काठमाडौं । पहलगाम आक्रमणपछि तनाव बढिरहेको बेलामा पाकिस्तानी सेनाले मङ्गलबार जम्मू-कश्मीर (एजेके)मा नियन्त्रण रेखा (एलओसी) नजिकै एक भारतीय क्वाडकोप्टर ड्रोन खसालेको दाबी गरेको छ । अप्रिल २२ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढिरहेको छ । “पाकिस्तानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घनलाई विफल पार्दै नियन्त्रण रेखामा एक भारतीय क्वाडकोप्टरलाई सफलतापूर्वक खसालेको छ,” सरकारी रेडियो पाकिस्तान र पीटीभी न्यूजले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । पाकिस्तानी सेनाले समयमै कारबाही गरेर शत्रुको यो प्रयासलाई विफल पारेको छ,” रिपोर्टमा भनिएको छ । सुरक्षा स्रोतहरूले यो घटनालाई ‘पाकिस्तानी सेनाको सतर्कता, व्यावसायिक सीप र रक्षात्मक तयारीको स्पष्ट प्रमाण’ भनेका छन् ।…
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता दिनुको अर्थ नभएको बताएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान नसकिने बताए। ‘अहिले २० प्रतिशत विपन्न वर्ग छ। त्यसलाई शून्यमा झार्नुपर्छ। अहिले एकदमै धनी मानिसलाई पनि उही, गरिबलाई पनि उही सेवा दिइन्छ। अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ। धनी र गरिब सबैको बा आमाले उही पाइराखेको अवस्था छ’ उनले भने, ‘काठमाडौंमा तीन तले घरमा बस्छन् ४ हजार सामाजिक सुरक्षा भत्ता लिन पुगिरहेका हुन्छन्, ७०…
काठमाडौं । गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीप्रति सत्तारूढ सांसदले नै विरोध गरेका छन् । प्रतिनिधि सभामा बोल्दै काङ्ग्रेस सांसद रामहरी खतिवडाले गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्ती जायज नभएको बताए । उनले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न माग गरेका छन् । ‘बजेट ल्याउने बेलामा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन गर्नुपर्ने बेलामा गभर्नर नहुँदाको अवस्थामा राम्रो व्याख्या गर्न नसक्ने स्थिति सृजना भयो,’उनले भने
भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गएको छ । मध्य प्रदेशको रतलाम जिल्लामा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका त्यहाँको प्रहरीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इनारमा खस्नुअघि गाडी मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएका र नजिकैको इनारमा खसेको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक, गाडीमा सवार र उनीहरूलाई जोगाउन इनारमा हाम फालेका एक व्यक्तिको ज्यान गएको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई नैतिक रूपमा कुर्सीमा बस्ने अधिकार नभएको बताए। देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको टिप्पणी गरे।सरकारले आफ्ना असक्षमताहरू लुकाउन सबै कुराहरू प्रतिपक्षीमाथि दोष थुपारेर नहुने बताए।
काठमाडौँ । नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै मङ्गलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
नवलरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो । “दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन…
स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ । बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । जसले दुवै देशहरूलाई आपतकालीन अवस्थाको घोषणा गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर समस्याको जानकारीसमेत लिनुभएको छ । त्यस्तै पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध हुँदा प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज गर्ने भनिएको श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले एक सूचना जारी गर्दै प्राविधिक कारणवश कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो। सरकारद्वारा बर्खास्त गरिएका कुलमान घिसिङको कार्यकालमा भएका आर्थिक तथा प्राविधिक लगायतका विवरणहरू समेटिएको श्वेतपत्र आज दिउँसो सार्वजनिक गर्ने तयारी प्राधिकरणको थियो। सचिवालयले अर्को जानकारी नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ।
धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते…