एजेन्सी । पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्त्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि हस्तक्षेपको दृढ प्रतिरोधका साथ सामना गर्ने बताए। सिन्धु नदीको बहाव परिवर्तन गर्ने भारतीय प्रयासको रूपमा वर्णन गरिएको कुरामा इस्लामाबादको चिन्ताको बिचमा यो चेतावनी आएको हो…
काठमाडौं । काठमाडौंका सडकमा जारी शिक्षक आन्दोलनमा समर्थन गर्न पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नै नाराबाजी भएको छ । माइतीघरबाट नयाँ बानेश्वर आइरहेका शिक्षक आन्दोलनमा मिसिन पुगेका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीविरुद्ध शिक्षकहले नै नाराबाजी गरेका हुन् । भाषण गर्ने योजनासहित गरेका नेताहरु नाराबाजीपछि त्यत्तिकै फर्किएको बताइएको छ ।
काठमाडौं । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट आइतबार फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले मानव बेचबिखन मुद्दामा पक्राउ परेर म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएको जानकारी दिए । हतकडीसहित थुनुवा भागेपछि दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।
बाँके। भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गरेका छन्। उक्त भेटमा हालै जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना प्रकट गरिएको छ। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, “नेपाली राजदूत शर्मासँग भेट भएको बताएका छन् । पहलगाम आक्रमणमा एक नेपाली नागरिकको निधन भएकोप्रति उनले समवेदना व्यक्त गरेका हुन । साथै, उनले भनेका छन् , `हाम्रा द्विपक्षीय सम्बन्धमा भएका पछिल्ला विकासहरूबारे पनि छलफल भयो ।” राजदूत शर्माले पनि आफूले उक्त भेटमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारत सरकार र भारतीय जनताप्रति समवेदना प्रकट गरेको…
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकीकृत दलको नाम नागरिक जनमत राख्ने सहमति गरेका छन् । बर्दियामा बसेको कार्यदलको बैठकले पार्टीको नाम नागरिक जनमत र चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । ‘आयातकार आकारको झण्डामा ढकिया रहने सहमति भएको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत राख्ने सहमति गर्यौँ, उनले भने ।
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ जुकेमा बोलेरो गाडी दुर्घटनामा परेर ३२ वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतकका १८ महिने नाबालक छोरा घाइते भएका छन्। शनिबार ५ः१५ बजेतिर सोताङबाट जुकेतर्फ छुटेको बोलेरो गाडी (प्र ३–०१–०२४ च ६८१४) कच्ची सडकमा सामान झार्ने क्रममा चिप्लिएर ३ सय मिटर तल भिरमा खसेको हो। दुर्घटनामा परेर सोताङ-५ की सरिता राई गम्भीर घाइते भइ भिरमा अड्किएकी थिइन्। उनलाई उद्धार गरी सोताङ प्राथमिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतकका छोरा रेवन राई सामान्य घाइते भएका छन् र उनको अवस्था खतरामुक्त रहेको जानकारी…
काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशले संयुक्त रुपमा 'औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण' विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पुलिस क्लब, भृकुटी मण्डपमा आयोजित यस कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले लागूऔषध दुर्व्यसनको निराकरणका लागि समाजका सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको उल्लेख गर्दै, भविष्यमा अन्य संस्थासँग समेत सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। उहाँले यसका लागि प्रहरीको एकल प्रयास पर्याप्त नहुने र सबैको एकतासहित मात्र यो समस्याको समाधान सम्भव हुने बताउनुभयो। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र बागमती प्रदेश…
बाँके। लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट)चिकित्सकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरूले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सकहरूले निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकको मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) भुलानी गरिनुपर्ने, एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरू तत्काल सम्बोधन गरिने विश्वास दिलाए । उनले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाई आग्रह गरिसकेको बताए ।
बाँके। बागमती गाउँपालिका वडा नम्बर ३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोलसहित लागुऔषध बरामद गरेको छ। मकवानपुरबाट काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाएर ल्याएको भट्टेडाँडामा नियमित जाँचका क्रममा खुलासा भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी र प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, एम्बुलेन्स चालकसहित केही व्यक्तिहरूलाई पक्राउ गरी सोधपुछ सुरु गरिएको छ। प्रहरीका अनुसार, एम्बुलेन्समा बिरामी, आठ वर्षको बच्चा, १६ वर्षको युवा र एक महिलालाई प्रयोग गरेर लागुऔषध ओसारपसार गरिने योजना बनाइएको देखिन्छ। घटनामा संलग्न तीन मोबाइल सेट पनि बरामद गरिएको जानकारी प्राप्त भएको छ। प्रहरीले उक्त एम्बुलेन्सको…