काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई दिईएको छ ।यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिईएको हो ।नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाँकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको खुलेको छ । स्रोतकाअनुसार प्रचण्ड परिवारका अन्य सदस्यसहित मंगलबार टेरेसेस रिसोर्टमा पुगेका थिए । सोही क्रममा राति रिसोर्टमा लडेर घाइते भएको खुलेको हो ।गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको र टाउकोमा टाँका लगाइएको बुझिएको छ ।यसअघि प्रचण्डको सचिवालयले खुमलटारस्थित निवासमै बाथरुममा लडेको बताएर घटना ढाकछोप गरेको थियो ।छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखे पनि स्थान बारे स्पष्ट गरेकी थिइनन् । उनले लेखेकी थिइन्- 'गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो ।कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए ।
काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ…
काठमाडौँ । भारत-पाकिस्तानबीच तनाव बढेसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो । बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र परिषद्का सदस्य सचिव रामेश्वर दंगाललगायत सहभागी रहेका छन् ।भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि दुई छिमेकी देशबीच तनाव उत्कर्षमा पुगेको हो ।गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि शुरु भएको तनाव अब युद्धमा परिणत…
काठमाडौँ । पाकिस्तानले भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण लिएको छ ।भारतले गरेको हवाई हमलाको विरोध गर्दै पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो ।विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई आक्रमणहरू पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशहरू बीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लङ्घन भएकोप्रति पनि सचेत गराएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।भारतलाई यस्तो गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने कुटनीतिज्ञमार्फत चेतावनी दिएको छ ।मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हवाई आक्रमण गरेको थियो, जसमा पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने…
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । फिल्म ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो ।मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, लितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।चलचित्र हेरेपछि अधिकांशले चलचित्र ‘जार’को तारिफ गरेका छन् । संस्कृति, संस्कार र…
काठमाडौँ । जर्मन रुढीवादी नेता फ्रेडरिक मर्ज चान्सलर निर्वाचित भएका छन् । पहिलो प्रयासमा आश्चर्यजनक हार बेहोरेका मर्जले दोस्रो चरणमा जित हासिल गर्दै जर्मनीको नयाँ चान्सलर बनेका हुन् संसदमा भएको पहिलो मतदानमा उनले पराजयको सामना गर्नुपरेको थियो । तर दिउँसो भएको 'दोस्रो मौका' मतदानमा, मर्जले ३२५ मत प्राप्त गरे भने २८९ सांसदले उनको विपक्षमा मतदान गरेका थिए । पहिलो चरणको मतदानमा उनले ३१० मत प्राप्त गरेका थिए । जर्मनीको संसद ६३० सदस्यीय रहेको छ जितपछि फ्रेडरिक मर्जले चान्सलरको जिम्मेवारी सम्हालेका छन् । उनले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै देशवासीहरूप्रति कृतज्ञता पनि व्यक्त गरे। उनले भने, 'म जर्मनीको चान्सलरको निर्वाचनलाई कृतज्ञताका साथ…
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ ।