बाँके। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन्। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य सहनुपरेको चर्चा गर्दै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको पनि उल्लेख गरेका छन् ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन सिर्जना गर्न सफल बन्दै गएको पनि बताएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता दिनुको अर्थ नभएको बताएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान नसकिने बताए। ‘अहिले २० प्रतिशत विपन्न वर्ग छ। त्यसलाई शून्यमा झार्नुपर्छ। अहिले एकदमै धनी मानिसलाई पनि उही, गरिबलाई पनि उही सेवा दिइन्छ। अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ। धनी र गरिब सबैको बा आमाले उही पाइराखेको अवस्था छ’ उनले भने, ‘काठमाडौंमा तीन तले घरमा बस्छन् ४ हजार सामाजिक सुरक्षा भत्ता लिन पुगिरहेका हुन्छन्, ७०…
धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते…
ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो। ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् । प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिनुभयो । उहाँले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भयो । ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,' अध्यक्ष प्रचण्डले भन्नुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने…
काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरवार खाली गर्दा नै उनीहरूको भलाई हुने चेतावनी दिएका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरवारभित्र छिरेर कठालोमा समातेर गलहत्त्याउने उनको उद्घोष छ । सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरूको व्यवहारलाई कडा प्रश्न गरेका छन् ।
धरान। धरानमा लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका वडा नम्बर ९ बगैंचा लाइनमा शारदा राईको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारी रंगेहात ४ जनालाई पक्राउ गरेको हो। प्रहरीले कारोबारी गतिविधिमा संलग्न ३० वर्षीय विजय साह, २७ वर्षीय निरन्जन यादव, २५ वर्षीय विशेष राई र २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो। पक्राउ परेका चार जनासँग एक हजार ६ सय विभिन्न प्रकारका लागूऔषध ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले अहिले उनीहरूको विरुद्ध थप अनुसन्धान गरिरहेको छ।
इनरुवा । सुनसरीको लौकही नाका तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। कोशी गाउँपालिका वडा नम्बर १ स्थित लौकही नाका र अन्य सहायक नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार, यहाँ तस्करीमा प्रहरीका केही सदस्यहरूको मिलोमतो रहेको आरोप छ। सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले सुरक्षामा कडाइ गर्न नसकेपछि तस्करहरुले अवैध रुपमा भारतबाट नेपाल तर्फ सामाग्री भित्र्याउने गरेको स्थानीयको भनाइ छ। तस्करहरुले सुर्तीजन्य पदार्थ, मल, प्याज, चिनी, कपडा लगायतका खाद्य र नशाजन्य सामाग्री भन्सार छली गरि अवैधरुपमा नेपाल भित्र्याउँदै आएका छन्। अवैध रुपमा भैरहेको तस्करीले नेपाल सरकारको लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ। पृथक राष्ट्रका सीमामा सुरक्षा व्यवस्थाका नाममा…
काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशले संयुक्त रुपमा 'औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण' विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पुलिस क्लब, भृकुटी मण्डपमा आयोजित यस कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले लागूऔषध दुर्व्यसनको निराकरणका लागि समाजका सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको उल्लेख गर्दै, भविष्यमा अन्य संस्थासँग समेत सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। उहाँले यसका लागि प्रहरीको एकल प्रयास पर्याप्त नहुने र सबैको एकतासहित मात्र यो समस्याको समाधान सम्भव हुने बताउनुभयो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र बागमती प्रदेश…