झापा। झापाको गौरिगन्ज आधारभूत अस्पतालले नर्मल डेलिभरी मार्फत जुम्ल्याहा बच्चाको सफल जन्म गराएको छ। अस्पतालका प्रसुती वार्डमा कार्यरत रिता कार्की र एलिजा भुजेलको कड़ी मेहनतमा शुक्रबार गौरिगन्ज वडा नम्बर २ निवासी हेमरम थरकी महिलाले पहिलो पटक नर्मल डेलिभरी मार्फत एक छोरा र एक छोरीको जन्म दिइन्। छोरा १ किलो ५ सय ग्राम र छोरी १ किलो ग्रामको स्वस्थ वजनमा जन्मेका छन्। चिकित्सक र नर्सिङ कर्मचारीले दुवै बच्चा र आमा स्वस्थ रहेको जानकारी दिएका छन्। अस्पतालका कर्मचारी अनुप शर्माले सफल डेलिभरीका लागि प्रसुती वार्डका समर्पित कर्मचारीको प्रयासलाई सराहना गरेका छन्।
file image काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको घटनामा सरकारसँग उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। शनिबार आयोजित पार्टीको सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई यथोचित कारबाही गर्न आयोग गठनको माग गरेक हुन् । साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक पनि बोलाएको जानकारी दिएको छ।
बाँके। म्यान्माको सागिङ सहरमा केन्द्रबिन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो । म्यान्मामा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ । भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक…
बाँके। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन र वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्। मन्त्री चौधरीको राजीनामा आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि आएको हो। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूले नैतिक जिम्मेवारी लिई राजीनामा दिएको जानकारी दिएका छन्। अडियोमा दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउनका लागि आर्थिक लाभको कुरा भएको सुनिन्छ। चौधरीले उक्त अडियो भदौ महिनामा रेकर्ड भएको बताउँदै यसमा काठ व्यवसायी र पार्टीका केही व्यक्तिहरूसँग छलफल गरेको खुलासा गरेका छन्। उनले भने, "मुझे कुनै पनि प्रकारको आर्थिक लेनदेनको लागि दबाब दिएको छैन, म केवल छलफलमा सहभागी भएको थिएँ।" मन्त्री चौधरीले अडियोमा…
काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र उनका राहदानी रद्द गर्ने तयारी थालेको छ। सरकारले शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक आन्दोलनमा ज्ञानेन्द्रको संलग्नता रहेको आरोप लगाउँदै यो निर्णय लिएको हो। गृहमन्त्रालयका उच्च अधिकारीहरुका अनुसार ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा यो आन्दोलन भएको र छानबिनपछि विदेश भाग्ने आशंका रहेकोले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।’ मन्त्रिपरिषदको शुक्रबार रातिको बैठकमा यो विषयमा गम्भीर छलफल भएको थियो। छलफलमा हिंसात्मक र आपराधिक गतिविधिमा संलग्नतालाई कडा कारबाही गर्ने र ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउने निर्णयमा विचार गरिएको छ। प्रहरीले शनिबारदेखि प्रमाण संकलन कार्य थालिसकेको छ। हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूको बारेमा…
काठमाडौं। कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट शुक्रबार राजवादीद्वारा लुटपाट भएपछि शनिबारदेखि नियमित सञ्चालनमा आएको छ। भाटभटेनीको सीओओ पानु पौडेलले भने कि, रातभरको सरसफाइ कार्यपछि सुपरमार्केट बिहानदेखि पुनः खुला भएको छ। उनले थपे, "क्षतिको मूल्यांकन गरिएको छ र फुटेका सिसा केही दिनमा पुनःनिर्माण गरिनेछ।" शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वर स्थित भाटभटेनीमा प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल र जुसजस्ता सयौँ वस्तु लुटपाट गरेका थिए। उक्त घटना पश्चात भाटभटेनीले विश्वास व्यक्त गरेको छ कि लुटपाट र क्षति पुर्याउने व्यक्तिहरूलाई सरकार छिट्टै कानुनी दायरामा ल्याउनेछ।
बाँके। शनिबार दिउँसो २:३५ बजेदेखि खण्डग्रास सूर्यग्रहण सुरु हुँदैछ र साँझ ६:२८ बजेतिर सकिने छ। यो सूर्यग्रहण सन् २०२५ को पहिलो खण्डग्रास सूर्यग्रहण हो। यद्यपि, नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार यो सूर्यग्रहण नेपालमा नलाग्ने र नेपालबाट नदेखिनेछ। भट्टराईका अनुसार, सूर्यग्रहण नेपालमा नलाग्ने भएकाले यसको कुनै सांस्कृतिक वा धार्मिक प्रभाव पर्ने छैन। क्यामेराबाट भने यसलाई लाइभ हेर्न सकिने छ, तर नेपाली भूभागबाट यो देख्न सकिँदैन। यो ग्रहण भारतमा पनि देखिने छैन। तर युरोप, नर्थ एसियामा, रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका, उत्तरी अमेरिका, क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट भने यो सूर्यग्रहण देख्न सकिन्छ। नेपालमा यसको कुनै असर नपर्ने…
काठमाडौ । तीनकुने क्षेत्रस्थित एक घरमा राजावादीले आगजनी गरेपछि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ। घटनास्थलमा रहेका एभिन्यूजकर्मीका अनुसार, रजकको शव आगो निभाएपछि जलेको अवस्थामा भेटिएको हो। प्रहरी घटनास्थलमा पसेर जाँच र मुचुल्का उठाइरहेको छ। उक्त आगजनीको घटनापछि राजावादी प्रदर्शनले उग्ररूप लिएर विभिन्न स्थानमा आगजनी र ढुंगामुढा भइरहेको थियो। तीनकुने स्थित मार्बल हाउसमा प्रदर्शनपछि झडप भएको थियो। गृह मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत राजावादी आन्दोलनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको जानकारी दिएको छ।
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार एउटा विज्ञाप्ती जारी गर्दै राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ । राजधानीमा शुक्रबार भएको राजावादीहरुको प्रदर्शनले प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि अवस्था बिग्रीएको हो। आयोगका अनुसार प्रदर्शनकारीहरु बानेश्वरतिर जान खोजे,त्यसपछि तब आन्दोलन हिंसात्मक रूप लिएको हो। आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर उक्त प्रदर्शनको अनुगमन गरेको थियो। अनुगमनको क्रममा राजावादीहरूको आन्दोलनमा झडप, ढुंगा प्रहार र आगजनीका घटनाहरू घटेको देखिएको छ। विज्ञप्तिमा भनिएको छ कि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरे, आमनागरिकको घरमा ढुंगा हान्ने र आगजनी गरेका छन् । तीनकुने क्षेत्रस्थित सञ्चारमाध्यम, कलेज र व्यक्तिगत आवासहरूमा आगजनी र आक्रमण भए पनि दमकल र सशस्त्र…
काठमाडौं। समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा आयोजित वृहत् जनसभालाई ५० हजारभन्दा बढी जनताको उत्साहपूर्ण सहभागितामा भव्य रूपमा सम्पन्न गरेको छ। गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित यो जनसभामा जनताको सक्रिय र शालीन सहभागिताप्रति मोर्चाले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। मोर्चाले विशाल जनसमर्थनबाट आत्तिएका पुनरुत्थानवादी र प्रतिगामी तत्वहरूले जनसभापछि अराजकता मच्चाउँदै विभिन्न स्थानमा तोडफोड र आगजनी गरेको टिप्पणी समेत गरेको छ । समाजवादी मोर्चा नेपालले जारी गरेको प्रेस वक्तव्यम अनुसार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, काठमाडौं जिल्ला कार्यालय र अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवासमा तोडफोड र आगजनी भएको दुख व्यक्त…