काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि बढाउने बताएका छन् । निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए । उनले भने- ‘जब हामी हाम्रो वर्गतिर फर्कने संकल्प गर्छौं, क्रान्तिलाई अगाडि बढाउने, हाम्रो विचार र मुद्दाहरुतिर फर्किने, इतिहासका राम्रा कुराहरुबाट सिक्ने र फेरि त्यहाँबाट प्रेरणा लिएर अगाडि जाने संकल्प गर्छौं, त्यो पार्टी र लिडरसीपमाथि प्रतिक्रियावादी र अवसरवादीहरुले अनेक किसिमका हमला गर्छन् । हामी सबै त्यसमा सचेत हुनुपर्छ ।'
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'जार'को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् । सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन् । यस्तै दार्जीलिङमा पनि चलचित्रको शोज थप भएको छ । हाल प्रदर्शनमा आएका सबै शहरमा चलचित्रको उच्च माग देखिएको छ, सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ, क्षेत्रीले भनिन्, 'दर्शकले 'जार'प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।' दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य…
काठमाडौँ । भारतले पाकिस्तानसँग जारी युद्ध बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले पाकिस्तानले द्वन्द्वलाई उक्साउने र बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । भारतले पाकिस्तानको कारबाहीको जवाफ दिइरहेको बताउदै सचिव मिश्रीले पाकिस्तानले भ्रम फैलाउन गलत सुचना दिइरहेको आरोप समेत लगाएका छन् । पाकिस्तानले भारतको वायुरक्षा प्रणाली एस-४०० ध्वस्त गरेको भन्ने झुटो सुचना फैलाएको बताउदै यस्ता गलत सूचनाको विश्वास नगर्न मिश्रीले अनुरोध गरेका छन् । भारत र पाकिस्तानबीच जारी द्वन्द्व जारी रहेका बेला शुक्रबार राति जम्मू कश्मीर, पञ्जाब र राजस्थानदेखि गुजरातसम्मका २६ क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेको जानकारी दिइएको छ ।…
काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कविता कुँवरले १८, सम्झना खड्काले अविजित १८ रन बनाएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनाएको हो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् । बैंककमा सम्पन्न यो खेल बर्षाले प्रभावित भएपछि ५-५ ओभर खेलाइएको थियो । यस खेलमा नेपाली…
काठमाडौँ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भने- 'राजौरीबाट दुखद खबर । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए ।' उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको बताए । उनले लेखेका छन्- 'आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो ।'
आजको राशिफल बि.सं २०८२ वैशाख २७ गते शनिबार ई.सं २०२५ मे १० नेपाल सम्बत ११४५ बछलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २० मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५८ मिनेट…
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शबाज शरिफले नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका छन् । पिटीभी न्यूजका अनुसार प्रधानमन्त्री शरिफले शनिबार नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका हुन् । पाकिस्तानले भारतविरुद्ध आक्रमण शुरु गरेको घोषणा गरेसँगै प्रधानमन्त्री शरिफले अथोरिटीको बैठक बोलाएका छन् । अथोरिटीले पाकिस्तानको परमाणु हरियारको कमाण्ड, कन्ट्रोल र अप्रेशन बारे निर्णय लिने गर्दछ । यस अथोरिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने पाकिस्तानी विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र रक्षा उत्पादन मन्त्री सदस्य रहने गर्दछन् । त्यस्तै यस अथोरिटीमा सेनाका ज्वाइन्ट चिफ स्टाफ, सेना प्रमुख, नाभी प्रमुख र चिफ अफ एयर स्टाफ सदस्य रहने गर्दछन् । त्यस्तै सेनाका स्ट्राटेजिक प्लान डिभिजनका निर्देशक र पाकिस्तानको…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मू कश्मिरको हिंसात्मक, आतङ्कवादी र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दैै जसपा नेपालले क्रुर र बर्बर आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालले समर्थन र ऐक्यबध्दतासमेत व्यक्त गरेको छ । आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने बताउँदै जसपा नेपालले आफूहरुलाई आतङ्कवादको कुनै पनि रूप स्वीकार नरहेको बताएको छ । विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएको भन्दै जसपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ । जसपा नेपालले समस्त दक्षिण एशियाली…
काठमाडौँ । भारतले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारे जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले गरेको आक्रमण बारे जानकारी दिदै पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन प्रहार गरेको बताएकी छन् । कुरेशीले भनिन्, 'पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो ।' कर्नेल सोफियाले भनिन्, 'लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले । यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन…
काठमाडौँ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ । शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ । त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।