बाँके। भारतीय चलचित्र उद्योगका प्रसिद्ध अभिनेता मनोज कुमारको शुक्रबार बिहान ८८ वर्षको उमेरमा निधन भएको छ। उनले मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम श्वास फेरेका हुन्। मनोज कुमार हिन्दी फिल्म उद्योगमा विशेष गरी देशभक्ति चलचित्रका लागि प्रसिद्ध थिए। उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, र रोटी कपडा और मकान रहेका छन्। उनको वास्तविक नाम हरिकृष्ण गोस्वामी थियो र उनले १९३७ मा एबटाबादमा जन्म लिएका थिए, जुन हाल पाकिस्तानमा पर्छ। मनोज कुमारले देशभक्ति विषयमा धेरै फिल्महरूको निर्माण गरे र ती फिल्महरूले ठूलो सफलता पनि पाए, जसका कारण उनलाई 'भारत कुमार' उपनामले चिनिन्छ। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त…
बाँके। इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा सनराइजर्स हैदराबादलाई कोलकाता नाइट राइडर्सले ८० रनको फराकिलो अन्तरले हराएको छ। यो हैदराबादको लगातार तेस्रो हार हो, जसले उनीहरूको यात्रा अझै कठिन बनाएको छ। कोलकाताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ सय रन बनायो। वेंकटेस अय्यरले २९ बलमा ६० रनको उत्कृष्ट योगदान दिए भने रिंकु सिंहले १७ बलमा ३२ रन बनाए। कप्तान अजिंक्य रहाणे र अंगकृष्ण रघुवंशीबीच ८१ रनको साझेदारीको मद्दतले कोलकाताले २ सय रनको चुनौती प्रस्तुत गर्यो। जवाफमा, हैदराबाद २ सय १ रनको लक्ष्य पछ्याउँदै १६.४ ओभरमा १ सय २० रनमै समेटियो। हेनरिक क्लासेनले २१ बलमा ३३ रन बनाउँदा कमिन्डु…
बाँके। आज ( शुक्रबार ) तीन वटा प्रमुख संसदीय समितिहरूको बैठक बस्दै छन्। सर्वप्रथम, बिहान ११ बजे अर्थ समितिको बैठक हुनेछ, जहाँ आगामी आर्थिक वर्षको बजेटको विषयमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ। त्यस्तै, बिहान ११ बजे नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँको तीनकुनेमा चैत १५ गते घटेका घटनासम्बन्धी गृह मन्त्रालयसँग विस्तृत छलफल हुनेछ। दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ, जहाँ पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को दफावार छलफल हुने कार्यसूची रहेको छ। आजको बैठकहरूमा आगामी बजेट र सुरक्षा व्यवस्थासँग सम्बन्धित महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
file image काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगिसकेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको ‘साइडलाइन’ वार्ता गर्न दुई प्रधानमन्त्रीबीच भेट हुन लागेको हो। भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत थिए।
मोरङ। नेकपा एकीकृत समाजवादीको मोरङ जिल्ला अधिवेशनको नेतृत्व चयनमा अलमल आएको छ। विराटनगरको मनास्लु होटेलमा सुरू भएको अधिवेशनको तेस्रो दिनसम्म पनि नेतृत्व चयन गर्न सकिएको छैन। अध्यक्ष माधवकुमार नेपालको उद्घाटनपछि, नेतृत्व चयनको प्रक्रिया धेरै झमेलामा परेको छ। विशेषगरी, निर्वाचन प्रक्रिया सुरु गर्दा विवाद उठेपछि अध्यक्ष मण्डल नै अधिवेशन स्थलबाट बाहिरिएको थियो। बुधबार दिउँसो, आकांक्षीहरूलाई मात्र बोलाएर नेतृत्वको नाम टाँस गर्ने तयारी गरिएको थियो, तर त्यसको विरोध भएपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको हो। नेतृत्व चयनको बारेमा चर्चामा रहेका प्रमुख नेता संयोजक चन्द्रवीर राई, उपाध्यक्ष उद्धव पोखरेल, दीपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले…
काठमाडौं। लामो समयदेखि प्रशासकीय प्रमुखविहीन भएको काठमाडौ महानगर पालिकामा बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईं जिम्मेवारी पद सम्हानल पुगेका थिए । तर काठमाडौ महानगरपालिका प्रमुख मेयर बालेन्द्र साहले उनले कार्यालय पस्न अवरोध खडा गरे। मेयर बालेनले गुरागाइँलाई प्रवेश निशेध गर्न महानगर प्रहरी तैनाथ गरेका हुन् । संघीय सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरोजप्रसाद गुरागाईलाई निरन्तरता दिने निर्णय गरेको हो। गुरागाईको कार्यालयमा हाजिर हुने तयारीसँगै महानगरपालिका कर्मचारी र नगरपालिकाको नेतृत्वबीच गहिरो टकरावको स्थिति सिर्जना भएको छ। कर्मचारीहरुले गुरागाईलाई स्वागत गर्न गेटमा जम्मा भएपछि वडाध्यक्षहरु समेत उनको स्वागत गर्न उपस्थित भएका छन्। महानगरका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन…
विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर ३ की सिता खड्काले चार दिनअघि हराएको नगद र आइफोन १३ सहितको झोला फिर्ता पाएको जानकारी दिइन्। उनलाई आफ्नो झोला अटोमा छुटेपछि प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। खड्काले १६ गते विराटनगर १ भट्टाचोकबाट शनी मन्दिर जाने क्रममा आफ्नो हाते झोला अटोमा छुटाएको बताइन्। उनी उक्त अटोको नम्बर र चालकको बारेमा केही जानकारी दिन नसक्दा प्रहरीले अनुसन्धान सुरु गर्यो। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) वेदप्रकाश जोशीका अनुसार, हराएको चार दिनपछि बुधबार झोला नगद सहित फेला परेको थियो। खड्काले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा अटो प्र-१–०२–००३ ह ६०९० नम्बर भएको पाइएको थियो। डीएसपी जोशीका अनुसार, विराटनगर…
विराटनगर। कोशी प्रदेश सरकारले आगामी २०८२ सालका लागि ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संघीय सरकारले दिएको बिदाबाट अतिरिक्त ६ दिनको बिदा थप गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न पर्व र परम्पराका आधारमा बिदा थप गर्ने निर्णय गरेको हो। बैठकले बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट), भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्री भण्डारीका अनुसार, विशेषत: कोजाग्रत पूर्णिमाको दिनका…
काठमाडौं। युट्युब च्यानल गुड टिभीकी सञ्चालिका गंगा लामा पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार, लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको हो। साइबर ब्यूरोले उनलाई केही दिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने आपत्तिजनक शिर्षकमा भिडियो सामग्री प्रसारण गरेको आरोपमा पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखेको छ। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ घर भएकी लामा काठमाडौंमा बस्दै आएकी थिइन्। प्रहरीले उनलाई विद्युत् अपराधसम्बन्धी कसुरको अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो।
बाँके। इण्डियन प्रिमियर लिग (आईपीएल) आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स बीचको खेल हुदैछ। एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आयोजना हुने यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। घरेलु टोली लखनउलाई जितको लागि आवश्यक मनोबलको खाँचो छ, भने पञ्जाब किंग्स लगातार दोस्रो जितको खोजीमा छ। पञ्जाब किंग्सको बलियो सुरुवात पञ्जाब किंग्सले आईपीएलको पहिलो खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै २ अंक प्राप्त गरेको छ। यस जितसँगै पञ्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ र आजको खेलमा पनि यसै जोश र उत्साहसँग जित निकाल्ने प्रयास गर्नेछ। लखनउ सुपर जायन्ट्सको सन्तुलन खोजी लखनउ सुपर जायन्ट्सको यो सीजनको तेस्रो खेल हुनेछ। दिल्ली…