको शिकार भएका हुन्। महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको छ। यस्तै, पेशागत असुरक्षासम्बन्धी १६ वटा घटनासमेत अभिलेख भएका छन्। महासङ्घले शनिबार, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै पत्रकारहरूमाथि धम्की, धरपकड, दुव्र्यवहार र हिंसात्मक घटनाहरू लोकतन्त्रमाथिकै गम्भीर प्रहार भएको जनाएको छ। विशेषगरी गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक…
बाँके। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम उठाउन दबाबको कारण आफूलाई पदबाट बर्खास्त गरिएको दावी गरेका छन्। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, "प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउने प्रयास नै मेरो पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।" घिसिङका अनुसार, बक्यौता नउठाउने विभिन्न दबाब र आग्रहको सामना गर्दा उनले आफ्नो कर्तव्य पूरा गर्दै दबाबलाई अस्वीकार गरे। उनले थपे, "संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले अनुमति दिएन, त्यसैले बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने प्रमुख कारण बन्यो।" घिसिङले आफ्नो कार्यकालमा मुलुकलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने र छिमेकी मुलुक भारत र बंगलादेशसँग विद्युत व्यापार विस्तार…
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङको रिट निवेदन सर्वोच्च अदालतको इजलासले ‘हेर्न नमिल्ने’ निर्णय गरेको छ। आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासले उक्त रिटलाई पन्छाएको हो। यस्तै, विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको थियो र त्यसको निर्णय पनि समान रुपमा आएको छ। अघिल्लो शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।
काठमाडौँ । शाओमीले शाओमी १५ (फिफ्टीन) अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको लन्च समारोहमा ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो । शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १-इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको फोनमा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ । मोबाइलमा ६.७३-इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १-१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेट छ ।…
काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…