काठमाडौं। सुदूरपश्चिम प्रदेशले आइतबारको खेलमा कोशी प्रदेशलाई ३१ रनले पराजित गर्दै आफ्नो तेस्रो जित हासिल गरेको छ। कोशी प्रदेशले २ सय ४३ रनको विजय लक्ष्य पछ्याएको थियो, तर सुदूरपश्चिमको बलिङ दबाबका कारण कोशी प्रदेश ४५.१ ओभरमा २ सय ११ रनमा अल आउट भयो । यस खेलमा सुदूरपश्चिमका ओपनर किरण ठगुन्नाले शतकीय पारी खेल्दै टिमको जीतमा प्रमुख योगदान पुर्याएका छन् । उनले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १ सय १५ रन बनाएका थिएका हुन् । बलिङतर्फ सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिएका थिए भने भोजराज भट्टले २ विकेट लिए। यस जितसँगै सुदूरपश्चिम ८ खेलबाट ६ अंक बनाउन…
काठमाडौ । गोर्खाली फिटनेसका उमेश राईले १७ औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता जितेका छन् । काठमाडौंमा भएको प्रतियोगितामा राईले ओभरअलतर्फ ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि जितेका हुन्। यस उपाधिसँगै उनले १२ लाख नगद, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र र चीन घुम्ने अवसर प्राप्त गरेका हुन्। राई यस अघि १६ औं संस्करणका पनि विजेता थिए। उपविजेता ललित धिमालले ६ लाख नगद पुरस्कार प्राप्त गरे, जबकि तृतीय स्थानमा रहेका दाङका माधव सुवेदीले ३ लाख नगद प्राप्त गरे। २ पटक उपाधि जित्ने उमेश राई तेस्रो खेलाडी बनेका छन्, यसअघि नरेश महर्जन र सानु गुरुङले २ पटक उपाधि जितेका थिए। धर्मश्री शारीरिक…
बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा एपिएफ फुटबल क्लबले स्थान बनाएको छ। आइतवार आयोजित खेलमा एपिएफले आयोजक रुपन्देही ११ लाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। खेलको सुरुआतमा स्थगन गरिएको खेललाई आज पुनः जारी गर्दा एपिएफले आफ्नो १-० को अग्रतालाई जोगाउन सफल भएको हो। कप्तान हरि कार्कीले १७ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। खेलमा रुपन्देही ११ का केही राम्रा अवसरहरू असफल हुँदा उनीहरू प्रतियोगिताबाट बाहिरिएका छन्। विशाल गुरुङलाई 'प्लेयर अफ दी म्याच' पुरस्कार एपिएफका विशाल गुरुङलाई 'प्लेयर अफ दी म्याच' पुरस्कार दिइएको छ। उनले ११ हजार १ सय ११ रुपैयाँ…
बाँके। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बीच हुनेछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यस सिजनमा केकेआरको कप्तानी अजिंक्य रहाणेले गर्नेछन्, जबकि आरसिबीले पहिलो पटक कप्तानको जिम्मेवारी रजत पाटिदारलाई दिइएको छ। यो सिजन आइपिएलको १६औं संस्करण हो, जसमा १० टोली सहभागिता जनाउँदै ७४ खेल हुनेछन्। आइपिएलको पहिलो डबल हेडर आइतवार हुनेछ। पहिलो खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच हुनेछ। साँझको खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच चेपक रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। सिजनको फाइनल मेला मे २५ मा इडेन गार्डेन्समा…
अकल्याण्ड। पाकिस्तानले न्युजिल्याण्डलाई ९ विकेटले हराउँदै ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनायो। पाकिस्तानले २ सय ५ रनको लक्ष्य १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानको जितमा हसन नवाजको शतक प्रमुख बन्यो। नवाजले नट आउट रहँदै १ सय ५ रन बनाएका थिए। ४४ बलमा पहिलो शतक पूरा गरेका नवाजले ४५ बलको सामना गर्दै १० चौका र ७ छक्का प्रहार गरे। पाकिस्तानको कप्तान सलमान आगाले ३१ बलमा ६ चौका र २ छक्काको सहयोगमा नट आउट ५१ रन जोडे। मोहम्मद हरिसले २० बलमा ४ चौका र ३ छक्काको मद्दतले ४१ रन बनाए। न्युजिल्याण्डको पारीमा मार्क च्याम्पम्यानले ९४ रन…
बाँके। भारतको कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा शानदार पुनरागमन गरेपछि भारतले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको छ । मेघालय स्थित सिलङको जवाहरलाल नेहरू स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा राहुल भेके, लिस्टन कोलासो र सुनिल क्षेत्रीले गोल गरेका थिए। पहिलो गोल ३५ औं मिनेटमा राहुल भेकेले कर्नरबाट आएको बलमा हेडर मार्फत गरे, जसले भारतलाई अग्रता दिलायो। त्यसपछि ६६ औं मिनेटमा लिस्टन कोलासोले अर्को हेडर गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। ७६ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले लिस्टनको असिस्टमा हेडर गोल गर्दै आफ्नो पुनरागमनलाई सफल बनाएका थिए। यससँगै उनले ९५ औं अन्तर्राष्ट्रिय गोल पूरा गरे। भारतीय प्रशिक्षक मनोलो मार्क्वेजले यो खेललाई महत्त्वपूर्ण ठहर्याए…
बाँके। गण्डकीलाई नेपाल पुलिस क्लबले सजिलै ७ विकेटले पराजित गरेको हो । सिद्धार्थनगरमा भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमात्र क्रिजमा टिकेर ९२ रनमा अलआउट भयो । अर्जुन कुमालले ४८ रन बनाएको इनिङ्समा दोस्रो उच्च स्कोर गण्डकीले अतिरिक्तका रुपमा १४ रन पाएको थियो । गण्डकीमाथि हाबी हुने क्रममा पुलिसका लागि ललित राजबंशी र गुल्सन झाले बहार ल्याएका थिए । ललितले ७ रन दिएर ५ विकेट लिए । त्यस्तै गुल्सनले ४२ रन दिएर ४ विकेट लिए । जवाफमा पुलिसले १६ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ६ छक्का र ३ चौकाको मद्धतले…
बर्दिया न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै तीन खेलको टि ट्वान्टी आई सिरिजमा २-० को बढत बनाएको छ। मंगलबारको दोस्रो खेलमा न्युजिल्याण्डले पाकिस्तानको १ सय ३६ रनको लक्ष्य १३.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्यो। बर्षाको कारण खेललाई १५ ओभरमा सीमित गरिएको थियो।न्युजिल्याण्डका लागि टिम साइफर्टले २२ बलमा ४५ रनको शानदार पारी खेले, जसमा ३ चौका र ५ छक्का समावेश थिए। फिना एलेनले १६ बलमा ३८ रन जोडे, जबकि मिचेल हायले २१ रन जोडे। पाकिस्तानका बलरहरुमा हरिस रउफले २ विकेट लिए भने जहादद खान, मोहमम्द अलि र खुसदिल शाहले १-१ विकेट लिएका थिए। पाकिस्तानले टस हारेर ब्याटिङ गर्दै १५ ओभरमा…
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनकथा आधारित फिल्म ‘अञ्जिला’ हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतका सबै निकायलाई अनुरोध गरेको छ। सोमबार एक सामूहिक पत्राचारमार्फत एन्फाले देशभरका ७ प्रदेश, ४८ जिल्ला संघ, ४२ क्लबहरू, साथै महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघलाई नजिकको हलमा सामूहिक रूपमा फिल्म हेर्न व्यवस्था मिलाउन र सामाजिक सञ्जाल मार्फत प्रचार गर्न आग्रह गरेको हो। एन्फाले फुटबलप्रेमी दर्शकलाई पनि फिल्म हेरेर नेपाली फुटबलको संघर्ष र सफलतालाई सम्मान गर्न अपिल गरेको छ। फिल्म ‘अञ्जिला’ अहिले देशभर प्रदर्शन भइरहेको छ र यसले एन्जिलाको इलामदेखि राष्ट्रिय फुटबल टोलीसम्मको संघर्षपूर्ण यात्रालाई चित्रण…
बाँके। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ७ देखि १३ मार्चसम्म भारतको नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर स्वदेश फर्किएका नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्रतियोगितामा नेपाली एथलीट प्रभा आङदेम्बेले महिला लङजम्पमा टी–४७ क्याटगोरीमा रजत पदक जित्नु भएको थियो। सोहि अवसरमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा फर्किएको टोलिलाई राखेपका सदस्यहरुले त्रिभुवन विमानस्थलमा पुगेर खेलाडीहरुलाई स्वागत गरेका छन् । यस प्रकारको पुरस्कारले नेपाली पारा एथलेटिक्सका खेलाडीहरूको हौसला बढाउने विश्वास लिएको राखेपका सदस्य एवं सचिव टंक घिसिङले बताएका छन्।