File image बाँके। इजरायली रक्षा बल (IDF) ले गाजा क्षेत्रमा हमासको प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दालीसलाई मारिएको दावी गरेको छ। हालैको सैन्य कारवाहीमा, अल-दालीससँगै हमासका अन्य उच्चपदस्थ नेताहरू पनि मरिएका छन्। अन्तर्राष्ट्रिय मिडियाका अनुसार अल-दालीसले जुलाई सन् २०२४ मा हमास सरकारको नेतृत्व ग्रहण गरेका थिए। त्यसपछि उनका अनेकौँ साथीहरू, जसमा महमूद अबू वाटफा आन्तरिक मन्त्रालयका महानिदेशक, अबू ओबैदा मोहम्मद अल-जमासी राजनीतिक ब्यूरोका सदस्य, र बहजत अबू सुल्तान आन्तरिक सुरक्षा प्रमुख पनि मारिएका छन्। इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहूले घोषणा गरेका छन् कि इजरायलले जबसम्म हमासको सम्पूर्ण सफाया नगरेसम्म गाजा क्षेत्रमा सैन्य कारवाही जारी राख्नेछ। यो कारवाही इजरायल र हमास बीचको लडाईको…
बाँके। नेपालको पर्यटन उद्योगले एक नयाँ सफलता हासिल गरेको छ। अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले नेपालको 'कम्युनिटी होमस्टे नेटवर्क'लाई २०२५ को उत्कृष्ट गन्तव्यहरूको सूचीमा ४२ औं स्थानमा र एसियामा ७ औं स्थानमा समावेश गरेको छ। यसले नेपालको होमस्टे व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएको छ र देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ। होमस्टे व्यवसायले सस्तो, सरल र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्दै पर्यटकलाई नेपालका ग्रामीण जीवनसँग सञ्जाल जोडेको छ। यो व्यवसायले स्थानीय संस्कृतिको संरक्षण र दिगो पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। नेपालका १८ समुदायमा २ सय भन्दा बढी होमस्टे सञ्चालनमा छन्, जसको माध्यमबाट स्थानीय समुदायसँग गहिरो सम्बन्ध र मित्रता…
बर्दिया । मधेस प्रदेश सरकारले आगामी एसइई परीक्षामा भाग नलिने निर्णय गरेको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा समन्वय समितिहरूको निर्देशनको उल्लङ्घनपछि प्रदेश सरकारले परीक्षा प्रक्रियाबाट बाहिरिने घोषणा गरेका छन्। सिंहले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशका परीक्षामा चलखेल गर्दै विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरिरहेको आरोप समेत लगाए। सिंहले भने, "परीक्षाको केन्द्र अध्यक्ष चयन प्रक्रिया सम्बन्धी प्रदेश सरकारले गरेको निर्देशनको पालना नगरिएपछि अब हामी यो परीक्षामा सहभागी हुदैनौं।" उनले एसइई परीक्षा समाप्त भइसकेपछि शिक्षा अधिकारी र अन्य निकायहरूको अनुगमन गरी कडा कदम चाल्ने चेतावनी पनि दिए। प्रदेश सरकारले गत फागुन महिनामा केन्द्राध्यक्षको चयन गोला प्रथाबाट गर्न निर्देशन…
बर्दिया न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै तीन खेलको टि ट्वान्टी आई सिरिजमा २-० को बढत बनाएको छ। मंगलबारको दोस्रो खेलमा न्युजिल्याण्डले पाकिस्तानको १ सय ३६ रनको लक्ष्य १३.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्यो। बर्षाको कारण खेललाई १५ ओभरमा सीमित गरिएको थियो।न्युजिल्याण्डका लागि टिम साइफर्टले २२ बलमा ४५ रनको शानदार पारी खेले, जसमा ३ चौका र ५ छक्का समावेश थिए। फिना एलेनले १६ बलमा ३८ रन जोडे, जबकि मिचेल हायले २१ रन जोडे। पाकिस्तानका बलरहरुमा हरिस रउफले २ विकेट लिए भने जहादद खान, मोहमम्द अलि र खुसदिल शाहले १-१ विकेट लिएका थिए। पाकिस्तानले टस हारेर ब्याटिङ गर्दै १५ ओभरमा…
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्बर १ झोर क्षेत्रबाट २० करोडभन्दा बढीको रकमसहित एक ट्रक चालकलाई पक्राउ परेका छन्। ट्रकको चालकको पहिचान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुसाङ लामाका रूपमा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका स्रोतले भने अनुसार, ट्रकबाट ठूलो परिमाणमा नगद रकम बरामद गरिएको छ, र हाल उक्त रकमको गन्ती जारी रहेको छ। प्रारम्भिक अनुमान अनुसार उक्त रकम २० करोड भन्दा बढी रहेको जानकारी गराइएको हो । यस घटनाबारे थप जानकारी दिन दिउँसो १ बजे एक पत्रकार सम्मेलन हुने श्रोतले जानकारी गराएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्बर १ झोर क्षेत्रबाट २० करोडभन्दा बढीको रकमसहित एक ट्रक चालकलाई पक्राउ परेका छन्। ट्रकको चालकको पहिचान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुसाङ लामाका रूपमा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका स्रोतले भने अनुसार, ट्रकबाट ठूलो परिमाणमा नगद रकम बरामद गरिएको छ, र हाल उक्त रकमको गन्ती जारी रहेको छ। प्रारम्भिक अनुमान अनुसार उक्त रकम २० करोड भन्दा बढी रहेको जानकारी गराइएको हो । यस घटनाबारे थप जानकारी दिन दिउँसो १ बजे एक पत्रकार सम्मेलन हुने श्रोतले जानकारी गराएको छ ।
बाँके। इजरायलले गाजा पट्टीमा पुन: हवाई आक्रमण सुरु गरेको छ। सोमबार राति र मंगलबार बिहान गाजा क्षेत्रमा धेरै विस्फोटहरूको आवाज सुनिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली हवाई हमलामा कम्तीमा ४४ जना मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार, १९ जनवरीको युद्धविरामपछि यी इजरायलीका गाजा विरुद्धका सबैभन्दा ठूलो आक्रमण हो। यो आक्रमण तब भएको छ , जब दुवै पक्षबीच युद्धविरामलाई अगाडि बढाउने कुरामा वार्ता अलपत्र पर्यो। इजरायल र हमास बीचको १९ जनवरीको युद्धविराम सम्झौतामा कसरी कायम राख्ने भन्नेमा असहमतिका कारण वार्ता असफल भएको छ। अमेरिका र अरब मध्यस्ताहरूले पछिल्ला दुई हप्तामा दुवै पक्षलाई युद्धविराममा सम्झाउन असफल भएका छन्। इजरायली सेनाले भनेको…
धरान । उदयपुरको बेलका वडा नम्बर २ का २० वर्षीय सुजन खड्कालाई विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। उनीसँग ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर वडा नम्बर १५ मोरङ केराबारी वडा नम्बर ३ का २४ वर्षीय उत्तम याक्खा र सुन्दरहरैंचा वडा नम्बर ५ का ४५ वर्षीय मातृका सुवेदीलाई पनि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जानकारी गराएको छ।
बाँके। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।
बाँके। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण बस्तीमा जनजागरण अभियानमा आइतबार देखी सुरु गरेका छन् । विप्लवले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहर्याई रहेका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् । महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिएका छन् । साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकास जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनको भनाइ छ । यसै क्रममा, महासचिव विप्लवको झापा…