Babai News

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए । भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी थिए । यस्तै नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद…
Read More
विषाक्त मदिरा सेवन गर्दा भारतको पञ्जावमा १४ जनाको मृत्यु

विषाक्त मदिरा सेवन गर्दा भारतको पञ्जावमा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको पञ्जाबमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पञ्जाको अमृतसरस्थित मजिठामा भएको यस घटनामा गएराती नक्कली मदिरा सेवन गरेपछि अहिलेसम्म १४ जनाको मृत्यु भएको हो । प्रहरीले विषाक्त मदिराको मुख्य आपूर्तिकर्ता परबजीत सिंह सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँ भागाली, पातलपुरी, मरारी कलान, थेरेवल र तलवन्दी घुम्मानमा भएको बताइएको छ । पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ । प्रहरीले पाँच…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, संसदमा सरकारको ध्यानाकर्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एक मात्र संचालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रहेको बताउदै चेकिङ हुने ठाउँमा नै अलमल पर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको  अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था…
Read More
जनमतबाट लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङको राजीनामा

जनमतबाट लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङको राजीनामा

काठमाडौँ । जनमत पार्टीबाट लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्- ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।' जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।  
Read More
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैठक कानुनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकहरु उपस्थित रहेका छन् । बैठकले संसदको आगामी बैठकका कार्यसूची तय गर्ने बताइएको छ । संसदमा आजदेखि आर्थिक बर्ष २०८२-८३ को विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ ।
Read More
युद्धविरामपछि सामान्य हुदै श्रीनगर, विद्यालय खुल्दै\

युद्धविरामपछि सामान्य हुदै श्रीनगर, विद्यालय खुल्दै\

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ । श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् । समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरू फेरि खुलेका छन् । भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ…
Read More
जनमत र नागरिक उन्मुक्तिको एकता अलपत्र !

जनमत र नागरिक उन्मुक्तिको एकता अलपत्र !

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अलपत्र परेको छ । गत वैशाख १७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा एकताको घोषणा गर्ने कर्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको थियो । चौधरी सोहि दिन हिरासतबाट छुटेपनि अहिलेसम्म एकताको प्रक्रिया अगाडी बढ्न नसकेपछि अब एकता नहुने अड्कलबाजी हुन थालेको छ । यसैबीच रेशम चौधरीले सोमबार सामाजिक सञ्जालमा सबै कुरा थाती राखेर संगठन निर्माणमा जुट्नुपर्ने लेखेपछि अब जनमतसँगको एकता नहुने संकेत गरेका छन् । उनले भनेका छन्- 'मौसम जस्तै बदलिरहँदैन आस्था । बिचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुन्छ । सबैकुरा थाति राखेर आफ्नो संगठन…
Read More
आजको राशिफल

आजको राशिफल

आजको राशिफल बि।सं २०८२ वैशाख ३० गते मंगलबार ई. सं २०२५ मे १३ नेपाल सम्बत ११४५ बछलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १०…
Read More
रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम। सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको हो । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने श्रीमान्श्रीमती हुन् । दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उहाँका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ४४…
Read More
पाकिस्तानविरुद्ध आक्रामक भए मोदी, भन्छन्- आक्रमण स्थगित मात्र भएको हो

पाकिस्तानविरुद्ध आक्रामक भए मोदी, भन्छन्- आक्रमण स्थगित मात्र भएको हो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमा रहेका सय भन्दा बढी आतंकवादी मारेको दाबि गरेका छन् । सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनुपर्नेमा उल्टो भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका छन् । मोदीले भारतले पाकिस्तानविरुद्ध गरेको आक्रामाक कारवाहीपछि विश्वभर बच्नको लागि गुहार मागेको बताएका छन् । सम्बोधनका क्रममा मोदीले पाकिस्तानले आक्रमण रोक्न गुहार लगाएको दाबि गर्दै अब आफ्नो तर्फबाट कुनै आक्रमण नहुने प्रतिबद्धतापछि युद्धविराम गरेको बताएका छन् । मोदीले अहिले भारतले पाकिस्तानविरुद्धको आक्रमण स्थगित मात्र गरेको र पाकिस्तानको आगामी दिनको व्यवहारले यसलाई कति लामो सम्म…
Read More