बारबर्दिया, चैत १२ गते

प्रारम्भिक बालविकासमा सहयोग पुर्याउने उदेश्यले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिभावक शिक्षा सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ । अभिभावक तथा आमा समुहलाई प्रारम्भिक बाल विकासलाई प्रभावकारी बनाउनका लागि बच्चाको पालनपोषणमा ध्यान दिनमा सहयोग पुर्याउने उदेश्यले बारबर्दिया नगरपालिका ६ र ७ नम्बर वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम प्रदान गरिएको हो ।
महिला स्वास्थ्य स्वयमसेविका मार्फत आमा समुह तथा अभिभावकहरु समक्ष प्रारम्भिक बाल विकासको बारेमा सकारात्मक सन्देश प्रवाह तथा ब्यबहारपरिवर्तनमा सहज हुने भएकोले उहाँहरुलाई तालिम प्रदान गरिएको हो । उहाँहरुले अभिभावक तथा आमा समुहमा गएर तालिममा सिकेका कुरालाई जानकारी गराउदा प्रभावकारी हुने र तोकीएका उदेश्यहरु पुरा हुने अपेक्षा लिईएको छ । तालिममा प्रारम्भिक वाल विकासको बेलामा अभिभावकहरुले खेल्नु पर्ने भूमिका, बच्चाको पालनपोषण र स्याहार राम्रो गराउन सकियो भने आफुले सोंचे अनुसारको स्वस्थ, सुन्दर र फुर्तीलो बच्चा बनाउन सकिन्छ भन्ने बिषयमा जानकारी गराईएको छ । बालबालिकाको शारीरिक, मानसिक, भाषिक, सम्बेगात्मक, सिर्जनात्मक विकासको बृद्धि गर्नका लागि अभिभावक तथा परिवारका महत्पुर्ण भूमिका रहने बिषयमा पनि जानकारी गराईएको छ ।


प्रारम्भिक बाल विकासका लागि पोषणयुक्त खाना, सरसफाई, स्याहार, अभिभावकले बालबालिकालाई गर्नु पर्ने सम्मानमा अभिभावकहरुले अपनाउनु पर्ने ब्यबहारको बारेमा जानकारी गराईएको छ । बच्चा गर्भमा रहेदेखि परम्परागत रुपमा रहेको सकारात्मक प्रभाव पार्ने चालचलनलाई सुधारात्मक तरिकाबाट संरक्षण (जस्तै सुत्केरी भएको आमालाई पर्याप्त आराम, धेरै उज्यालो नहुने तर सफा सुरक्षित र हावादार न्यानो कोठामा राख्ने, सफा र हाँत धोएर बच्चालाई समाउने, झोलिलो तथा पोषणयुक्त खाना, परिवारका सबै सदस्यहरुबाट सहयोग र माया गर्ने) बारेमा जानकारी गराईएको छ ।
प्रारम्भिक बाल विकासमा बजारमा उत्पादन गरिएको प्लाष्टिक तथा केमिकलद्धारा निर्मित खेलौना भन्दा स्थानीय स्तरमा उत्पादन गरिएका प्राकृतिक श्रोतसाधन प्रयोग गरि ब्यबहारिक खेलौनाहरु निर्माण गरि खेलाउन दिने र नमुनाको रुपमा कम भन्दा कम लागत निर्माण गर्ने प्रक्रियाको बिषयमा प्रयोगात्मक तथा सैद्धान्तिक रुपमा जानकारी गराईएको छ । महिला स्वास्थ्य स्वयमसेविकाहरुले तालिममा सिकेका कुरालाई आमा समुहमा गएर ब्यबहारिक रुपमा अभिभावकहरुलाई सिकाई ब्यबहार परिवर्तन गर्न सिकाउनु बिषयमा तालिममा जानकारी गराईएको तालिमका प्रशिक्षक तथा आधारभूत स्वास्थ्य केन्द्र सिउनीयाका ईन्चार्ज सुमित थारुले जानकारी गराउनु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको साझेदारीमा संचालित बालिका सशक्त परियोजना संचालित तालिममा बारबर्दिया नगरपालिका वडा नम्बर ६ का १२ जना र वडा नम्बर ७ का १३ जना गरि २५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो । उक्त तालिम प्राप्त स्वयमसेविकाहरुले २५ वटा आमा समुहमा गएर तालिम सिकेका कुरालाई जानकारी गराउने कुरा प्रशिक्षक तथा नगरअस्पतालका सिनियर अहेव थिरबहादुर खड्काले जानकारी गराउनु भएको छ । “घर बलियो जगले, देश बलियो प्रारम्भिक बालविकासले, प्रारम्भिक बाल विकासमा लगानी दिगो राष्ट्र विकासको थालनी” भन्ने नारा सहित तालिममा प्रारम्भिक बालविकासका लागि अभिभावक शिक्षाको बिषयमा बारबर्दियाको नगरअस्पतालमा ३ दिने तालिम भएको राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित बालिका सशक्त परियोजनाकी सुपरभाईजर रामकली थारुले जानकारी गराउनु भएको छ ।

Facebook Comments Box