काठमाडौं । सरकार दर्ता नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले निर्देशन अनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन निर्देशन दिएको हो । साथै मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरण गरेमा सक्रिय गराउन समेत प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिएको छ । मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो । यस अवधिमा पनि फेसबुकसहितका सामाजिक सञ्जाल कम्पनीहरु दर्ता हुन नआएपछि सरकारले अब नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय बनाउने…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन् । पक्राउ मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर, ललितपुर महानगरपालिका-२ बाट सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक…
बर्दिया– दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् । भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् । बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा…
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् । बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । बालेनले भनेका छन्: चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।
बर्दिया – भारतबाट सञ्चालित अनलाइन ठगी प्रकरणमा बर्दियाका तीन जना युवाहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत उपहार पठाइदिने प्रलोभन देखाई भन्सार शुल्क र अन्य नाममा रकम असुल्ने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा मधुवन नपा, ढोढरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया न.पा. ६ को जगतराम थारू, बारबर्दिया न.पा. ११ को बिर बहादुर सुनार र मुख्य अभियुक्त बारबर्दिया न.पा. ११ कै बिनामिन बि.क. रहेका छन् । भारतीय नम्बर +918160182882 बाट २०८२ असार ३२ गतेदेखि साउन २ गतेसम्म मधुवन नपाको एक महिलालाई निरन्तर भिडियो कलमार्फत ‘तपाईँको नाममा महँगा सुनका गहना उपहार आएको छ, तर…
बर्दिया — सशस्त्र प्रहरीले बर्दियामा ठूलो मात्राको अवैध विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ । जिल्लाको मधुवन नगरपालिका–५, गाउँ नं. १० फुलाराम चोकबाट भारततर्फ तस्करी हुँदै गरेको ४८ लाख रुपैयाँ बराबरको १ हजार ९ सय २० थान विद्युतीय चुरोट सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी गराउनुभयो । उहाँले ‘स्पेशम्यान एसपी चालिस हजार’ सो विद्युतीय चुरोटको नाम रहेको बताउँदै प्रति थान २ हजार ५ सय रुपैयाँ बजार…
बर्दिया — विद्यालय शिक्षा विधेयक विरुद्ध निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) बर्दियाले जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । प्याब्सनले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरू विभेदकारी भएको भन्दै त्यसमा आवश्यक संशोधनको माग सहित विरोध प्रदर्शन गरेको हो । प्याब्सनद्वारा आयोजित विरोध र्यालीले जिल्ला प्रशासन कार्यालय हुँदै गुलरिया बजार परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता’, ‘शिक्षा ऐन संशोधन गर’, ‘निजी विद्यालय बन्द गर्ने नीति खारेज गर’ जस्ता नारा लगाएका थिए । प्याब्सनका पदाधिकारीहरुले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको व्यवस्था विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्न बाध्य भएको बताएका छन्…
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २…
पोखरा । म्याग्दीको बेनी –जोमसोम सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको लेदो पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।