होमेन्द्र थापा
बैशाख ४ गते
बर्दियाको गुलरियामा किसान लक्षित कार्यक्रम बारे छलफल भएको छ । एकिकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय बर्दियाको आयोजनामा भएको स्थानीय तह संगको योजना तर्जुमा गोष्ठीमा किसान लक्षित कार्यक्रमको बारेमा व्यापक छलफल भएको हो ।
मंगलवार भएको गोष्ठीमा बोल्दै एकिकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालले प्राप्त सुझावहरुलाई टेकेर कार्यक्रम बनाउने बताउनु भएको छ । सहभागीहरुले अमुल्य सुझाव र आफ्ना दृष्टिकोण प्रस्तुत गर्नु भएको हुँदा आउने दिनहरुमा कार्यालयलाई अझै यो जिल्लाको आवाश्यक्तामा आधारित बनाउन सहयोग पुग्ने बताउनु भयो । वहाँले अझै आउने दिनहरुमा जिल्लाका सम्भावनाहरुलाई व्यवसायिक कृषिमा बदल्नाको लागि कार्यक्रम बनाउने कुरामा जोड दिनु भयो । जिल्लामा कृषिका धेरै सम्भावना रहेको बताउदै दुध, खसी, बोका, माछा, चामल, तरकारी लगायत धेरै कुरामा आगडी बढीरहेको र आत्मनिर्भर भएको प्रमुख ढकालको ठहर छ ।
ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमले किसानहरुको लागि धेरै महत्वपुर्ण छलफल भएको बताउनु भयो । विभिन्न पालिकाहरुमा आ–आफ्ना सम्भावना भएका कार्यक्रमलाई लक्षित गरेर सुझाव सल्लाहा प्रर्दान भएको वहाँको भनाई छ । कृषि तथा पशुपन्छी तर्फ क्षेत्रगत हिसाबले पनि सभ्भावना यो यो छ, समस्याहरु र आवाश्यक्ताहरुलाई नजिकबाट केलाउन अवसर पाईरहेको हुँदा यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बमले बताउनु भयो । यसै गरी गुलरिया नगरपालिकाका आर्थिक विकास संयोजक नैन बहादुर सुनारले अनुदान भन्ने कुरा विपन्न व्यक्तिको लागि असाध्यै राम्रो काम रहेको बताउनु भयो । वास्तविक विपन्न व्यक्तिहरुको पहिचान गरेर मात्र अनुदान दिनु पर्ने कुरामा जोड दिनु भयो । तिनै तहको सरकारले समन्वयकारी भुमिका निर्वाहा गरेर किसानलाई सही समयमा मलको पुर्ति गर्नु पर्ने सुनारले आफ्नो धाराण राख्नु भयो ।
योजना तर्जुमा कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालले कार्यालयले तयार गरेको योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । जानकारी पश्चात सहभागीहरुले सल्लाहा सुझाव र आफ्ना दृष्टिकोण पनि प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रममा कृषि संग सम्बन्धित स्थानीय तहका कृषि विकास शाखा, साना किसान, सहकारी, दुग्ध उत्पादक संघ, राष्ट्रिय कृषि महासंघ, पशु चिकित्सक, आर्थिक विकास समिति, एग्रोभेट संञ्चालक लगाएतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box